पुनः नामकरण आन्दोलन ८२ प्रदेश सांसद विरुद्ध केन्द्रीत 

Admin
Admin११ वैशाख २०८०, सोमवार
पुनः नामकरण आन्दोलन ८२ प्रदेश सांसद विरुद्ध केन्द्रीत 

प्रदेश नम्बर १ मा जारी पुनःनामङ्कन आन्दोलन ८२ प्रदेश सांसद विरुद्ध केन्द्रीत हुने भएको छ ।  प्रदेश नम्बर १ पुनःनामङ्कन संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम प्रकासित गर्दै प्रदेश नम्बर १ का कोशी नामाकरणको पक्षमा मतदान गर्ने  ८२ प्रदेश सांसद विरुद्ध बिरोध सभा गर्ने सामाजिक बहिस्कार देखि उनीहरुको निवासमा कालो झण्डा गाड्नेसम्मको कार्यक्रम गर्ने उल्लेख छ ।

संघर्ष समितिले प्रदेश मुख्यमन्त्री, सभामुख, मन्त्री र प्रदेश सांसदहरुलाई कालो झण्डा देखाउने, सरकारी कार्यलयममा कोशी नाम लेखिएका बोर्ड, लेटरप्याड, स्ट्याम नचलाउने, पालिकास्तरमा कोशी नाम विरुद्ध कार्यक्रमहरु गर्ने र बैशाख ११ देखि २१ गतेसम्म वडास्तरमा संर्घस समिति गठन गर्ने लगायतका कार्यक्रमहरु रहको विज्ञप्तीमा उल्लेख गरेको छ । 

 प्रदेश नम्बर १ पुनःनामङ्कन संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम प्रकासित गर्दै प्रदेश नम्बर १ का कोशी नामाकरणको पक्षमा मतदान गर्ने  ८२ प्रदेश सांसद विरुद्ध बिरोध सभा गर्ने सामाजिक बहिस्कार देखि उनीहरुको निवासमा कालो झण्डा गाड्नेसम्मको कार्यक्रम गर्ने उल्लेख छ ।

प्रदेश नम्बर १ को संसदले प्रदेशको नाम कोशी राखिएको थियो । कोशी नामकरणसंगै १ नम्बर प्रदेशमा पहिचानको आन्दोलन चर्किएको छ । करिब डेढमहिनाबाट कोशी प्रदेशको राजधानी विराटनगर सहित विभिन्न जिल्लामा र काठमाडौँमा पनि आन्दोलन हुँदै आएको छ । 

लाजेहाङको अन्त्यष्ठीमा झडप
एक नम्बर प्रदेश पुनःनामङ्कनको आन्दोलनका क्रममा मृत्यु हुनुभएका पदम लिम्बु (लाजेहाङ)को  गत शनिवार अन्त्यष्ठी  गरिएको  छ ।  याक्थुम लिम्बुको मुन्दुमी परम्परा अनुसार उहाँकै बासास्थान रहेको मोरङको बेलबारीमा अन्त्यष्टी गरिएको हो । 

लाजेहाङको प्रदेश पुनःनामाकरण आन्दोलनका क्रममा गत चैत्र ५ गते विराटनगरमा प्रहरीको लाठी प्रहारबाट घाईते हुनुभएको थियो । र चैत्र १० गते उपचारको क्रममा उहाँको मृत्यु भएको थियो । 
उहाँको अन्तिम संस्कारमा पहिचानवादी संघ संस्था तथा नेताहरु र आफन्त तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । 

पदम लिम्बु (लाजेहाङ)लाई अन्तिम संस्कार गर्नु अघि सुनसरीको धरान, इटहरी र बिराटनगरका विभिन्न स्थानमा शव परिक्रमा सहित ¥यालीको आयोजना गरिएको थियो ।सव यात्रा सुरु हुन अघि सहिद लाजेहाङको सम्मानमा विभिन्न संघ संस्थाको तर्फबाट संस्थाको झन्डा ओडाइएको थियो । त्यसै गरी लिम्बुवान भोलियन्टरको तर्फबाट सामुहिक सलामी पनि अर्पण गरिएको थियो । 

सव यात्रा सहित नगर परिक्रममा गर्ने क्रममा विराटनगरको रोडशेष चोकमा प्रहरीले  सवयात्रालाई रोके पछि प्रहरी र सवयात्रामा सामेल आन्दोलनकारी बीच झडप भएको थियो । झडपका क्रममा केही आन्दोलनकारीहरु घाइते भएको संद्धर्ष समितिले जनाएको छ । किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्वापोका अनुसार सव यात्रा विराटनगरको रोडशेषमा पुग्दा प्रहरीले अवरोध गरी घरको छतबाट दर्जनौ रबरको गोली र अश्रुग्यास प्रहार गरेको थियो । 

