जापानमा फोनिज गठन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२ वैशाख २०७२, बुधवार

fonij

बैशाख २, काठमण्डौं । जापानको टोकियोमा भएको आदिवासी जनजाति पत्रकारहरुको भेलाले नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज तदर्थ समिति गठन गरेको छ । मंगलबार त्यहाँस्थित थकाली भान्साघरमा आयोजित भेलाबाट शन्त पहरीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरीएको हो ।

भेलाले उपाध्यक्षमा फुर्वा शेर्पा, महासचिवमा निशान रानामगर, दुइ सचिवमा मनिराज राई र चमारसिं लामालाई चयन गरेको छ । यसैगरी भेलाले कोषाध्यक्षमा हरिलाल श्रेष्ठ र सदस्यहरुमा सुनिता मगर, शशिकला मोक्तान, विक्रम लामालाई चयन गरेको छ । जापानमा गठन भएको तदर्थ समितिप्रति हार्दिक बधाई तथा शुभकामना सन्देश दिंदैं फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले जापानमा भएका आदिवासी जनजाति पत्रकारहरुलाई एक जुट भएर अघि बढ्न आग्रह गर्नु भएको छ ।
भेलामा पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल, जनजाति महासंघ जापान शाखाका उपाध्यक्ष पासाङ शेर्पा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया