नेवाः देय् दबूको भवन निमार्ण कार्य सुरु

Admin
Admin३० असार २०८०, शनिवार
नेवाः देय् दबू को भवन निमार्ण कार्य सुरु

नेवार जातिहरुको जातिय संस्था नेवाः देय् दबूले आफ्नो भवन निमार्ण सुरु गरेको छ । काठमाडौँको वडा न १५ चः मतिइमा आफ्नो जग्गामा जग साईत गरि भवन निमार्ण कार्य सुरु गरेको हो  ।

शुक्रबार नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्रचार्यले जग्गामा भवन निमार्णका लागि जग हल्नुहुँदै उहाँले उपस्थित सम्पुर्णमा सुभकामना दिनुभएको थियो । भवन निमार्ण काठमाडौँ महानगरपालिको  आर्थिक सहयोगमा गर्ने भएको अध्यक्ष पवित्र बज्रचार्याले बताउनुभयो ।

कार्यक्रममा नेपाल भाषा मंकाः खलाका अध्यक्ष जनकवी दुर्गालाल श्रेष्ठ नेवाः न्ह्यलुका मल्ल के सुन्दर, पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ पुर्व मन्त्री जिवनराम श्रेष्ठ काठमाडौँ महानगरपालिका उपमेयर साथै काठमाडौँ महानगरपालिका विभिन्न वडाका अध्यक्ष र विभिन्न व्यक्तिहरुको उपस्थिति रहनुभएको थियो ।

नेवाः देय् दबूले लगभग चार आना जग्गा किन्नका लागि जनस्तरबाट आर्थिक सहयोग उठाएको थियो । दवूका अध्यक्ष बज्रचार्याले सहायोगीहरुलाई ध्यन्वाद स्वरुप प्रमाण पत्र दिनुभएको थियो ।

 

प्रतिक्रिया