मृत्यु संस्कार कर्म गर्न हिडेका मलामीहरुहरु माथि भएको सो अवरोधप्रति संघर्ष समितिले खेद प्रकट गरेको छ । सो क्रममा रवरको गोली र अश्रुग्यासको प्रहारबाट किरात राई योयोक्खाका उपाध्यक्ष देवान राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, इटहरीका दुर्गा राई, डेनिज राई, सन्त सेर्मा घाइते भएका छन् । 

यसरी नै बिराटनगरका चन्द्रकुमार राई, मनिता याक्खा, ताप्लेजुङका मोमु केछाङ, खगेन याक्खा लगायत घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । सव यात्रामा सामेल आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोड्न खोजे पछि झडप भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झडपमा ६ जना सुरक्षाकर्मी घाइते भएका थिए । सो अवसरमा प्रहरीका तर्फबाट ८१ सेल अश्रुग्यास प्रहार भएको प्रहरीको भनाइ छ । 

आन्दोलनरत पक्षले प्रहरीलाई रोडशेष चोकमा शान्तिपूर्ण श्रद्धान्जलि सभा गर्ने जानकारी गराएको थिाये । तर आन्दोलनरत पक्षका लिम्बुवान भोलिन्टियर्सका कार्यकतौले प्रहरीको व्यारिगेट हटाएर मुख्यमन्त्रीको कार्यलय जान खोजे पछि दोहोरो झडप भएको समाचारमा जनाइएको छ । 

मुख्यमन्त्रीलाई अवरोध
पहिचानबादी आन्दोलनका रुपमा स्थापित एक नम्बर प्रदेश पुनःनामकरण संघर्ष अझ विस्तार हुने संभावना देखिएको छ । आइतबार मात्र विभिन्न स्थानमा सभा जुलुस तथा सरकारी कार्यक्रमको अवरोध भएको छ । 

झापाको दमक नगरपालिकामा मूख्य मन्त्री हिक्मत कार्की प्रमूख अतिथि रहने भनिएको कार्यक्रम प्रभावित भएको छ ।  दमकको एक बिद्यालयको कार्यक्रममा मुख्यमन्त्री कार्की सहभागी हुने कार्यक्रम थियो । तर संघर्ष समितिका कार्यकर्ताले यस अघि नै मन्च भत्काएर अवरोध गरेका थिए । संभावित झडपलाई ध्यान दिएर मुख्यमन्त्री कार्कीले आफनो कार्यक्रम रद्ध गर्नु भएको थियो । 

इटहरीको मूख्य चौकमा संघर्ष समितिले कोशी प्रदेश नामांकनको विरोधमा विरोध सभा आयोजना गरेको छ । यसै गरी काठमाडौँको माईतिघरमा पनि आदिवासी अभियन्ता लगायत जातिय संस्थाका प्रतिनिधिहरु भेला भइ शहिद लाजेहाङको स्मृतिमा शोक सभा र कोशी प्रदेश नामाङ्कनको विरोध कार्यक्रम गरेका छन् । 

किरात याक्थुम चुम्लुङ,  किरात राई यायोख्खा नेपाल शेर्पा संघ लगायत विभिन्न संस्थाका प्रतिनिधीहरु भेला भएर सोशोकसभाको आयोजना गरेका हुन् । यसअवसरमा बोल्नुहुँदै किरात राई यायोख्खाका उपाध्यक्ष जनक राईले सरकारलाई दिईएको १० दिनको अल्टिमेट समय सकिएको हुँदा माग पुरा नभए थप सशक्त भएर आन्दोलन गर्ने बताउनुभयो । उहाँले लाजेहाङलाई पहिचानका लागि निडर भएर लागिपरेको एक महान योद्धाको रुपमा सम्झना रहने बताउनुभयो । 

यसैगरि उपस्थित पहिचानवादी आन्दोलनकारीहरुले लाजेहाङले दिएको बलिदानले पहिचानको आन्दोलन थप मझबुद भएको बताउनुभयो । आफुहरुको माग सरकारले पुरा नगरेसम्म चरणवद्ध आन्दोलनहरु गर्दै जाने पनि बताउनुभयो । 
 

प्रतिक्रिया