हराएको फ्रि आदिवासी जनगणनामा समेटियो 

Admin
Admin५ असार २०८०, मङ्गलवार
हराएको फ्रि आदिवासी जनगणनामा समेटियो 

२०७८ सालको जनगणनाको नतिजामा फ्रि आदिवासीको जनसंख्या समेटिएको छ ।  आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन, २०५८मा सूचिकृत आदिवासी जनजाति भए पनि यस अघिको जनगणनामा फ्रि आदिवासी समेटिएको थिएन । तथ्याँक कार्यलयले प्रकासित गरेको जातजातिको तथ्याँकमा फ्रि जातिको जनसंख्या ९२१ देखाइएको छ । मातृभाषामा भने फ्रि आदिवासीको भाषा उल्लेख छैन । 

तथ्याँक कार्यलयले जातजातिको तथ्याँकको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हुँदा फ्रि जाति कुन जिल्ला वा स्थानीय तहमा बसोबास रहेको खुल्दैन । तथापि सूचिकरणमा रहेको फ्रि जातिको तथ्याँकले सूचिकरणको बैधतालाई सहयोग गरेको छ । 

नेपाल सरकारले फ्रि जातिलाई सिमान्तकृत समूहमा बर्गिकरण गरेको छ । तथापि यो जातिको जनसंख्याको आकारका आधारमा लोपोन्मूख देखिन्छ । उनीहरुको आर्थिक, सामाजिक अवस्था तथा भौगोलिक परिस्थितिको विवरण प्रकासमा आए पछि यो बर्गिकरण पनि सच्याउनु पर्ने हुन्छ । 

लोपोन्मूख समूहका लागि सरकारले मासिक सामाजिक सुरक्षा लगायतका सुविधा दिदै आएको छ । पूर्ण विवरण प्रकासमा आए पछि सामाजिक सुरक्षा प्राप्त गर्ने सूचिमा यो जाति समेट्नु पर्ने हुन्छ । 
आदिवासी जनजातिमा सूचिकृत अर्को जाति छैरोतन भने यो जनगणनामा समेटिएको छैन । यस अघि पनि सम्पर्कमा नआएको आदिवासीका रुपमा छैरोतन र फ्रिको चर्चा हुने गरेको थियो । 

जनगणनाको प्रतिबेदनमा आदिवासी जनजातिमा सूचिकृत सियार जातिको अवस्था अज्ञात रहेको छ । गोरखाको चुमनुब्रिमा बसोबास गर्ने सियारको जनसंख्या यस जनगणनामा आएको छैन । बरु चुम्वा तथा नुब्रुको जनसंख्या गणनामा आएको छ । 

यसैगरी जनगणनामा उल्ल्ेख भएकोृ थुदाम, लार्के लगायतका केही जातिको जनसंख्या पनि आएको छैन । आदिवासीमा सूचिकृत भएको केही जातिका थरहरुलाई पनि जनगणनामा फरक जातिका रुपमा उल्लेख गरिएको छ । यसरी उल्लेख भएका जातिमा राइ, मगरलगायतका जाति छन् । 


 

प्रतिक्रिया