तामाङ तागी नलगाउनेलाई अतिथि नवनाउने तामाङ घेदुङको नयाँ नियम, महासचिवमा जगतमान लामा दोङ

Admin
Admin१६ मंसिर २०८०, शनिवार
तामाङ तागी नलगाउनेलाई अतिथि नवनाउने तामाङ घेदुङको नयाँ नियम, महासचिवमा जगतमान लामा दोङ

नेपाल तामाङ घेदुङले तामाङ तागी (टोपी) नलगाउने व्यक्तिलाई सार्वजनिक कार्यक्रमको अतिथि अस्वीकार गर्ने निर्णय गरेको छ । नुवाकोट जिल्लाको सदरमुकाम बट्टारमा घेदुङको संघीइय कार्य समितिको बैठकले सो निर्ण गरेको शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार बैठकले घेदुङको महासचिवमा जगतमान लामा दोङलाई मनोनयन गरेको छ । घेदुङको महाधिबेशनबाट निर्वाचित महासचिव काजीमान थिङ भगवती पाण्डे प्रकरणमा विवादमा मुछिए पछि पदबाट राजिनामा दिएको हुँदा सो पद रिक्त यिो । सोही रित्त पदमा बैठकले दोङलाई घेदुङको विधानको दफा ३५ बमोजिम मनोनयन गरेको हो ।

बट्टार बैठकले उपमहासचिवमा सरोजमोहन लामा र सचिवमा निर्मल बहादुुर  लामालाई मनाृनयन गरेको छ । यसै गरी मित्रसेन योन्जनलाई विभागीय प्रमूखमा र रामभक्त बोम्जनलाई सचिवालय सदस्य तोकेको छ ।

मनोनयन हुनु भएका महासचिव दोङ लगायत पाँचै जनालाई शुक्रबार नै घेदुङ अध्यक्ष मोहन गोलेले पदको सपथग्रण गराउनु भएको छ । उहाँहरुको कार्यजिम्मेवारी पनि सोही दिन तोकिएको जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा जनकारी दिइए अनुसार नेपाल तामाङ  घेदुङको ६ वटा भातृसंगठन र प्रदेश समितिको अधिबेशन २०८० चैत्र भित्र गर्ने निर्णय गरेको छ । भातृसंगठनहरुको पदावधि यही पौष मसान्तमा समाप्त हुँदै छ ।

पार्टी प्यालेसमा कार्यक्रम नगरिने  
घेदुङले आगमाी सोनाम ल्होछार कार्यक्रममा तागी (टोपी) नलगाउने व्यक्तिलाई अतिथि नवोलाउने नयाँ निर्णय गरेको छ । ल्होछार कार्यक्रममा तामाङ संस्कृति मात्रै प्रस्तुति गर्ने र सबै कार्यक्रमलाई तामाङमय बनाउने भनेको छ ।

घेदुङका महासचिव दोङद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा लहोछार कार्यक्रम पार्टी प्यालेसमा नगर्ने पनि उल्ल्ेख छ । आफनै तामाङ गाउँ र टोललाई जोड्ने उद्देश्यले तामाङ खानपीन, तामाङ भेषभूषा, र तामाङसंस्कृति प्रबद्र्धन हुने गरी कार्यक्रम गर्ने पनि बैठकको निर्णय गरिएको छ ।

ल्होछार समारोहहरुमा तामाङ मौलिक पहिचान झल्कने वस्तुहरुको प्रदर्शनी, र तामाङ लोक संस्कृति प्रबद्र्धन हुने खालको गीत, संगीत मात्र प्रस्तुत गरिने छ  ।पछिल्लो समयमा तामाङसंस्कृति र तामाङ उत्पादन पद्धतिबाट समुदाय टाडिदै गएको र बाह्य संस्कृति र बहुराष्ट्रिय कम्पनीको व्यापार बढ्दै गएको पक्षलाई मध्यनजर गरेर यसलाई न्युनिकरण गर्न यी निर्णय भएको पनि बक्तव्यमा प्रष्ट  पारिएको छ ।

‘संस्कृतिक कार्यक्रमहरुमा तामाङ गीत गाउने तामाङ कलाकारलाई प्राथामिकताका साथ बोलाउने, सकेसम्म घेदुङ र तामाङ नेतालाई स्थापित गर्न तथा तामाङ जागरण सम्बन्धि सन्देश दिने वक्ता र अतिथि चयनमा विशेष ध्यान दिइने छ ।’ घेदुङद्वारा जारी प्रेस बक्तव्यमा उल्लेख छ ।

बैठकले तामाङ भाषा, लिपी अभियान, ताम्सालिङ आन्दोलन र समसामयिक राजनीतिक सन्दर्भमा पनि निर्णय लिइएको पत्रकार सम्मेलनमा घेदुङ अध्यक्ष मोहन गोलेले बताउनु भयो ।
घेदुङको बैठक मंसिर ९ र १० गते नुवाकोटको बट्टारमा बसेको थियो ।

 

 

प्रतिक्रिया