शेर्पा पर्यटन व्यवसायि संघद्धारा सगरमाथा आरोहीहरुलाई सम्मान

Admin
Admin१९ जेठ २०८०, शुक्रवार
शेर्पा पर्यटन व्यवसायि संघद्धारा सगरमाथा आरोहीहरुलाई सम्मान

सगरमाथा आरोहण गर्न सफल १ सय ३ जनालाई शेर्पा पर्यटन व्यवसायी संघले सम्मान गरेको छ। सगरमाथा दिवसको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा १० पटक भन्दा बढी आरोहण गर्न सफल र  विभिन्न विद्यामा विश्व कृतिमान कायम गर्न सफल आरोही र सगरमाथाको सफलतापूर्वक आरोहण गर्न सफल महिला आरोही गरी १ सय ३ जना आरोही लाई सम्मान गरिएको कार्यक्रम संयोजक तथा शेर्पा पर्यटन व्यवसायी संघको प्रथम अध्यक्ष चेङ्ङा छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायका सचिव सुरेश अधिकारीले पर्यटन क्षेत्रको विकासका क्षेत्रमा र विशेष गरेर यश क्षेत्रमा कार्यरत आरोहीको लागि सरकार गम्भीर रहेको बताउनुभयो ।

सम्मान कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै नेपाल पर्वतारोहण संघका अध्यक्ष ङिमा नुरू शेर्पाले पर्वतारोहण क्षेत्रमा काम गर्ने आरोहीको लागि आवश्यक तालिमको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यसैगरी नेपाल पर्यटन बोर्डको सदस्य ङावा ङिमा शेर्पाले पर्वतारोहण पेसामा कार्यरत आरोहीको योगदान अमुल्य रहेको भन्दै आरोहीको दक्षता बढाउने कार्यक्रम बोर्डले आयोजना गर्ने बताउनुभयो ।
कार्यक्रम समापन मन्तव्य राख्दै शेर्पा पर्यटन व्यवसायी संघका अध्यक्ष पेम्बा शेर्पा (संगम) ले पर्वतारोहण क्षेत्रमा काम गर्ने आरोहीको स्वास्थ, यातायातको व्यवस्था गर्नुपर्ने र आरोहीको बालबालिकालाई अध्ययन अध्ययपनको लागि नेपाल सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।

प्रमुख अतिरिक्त संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रलाय का सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष ङिमा नुरू शेर्पा , नेपाल पर्यटन बोर्डका सदस्य ङावा ङिमा शेर्पा लगायत पर्यटन व्यवसायी, आरोही हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया