राष्ट्रिय ललितकला प्रदर्शनी २०८० आयोजना हुदैँ, विभिन्न विधामा पुरस्कार दिने 

Admin
Admin१० जेठ २०८०, बुधवार
राष्ट्रिय ललितकला प्रदर्शनी २०८० आयोजना हुदैँ, विभिन्न विधामा पुरस्कार दिने 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बार्षिक कार्यतालिका सार्वजनिक गर्दै राष्ट्रिय ललितकला प्रदर्शनी २०८० आयोजना गर्ने भएको छ । आईताबार पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय ललितकला प्रदर्शनी २०८० आयोजना गर्ने भएको हो । 

कार्यतालिका अनुसार जेठ १५ गतेदेखि ३० गते सम्म हुने प्रदर्शनीमा प्रतिष्ठानसंगै नेपाल कला परिषद्ले ६१० कलाकारका ६९७ कलाकृति प्रदर्शनमा राख्ने र ललितकलाका विभिन्न विधाबाट कला क्षेत्रको व्यक्तित्वहरुलाई पुरस्कार सहित सम्मान गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसैगरि अरनिको राष्ट्रिय ललितकला सम्मान यसवर्ष मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गर्ने भएको छ । नगद राशी १ लाख सहित ताम्रपत्र प्रदान गर्ने भएको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार नगेन्द्रप्रसाद पौड्याल र नारायण प्रसाद ढुंगानालाइै प्रदान गर्ने भएको छ । नगद रु २५ हजार सहित ताम्रपत्र प्रदान गर्ने भएको हो । 

यसैगरि ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान(आरके), गण्डकीबाट विश्वम्भर बस्नेत, लुम्बिनीबाट रम्बा चौधरी, कर्णालीबाट सोनाम लामा र सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गर्ने भएको छ । उहाँहरुलाई नगद २५ हजार सहित ताम्रपत्र प्रदान गर्ने भएको हो । 

सामामयिक चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई नगद राशी ६० हजार सहित ताम्रपत्र प्रदान गर्ने र यसै विधामा ललितकला विशेष पुरस्कार रिता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई नगद २५ हजार सहित ताम्रपत्र दिने भएको छ । 

यसैगरि विभिन्न विधामा पुरस्कार दिने क्रममा परम्परागत चित्रकला विधामा राज प्रकाशमान तुलाधारलाई नगद ६० हजार र ताम्रकार प्रदान गर्ने र यसै विधामा ललितकला विशेष पुरस्कार रविन्द्र महर्जन र तारामान भोमजनलाई रु २५ हजार सहित ताम्रपत्र दिने भएको छ । 

यसैगरि वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा विनय रिमाललाई नगद ६० हजार सहित ताम्रपत्र र यसै विधामा विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर र फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई रु २५ हजार र ताम्रपत्र वितरण गर्ने जनाएको छ । 

प्रतिष्ठानको अर्को विधा हस्तकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई नगद राशि ६० हजार सहित ताम्रपत्र र यसै विधाको ललितकला विशेष पुरस्कारमा शेखमान महर्जन र सुमित्र भुजेललाई रु २५ हजार सहित ताम्रपत्र प्रदान गर्ने भएको छ । 

लोककला विधा पुरस्कार नम्रता सिंहलाई ६० हजार र ताम्रपत्र र यसै विधाको विशेष पुरस्कार राजु चित्रकार र ज्योति कुमारी सापकोटा कर्णलाई २५ हजार र ताम्रपत्र दिने भएको हो ।
यसैगरि अर्को परम्परागत मूर्तिकला विधाबाट जेरोम महर्जनलाई नगद ६० हजार सहित ताम्रपत्र पुरस्कृत गर्ने भएको छ । यसै विधाको विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई नगद २५ हजार सहित ताम्रपत्र दिने भएको हो । 

ललितकलाको अर्को विधा समसामयिक मूर्तिकला पुरस्कार रिसिता खत्रीलाई नगद ६० हजार र ताम्रपत्र यसै विधाको विशेष पुरस्कार टिकाराम पौडेल (शशि किरण) र मिना कायस्थालाई २५ हजार सहित ताम्रपत्र प्रदान गर्ने राष्ट्रिय ललितकला प्रदर्शनी २०८० कार्यकारी संयोजक लालकाजी लामाले जानकारी दिनुभयो । 


 

प्रतिक्रिया