जालझेलपूर्ण नामाकरणले मुलुक अस्तव्यस्त भएको वैरागी काइलाको टिप्पणी

Admin
Admin१९ भदौ २०८०, मङ्गलवार
जालझेलपूर्ण नामाकरणले मुलुक अस्तव्यस्त भएको वैरागी काइलाको टिप्पणी

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईला (तील विक्रम नेम्वाङ) ले १ नम्बर पदेशको नामाकरण जालझेलपूर्ण ढंगले गरिएको हुँदा मुलुक अस्तव्यस्त भएको टिप्प्णी गर्नू भएको छ ।

आदिवासी याक्थुङ लिम्बुहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसका अवसरमा प्रमुख अतिथि रहनु भएका काइलाले आफनो मन्तव्य राख्नु हुँदै सो टिप्प्णी गर्नू भएको हो । 

पहिचानजनित नामाकरण हुन नसक्नुमा राज्यको भेदभावपूर्ण व्यवहार जिम्मेवार रहेको उहाँको विश्लेषण थियो । “२ नम्बर प्रदेशमा मधेश प्रदेश नामाकरण हुन गयो, यसको पछाडि हिन्दूहरुको बहुलता र भारतको दवाव मूख्य कारण  हो ।” उहाँले अगाडि भन्नु भयो –“तर आफनै मुलुकका आदिवासी जनजाति किरात, लिम्बु याक्थुङ बहुल रहेको प्रदेशमा पहिचानको नाम दिन सकेन ।”

उहाँले लिम्बुहरु उदार भएकाले सहिष्णु रहेको पनि बताउनु भयो । १ नम्बर प्रदेशलाई लिम्बुवान–किरात नामाकरणको प्रस्ताव यही कारण आएको बताउनु हुँदै प्रदेश भित्रका सबै जात जातिहरुसंग मेलमिलाप र सहिष्णु हुन पनि सुझाव दिनु भयो । उहाँको भनाइ थियो “हामी मिलेनौ भने ’पेनिवा‘हरुले फेरि षडयन्त्र गर्न सक्छन् ।”  

अध्यक्षको आसनवाट किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले आन्दोलनका लागि खुट्टा नकमाउन आम लिम्बु समुदायलाई आह््वान गर्नू भयो । “शुभचिन्तक तथा साथीहरुले नेतृत्वले खुट्टा नकमाउन सुझाव आइरहेको छ, तर नेतृत्वले मात्र होइन आम समुदायले पनि खुट्टा कमाउनु भएन ।” उहाँले भन्नु भयो । 

नारा लगाउने क्रममा “कोशी घाटले के भन्छ ?, ८२ साँसद ले भन्छ ।, बंश गद्धार ले भन्छ, लिम्बुवान हाम्रो घर हो, नेपाल हाम्रो देश हो ” भन्ने नारा लगाइएको थियो । 

पहिचानको आन्दोलन १ नम्बर प्रदेशमा जारी रहेको बेला राज्य पक्षले गोरु हत्याको झमेला झिकेको आरोप लगाउँदै उहाँले आदिवासी समुदायलाई उत्तेजनामा ल्याउन कहिले शेर्पाको कुरा र कहिले भगवती पाण्डेहरुलाई खडा गरेको बताउनु भयो । 

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासीको पहिचान खोस्ने ८२ साँसदको पनि पहिचान खोसिएको दावी गर्नु भयो । “जसरी हाम्रो पहिचान खोसिएको थियो, त्यसरी नै उनीहरु निर्वाचन क्षेत्रमा जान रोकेर हामीले पहिचान खोसेका छौ ।” शेर्पाले बताउनु भयो । 

भदौ २४ गते अर्को विद्रोह गर्ने 
कार्यक्रममा ताम्सालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष डा. गणेश योञ्जनले ताम्सालिङ क्षेत्रमा भदौ २४ गते अर्को विद्रोहको तयारी भएको जानकारी दिनु भयो । तामाङ समुदायलाई अपमानित गर्ने र प्रहरी कार्यलयमा आदिवासी अभियन्ताहरुमाथि दमन गरेर कुटपीट गर्ने प्रहरी अधिकारीहरु बिरुद्ध हालसम्म पनि कुनै कारवाही नभएको हुँदा सोको बिरुद्धमा बिद्रोह गर्ने बताउनु भयो । “गृह मन्त्रालयका उपसचिवस्तरको छानवीन समिति बनेको थियो, त्यसले अलिेसम्म कुनै प्रतिवेदन दिएको छैन ।” उहाँले भन्नु भयो –“भदौ २० भित्र प्रतिबेदन सार्वजनिक गरी दोषि माथि कारवाही भएन भने भदौ २४ गते देखि शसक्त बिद्रोह गर्छो ।”

उहाँले नेपालका आदिवासी जनजाति सुतिरहेका बाघ भएकाले्, यो समुदाय अव व्युँझि सकेको हुँदा सरकार होसियार हुन चेतावनी दिनु भयो । पहिचानवादी शक्तिलाई कमजोर नठान्न पनि उहाँको भनाइ थियो । 

र्‍यालीमा लिम्बुवान–किरातको नारा 
किरात याक्थुङ चुम्लुङको ३५ औ स्थापना दिवसमा ललितपुरको जावलाखेलदेखि ढोलाहिटीस्थित चुम्लुङ् हिमसम्म र्‍याली  निकालिएको  थियो । र्‍यालीमा प्रदेश नं. १ को नाम कोशी खारेज लगायत प्रदेशको नाम “लिम्बुवान किरात कायम गर” भन्ने मूल नारा लगाइएको थियो । 

नारा लगाउने क्रममा “कोशी घाटले के भन्छ ?, ८२ साँसद ले भन्छ ।, बंश गद्धार ले भन्छ, लिम्बुवान हाम्रो घर हो, नेपाल हाम्रो देश हो ” भन्ने नारा लगाइएको थियो । जावलाखेल चोकमा र्‍याली  शुरुहुनु अघि कोशी खारेजी सन्दर्भलाई जोडेर कला प्रदर्शनीको समेत आयोजना गरिएको थियो । र्‍याली   ललितपुर स्थित चुम्लुङहिम पुगेर सभामा परिणत भएको थियो ।

सभामा नेप्रप्रका पूर्व कुलपति तिलविक्रम नेम्बाङ बैरागी काईलाको प्रमुख आतिथ्यतामा आयोजित स्थापना दिवस कार्यक्रममा जनजाति महासंघ लगायत विभिन्न जातीय संघसंस्थाका प्रमुखहरु, सामाजिक तथा बौद्धिक व्यक्तित्वहरु, विभिन्न राजनैतिक दलका प्रमुखहरु र कियाचूका पूर्व अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न लिम्बु याक्थुङ थरगत सयङ्, याक्थुङ युवा मञ्च, लिम्बु विद्यार्थी मञ्च लगायतका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता कियाचू संघीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा भएको थियो ।

गत फागुन १७ गते कोशी प्रदेशको नामकरण भएको थियो । दुई तिहाइ बढी मतले उक्त नाम पारित गरेको थियो । तर त्यसयता कोशी प्रदेशको नामको विरोध हुँदै आएको छ । चुम्लुङ्, किरात राई यायोक्खा, शेर्पा संघ, आदिवासी जनजाति महासंघ, किरात धर्म तथा साहित्य उत्थान संघ लगायत ४० भन्दा धेरै संघसंस्था र राजनैतिक दलहरुले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरि यतिवेला प्रदेश १ मा आन्दोलन गरिरहेका छन् ।

 

प्रतिक्रिया