‘हामी जरा हौं, अहिले सम्म देशमा पातले शासन चलाइरहेको छ ।’

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ चैत २०७१, आइतवार

media

चैत ८,  काठमण्डौं ।  ‘हामी जरा हौं, अहिले सम्म देशमा पातले शासन चलाइरहेको छ ।’ यो भनाई हो संघिया लिम्बुवान पार्टिका अध्यक्ष कुमार लिङ्देनको । आदिवासी जनजाति आन्दोलन नेपालले ललितपुरको मंगलबजारमा शनिबार आयोजना गरेको पहिचान सभालाई सम्बोधन गर्दै लिङ्देनले यस्तो भनाइ राखेका हुन् ।
सत्तासिन दलहरुले आदिवसाी जनजातिले पहिचानको कुरा गरेर देश फुटाउन खोजेको आरोप लगाइरहेको बेला लिङ्देनले पुर्वको ९ जिल्लालाई लिम्बुवन स्वयत्त प्रदेश बनाउन अब कसैको ताकतले छेक्ने रोक्ने संभवना नरहेको भन्दै पुर्वका लिम्बु र सुदुरपश्चिमका खसहरुबिच देश फुट्न नदिने एवं लिम्बुवान र खसान स्वयत्त राज्य स्थापना गर्ने सम्झौता भएको जनाकारी गराउदै थिए ।

ppppppppppppp

नेवामण्डलको मंगलबजारमा भइरहेको पहिचानसभामा लिम्बु, किराँत, शेर्पा, नेवा, थारु लगायतका पहिचान झल्कने झाँकिहरु प्रस्तुत भइरहेका थिए । ‘साँच्चैको साझा फुलबारि त यो पो हो त । साँच्चैको नेपालको अनुहार यो पो हो त’ झण्डैं सबै कपाल फुलेका रैथाने नेवा बाजे यसो भन्दै थिए । पहिचान सहितको संघियता, समानुपातिक समावेसीता लगायतका मुद्धाहरु नयाँ संविधानमा सुनिश्चित हुनुपर्ने मागसहित आदिवासी आन्दोलन राष्ट्रिय आन्दोलन नेपालले पुर्वदेखि पश्चिमसम्म सकाएको पहिचान यात्रापछि यो सभामा पहिचान विरोधीहरुले सबैले खुलेरै विरोध गरे ।

संघिया समाजवादीका अध्यक्ष अशोक राइ भन्दै थिए ‘पहिचान चाहाने र नचाहने बिचको द्धन्द्धले गर्दा संविधान निर्माण कार्य अवरुद्ध भयो ।’ पहिचानलाई जातिसंग मात्रै जोड्ने र यो देशका आदिवासी भुमिपुत्रहरुलाई अनेकन उपमा दिएर राजनीति गर्नेहरु लाजघिन नभएकाहरु भएको उहाँको तर्क थियो ।

आदिवासी नेताहरुको भषणसंगै सांस्कृतिक पहिचानका गित नृत्य मात्रै होइन, कविता मार्फत पनि पहिचानको वकालत एवं पहिचान विरोधीहरुप्रति प्राहार गरिएको थियो । ‘नेवा चेली श्रीमति बनाउन हुने, नेवारी भोज पलेँटी कसेर चपाउन पनि मन पराउने, किन नेवा पहिचान मन नपराउने ? आउँ नेवा चेली हो, ति छेपारे पहिचान विरोधी नेताहरुसंग पारपाचुके गरेर  माइती घर, नेवा राज्यमा फर्कि आउ’ यस्तै आह्वान गर्दै थिए नेवा वरिष्ठ कवि राजभाई जकमी ।


यस्तै आह्वानको बिचमा राजनैतिक विश्लेशक सोमत घिमिरे भन्दै थिए । ‘अहिले देशलाई पहिचानको ज्वारो आएको छ, सत्तासिनहरुले पहिचान दिन नचहानेहरुले पहिचानको बहसलाई बिचलित बनाउन खोजिएको छ । फेरी राज्यलाई समित जाति र वर्गको हातमा एकात्मक ढंगले चलाउने खालको संविधान बनाउने दुस्प्रयास भइरहेको छ ।’ कार्यक्रममा एनेकपा माओवादी नेता दिलप महर्जनले उत्पिडित समुदायलाई अधिकार नदिइकन बनाएको संविधान एक दिन पनि चल्न नसक्ने भन्दै जबरजस्ति गर्न खोजे फेरी पनि हतियार बोक्न तयार हुने चुनौति दिए ।

uploads

यस्तै नेकपा माओवादी नेता हितमान शाक्यले भने ‘पहिचानको मुद्धा जातिय होइन, राष्ट्रियताको मुद्धा हो । जब सम्म पहिचानको मुद्धा सम्बोधन हुदैन तब सम्म देशमा परिवर्तन हुन सक्दैन ।’ अहिले कांग्रेस र एमाले भ्यागुता फुले जस्तो फुलेको मात्रै हो, फुलदै जाँदा एक दिन प्याट्टा फुट्छ शाक्याले थप्नुभयो । अर्कि आदिवासी नेतृ लक्कि शेर्पाले अहिले सम्म यो देश हाम्रो भन्ने वातावरण बन्न नसकेकोले हाम्रो र सबैको साझा देश बनाउन आन्दोलन जारी रहेको बताउनु भयो । कांग्रेस एमालेले जनतालाई अधिकार दिलाउने संविधान बनाउनको सट्टा संविधानसभालाई बागबण्डाको सरकार चलाउने अखडाको रुपमा दुरुपयोग गरिरहेको शेर्पाको भनाई थियो ।

media

 

प्रतिक्रिया