दोलखामा तामाङ मिनी सङग्रहालयको निमार्ण

Admin
Admin१८ असार २०८०, सोमवार
दोलखामा तामाङ मिनी सङग्रहालयको निमार्ण

दोलखाको वैतेश्वर –६ नाम्दुका कालुराम जिम्बा तामाङको एकल प्रयासमा तामाङ मिनी सङग्रहालय निर्माण गरिएको छ । बेलायत अध्ययनको क्रममा त्यहाँ म्यूजियमा रहेका महत्वपूर्ण सामानहरुबाट आकर्षित भएर मिनी सङग्रहालय निर्माण गरेको तामाङले बताउनुभयो ।

पेशाले चित्रकार र व्यवसायी तामाङले सङग्रहालयमा पुराना ठेकी, पेरुङगो, घुम, हर्पे, लालटिन, प्रेट्रोलमास, ओखल ढिकी, पुराना झ्याल ढोका, झाँक्रीका मूर्तिलगायतका लोमप हुन लागेका वस्तु राख्नुभएको छ । ‘यी वस्तुले अवलोकन अनि बुझ्न प्रेरित गर्दछ । तामाङ संस्कृति झल्किने बुद्धको मूर्ति, लुङदार पनि देख्न सकिन्छ ।’ उहाँका अनुसार पहिला यस्ता वस्तुहरु दैनिक प्रयोग गरिन्थ्यो तर प्लास्टिक, रबर, टिनका भाँडाकुडा आउन थाले पछि यी वस्तुहरू प्रयोग विहीन भएका हुन् ।

तामाङका अनुसार सङ्ग्रहालय बन्न घर सहित करिब पाँच लाख रुपियाँ खर्च भएको छ । सिङ्गापुर, बेलायत जस्ता देशमा बसेर धर्म, संस्कृति, पुराना वस्तुहरुका महत्व बुझ्नु भएका तामाङले भूकम्पले भत्केका घरहरुबाट र केही फालिएको ठाउँबाट सामान सङ्कलन गर्नुभयो र सङग्रहालयको परिकल्पना गर्नुभएको हो । यस्ता पौराणिक वस्तुहरुले हाम्रो संस्कार, इतिहास, धर्म र अनगिन्ती कथा बोकेकाले यसको संरक्षण र सम्वद्र्धन जरूरी महसुस भएकाले सङग्रहालय बन्न पुगेको उहाँको भनाइ छ ।

सङग्रहालय निर्माणले पर्यटकलाई आकर्षित गर्ने तथा शिक्षक र विद्यार्थीलाई पौराणिक वस्तुबारे बुझ्न, सिक्न मद्दत पुग्नुका साथै पुर्खाको जीवन र जीवनयापनका विधि बुझ्न सकिने वातावरण बन्न लागेकोमा स्थानीयहरु प्नि अचम्मित भएका छन् ।

तामाङ मिनी सङग्रहालय नामक सङ्स्था स्थापना गरी विकास तथा विस्तार गर्ने लक्ष्य रहेको छ । घर पनि पुरानै शैलीको बाँसबाट बनाउने र फाराकिलो जग्गा पनि खोेज्जे सोच बनाएको छु । उहाँले भन्नुभयो, “यसलाई स्थानीय सरकारले अहिले खासै चासो दिएको छैन । घचघच्याएर भएपनि केही आर्थिक सहयोग पाए लक्ष्य हासिल हुने थियो ।”

 

प्रतिक्रिया