आरोहण अभियानका सहयोगीदाताहरुलाई विशेष सम्मान

Admin
Admin३ भदौ २०८०, आइतवार
आरोहण अभियानका सहयोगीदाताहरुलाई विशेष सम्मान

विश्व शान्ति र मानवताको लागि सगरमाथा आरोहण अभियान २०२३ मा सहयोग गर्नुभएका सहयोगीदाताहरुलाई सम्मान गरिएको छ ।

हाई माउन्टेन हिमालय टे«कस एक्सिपिडिसन प्रालिले जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा सनिबार एक कार्यक्रमको अयोजना गरि हिमाल आरोहणका क्रममा आर्थिक, नैतिक रुपमा सहयोग गर्नुहुने सहयोगिहरुलाई सम्मान गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयान पुर्व मन्त्री कृपा सुरु शेर्पाले कार्यक्रमको उद्घाटन गर्नुहुँदै सम्मान पत्र वितरण गर्नुभएको थियो । उहाँले कार्यक्रममा सम्बोदन गर्नुहुँदै शेर्पाहरु जुनसुकै पार्टीमा लागेको भएपनि एकजुट भएर समुदायलाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले शेर्पा जाति विश्वमा परिचित समुदाय भएको बताउनुहुँदै नेपाल भनेर चिनिने प्रमुख कारण भनेको सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्ध र शेर्पा जाति भएको बताउनुभयो । 

पर्वतारोही चेङा छिरिङ शेर्पाले २०२३ मे १७ तारिखका दिनविश्वको सर्वोच्च शिखर सगरमाथामाविश्व शान्ति र मानवताको लागि सगरमाथा आरोहण अभियान २०२३को नारा सहितगुरु पद्मसम्भव (गुरुरिन्पोछे)को प्रतिमा सफतापुर्वक पु¥याउन सफल हुनुभएको थियो । 

उहाँले सम्मान कार्यक्रमको अवसरमा आफ्नो अनुभव राख्नुहुँदै आफुले पर्यटन क्षेत्रमा दुई दशक लामो संर्घष गरेको स्मरण गर्नुहुँदै त्यसैको निरन्तरता विश्वको सर्वोच्च शिखर सगरमाथामा गुरु पद्मसम्भवको प्रतिमा पु¥याउन सकेकोमा खुशी व्यक्त गर्नुभयो । 

शेर्पा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका ८ ओख्रेनीमा जन्मिनु भएको हो । उहाँ लामो समयदेखि पर्यटन व्यवसायमा आवद्ध हुन्हुन्छ । सम्मान कार्यक्रममा राष्ट्रिय मानव अधिकारका अध्यक्ष भवानी प्रसाद खरेल, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य फुर्पा शेर्पा, नेपाल शेर्पा संघ सिन्धुपाल्चोकका अध्यक्ष लन्जम शेर्पा, आर्चाय सार्की शेर्पा लगायत पर्यटन व्यवसायि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

 

प्रतिक्रिया