मगर प्राज्ञिक सम्मेलन सम्पन्न, मगर प्राज्ञिक परिषदको कुलपतिमा डा. केशरजंग बरालमगर 

रोजिना लामा
रोजिना लामा११ मंसिर २०८०, सोमवार
मगर प्राज्ञिक सम्मेलन सम्पन्न, मगर प्राज्ञिक परिषदको कुलपतिमा डा. केशरजंग बरालमगर 

नेपाल मगर संघ, केन्द्रीय समितिको आयोजनामा राजधानीमा भएको दुइ दिवशीय आदिवासी मगर प्राज्ञिक सम्मेलन प्रा. डा. केशरजंग बरालमगरलाई मगर प्राज्ञिक परिषदको कुलपति छान्दै सम्पन्न भएको छ । सम्मेलनले परिषदको उपकुलपतिमा डा. श्यामु थापामगरलाई चयन गरेको छ । परिषदमा ५१ सदस्स रहेका छन् । 

आदिवासी मगरको पहिचान, इतिहास, आदिवासी ज्ञान तथा समसामयिक मुद्धालाई प्राज्ञिक ढंगले अध्ययन तथा विमर्स गर्ने उद्देश्यले आयोजित सम्मेलनमा विविध विषयमा ३७ अनुसन्धानकर्ताहरुले आफनो सम्मेलन पत्रहरु प्रस्तुत गर्न भएको थियो । 

प्रतिनिधि सभाकी उप सभामूख इन्दिरा राना मगरले उद्घाटन गर्नू भएको सम्मेलनमा  नेपाल भित्रका मगर प्राज्ञिकहरु र देश बाहिरबाट सहभागिता रहेको थियो । कार्यक्रमको पहिलो दिन अन्तराष्टिय आदिवासी भाषा दशक र मगर भाषाको मूल शिर्षकमा र  दोस्रो दिन मगर पहिचान, इतिहास, आदिवासी ज्ञान र सीप बिषयमा  अध्येताहरुले सम्मेलनपत्र प्रस्तुत  गर्नू भएको थियो । 

मगर लेखक संघका अध्यक्ष डा विष्णु सिंजाली मगरका अनुसार सम्मेलनमा देश बाहिर भारत, भूटान, सिक्किम, हङकङमा बसोबास गर्ने मगरहरुको पनि सहभागिता थियो । मगर जातिको ज्ञान प्रणाली प्रसस्तै भए पनि प्राज्ञिक ढंगले बहसको अभावलाई सम्मेलनले पुरा गरेको उहाँले बताउनु भयो । 

नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले मगर सम्मेलनमा मूलतः मगरहरुको थातथलो, थातथलोमा विकासले पारेको असर, आदिवासी मगरहरुको प्रथाजनित संस्था, प्राकृतिक स्रोतसंगको सम्बन्ध तथा ज्ञान प्रणाली सम्बन्धि विभिन्न क्षेत्रका अध्येताहरुले कार्यपत्र प्रस्तुत गर्दै भाषा, संस्कृति र मगर समाजको प्रथा परम्पराको बिश्लेषण गर्नू भएको बताउनु भयो । 

कार्यक्रममा समाजशास्त्री डा. कृष्णबहादुर भट्टचनले मगरहरुको प्रचलित खाद्य संस्कृति माथि गर्नू भएको अध्ययनलाई प्रस्तुत गर्नू भएको थियो । यसै गरी काठमाडौ बिश्वविद्यालयका सहप्राध्यापक डा. इन्द्रमणी राई, याम्फुले मगर आदिवासीको आदिम भूमि ढोरपाटन क्षेत्रमा प्रचलित परम्परा तथा मान्यताहरुले बन सम्पदा तथा त्यहाँको जैविक विविधता संरक्षण गर्ने ज्ञान बारे प्रकास पार्नू भएको थियो ।

त्रिभूवन विश्व बिद्यालय मानव शास्त्र विभागका सह प्राध्यापक डा. श्यामु थापा मगरले तनहुँ जिल्लामा तनहुँ जलविद्युत आयोजनाले त्यहाँका आदिवासी मगरहरुलाई पारेको प्रभावका सम्बन्धमा आफनो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

अधिवक्ता इन्दिरा श्रीस मगरले विकासले आदिवासीलाई र खास गरेर मगर महिलाको परम्परागत, सीप ज्ञान तथा जिविकोपार्जन हरण गरेको धारणा राख्नु भएको थियो । अर्का अनुसन्धानकर्ता डा. लाल बहादुर पुनले आन्तरिक बसाई सराईले पुन मगरहरुलाई पारेको असर सम्बन्धि अध्ययन प्रस्तुत गर्नू भएको थियो । 

सम्मेलनको पहिलो सत्रमा अन्तराष्ट्रिय आदिवासी भाषा दशक सम्बन्धि विमर्स गरिएको थियो । संयुक्त राष्ट संघको आह्वानमा सन् २०२२ देखि २०३२ सम्म अन्तराष्ट्रिय आदिवासी भाषा दशक मनाउने घोषणा भएको सन्दर्भमा नेपालमा यो दशक मनाउने गरी कुनै पनि  कार्यक्रम नभएको विषय पहिलो सत्रमा छलफल भएको थियो । 

कार्यक्रमको पहिलो सत्रमा नै भाषा आयोगका सदस्य अमृत योन्जन तामाङले  बिशेष सम्बोधन गर्नु भएको थियो । उहाँले मातृभाषााको संरक्षणको लागि शिक्षा तथा सरकारी कामकाजी भाषाको लागि पहल हुनु पर्ने बताउनु भयो ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरको अध्यक्षतामा संचालन भएको शत्रमा डा. नारायण बहादुर मगरले मगर भाषाको प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
यसैगरि इन्जिनियर सुनिल थापामगरले प्रविधिको प्रयोगबारे, गंगीमाया मगरले सिक्किममा मातृभाष शिक्षाः मगर भाषाको सन्र्दभ, जिवन प्रवेश रोकामगरले मगर खाम भाषाको साहित्यको अवस्था, डा. छविलाल चिदीमगरले मगर भाषामा रहेका केही महत्वपुर्ण स्थाननाम र मगरहरुका ऐतिहासिक स्थलहरुको बारे कार्यपत्र प्रस्तुत गर्नुभएको  थियो । 

प्रतिक्रिया