प्रदेशको वार्ता समिति सकरात्मकः प्रेम येक्तेन

Admin
Admin२४ जेठ २०८०, बुधवार
प्रदेशको वार्ता समिति सकरात्मकः प्रेम येक्तेन

कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्नका लागि वार्ता टोलीको घोषणा गरेपछि आन्दोलनरत पहिचानवादीहरु पनि वार्ता टोली बनाउन जुटेका छन् । आन्दोलनरत किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले प्रदेश सरकारले वार्ता टोली गठन गरेको औपचारिक जानकारी नभए तापनि वार्ताको पहल सकरात्मक भएको टिप्पणी गर्नुभएको छ । औपचारिक जानकारी आएपछि आन्दोलनरत पक्षको वार्ता टोली बन्ने पनि उहाँले बताउनुभयो । 

बुधबार बसेको कोशी प्रदेश सरकार, मन्त्रीपरिषद्को बैठकले खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री तील कुमार मेन्याङ्बोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली थियो। वार्ता टोली सदस्यमा कोशी प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारी रहनुभएको छ । 

प्रदेशसभाबाट कोशी प्रदेश नामाङ्कनपछि नामको विषयमा असन्तुष्टि जनाउँदै  किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, नेपाल शेर्पा संघ र नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा त्येस प्रदेशमा आन्दोलन भईरहेको छ । 


 

प्रतिक्रिया