विजय हितानको 'लाहुरेको रेलिमाई' विमोचन

Admin
Admin२६ वैशाख २०८०, मङ्गलवार
विजय हितानको 'लाहुरेको रेलिमाई' विमोचन

लेखक ,पर्यावरणबिद तथा बाताबरण सरंक्षण अभियान्ता विजय हितानद्वारा लेखिएको उपन्यास 'लाहुरेको रेलिमाई’ लोकार्पण भएको छ ।सनिबार एक कार्यक्रममा हितानद्धारा लेख्नुभएको उपन्यास लाहुरेको रेलिमाईको लोकार्पण भएको हो ।

हितान लामो समयदेखि बेलायत सरकारसगँ आवद्व रहेर पर्यावरणबिदको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणको निम्ति सकृय अभियान्ताको रुपमा परिचित हुनुहुन्छ।

साग्रीला प्रकाशनगृहले प्रकाशन गरेको लाहुरेको रेलिमाई मास्टर मित्रसनको जीवनीमा आधारित एक आख्यान हो । यो कृतिले नेपाली पाठकहरुलाई गोर्खा लाहुरे र प्रथम बिश्वयुद्वलाई नजिकबाट बुझ्न सहज बनाउनेछ ।

सेनाको मनोविज्ञानलाई अत्यन्तै सजिवरुपमा प्रस्तुत गरिएको यो कृतिमाथि लेखक स्वयंम र वक्ताहरु( प्रा. डा. गोविन्द राज भट्टराई, नेपाली चलचित्र तथा संगीतविज्ञ प्रकाश सायमी र कवि बिमला तुम्खेवाले आ आफ्नो अभिव्यक्ति राख्नुभएको थियो ।

लेखक समालोचक राजकुमार बॅानियाले कार्यक्रमलाई अन्तरकृयात्मक ढंगले संचालन गर्नुभएको थियो।

 

प्रतिक्रिया