पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु, सहिद घोषणा गर्न माग

Admin
Admin१० चैत २०७९, शुक्रवार
पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु, सहिद घोषणा गर्न माग

प्रदेश नम्बर १को पुन:नामाकरण को माँग गर्दै गरिएको आन्दोलनका क्रममा प्रहरीको आक्रमणमा परी घाइते बन्नु भएका संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको सचिवालय सदस्य पदम लिम्बु (लाजेहाङ लिम्बु) को शुक्रबार बिहान धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । 

लिम्बुवान भोलिन्टियर्सका केन्द्रीय सहकमाण्डार समेत रहनु भएका लिम्बुलाई गत चेत ५ गते विराटनगरमा आयोजित विरोध प्रदर्शनका क्रममा नेपाल प्रहरीको लाठी प्रहारबाट घाइते भएर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । 

उपचारकै क्रममा स्वास्थ्य अवस्था गम्भीर भए पछि थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको बेला शुक्रबार विहान २.३० बजे निधन भएको संयुक्त संघर्ष समितिले जनाएको छ । 
तेह्रथुम जिल्लास्थित साव्.लामा २०३७ साल कार्तिक १७ गते जन्मनु भएका लिम्बु धरानमा बसोबास गर्दै आउनु भएको थियो । 

उहाँको निधन पछि प्रदेश नम्बर १ पुन:नामाकरण संयुक्त संघर्ष समितिले एक वक्तव्य निकाल्दै यो हत्याको जिम्मा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र प्रधानमन्त्री पुष्पकमल दहाल र नेपाल प्रहरीले लिनुपर्ने भनाइ सार्वजनिक गरेको छ । 

हत्याको अनुसन्धान गर्न छानवीन आयोग गठन गरी दोषिलाई कारबाही गर्न र लाजेहाङलाई शहीद घोषणा गर्न माँग गरिएको छ । यसरी वक्तव्य जारी गर्नेहरुमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम ऐक्तेन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, पहिचान सहितको प्रदेश नम्बर १ पुन:नामाकरण अभियानका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका सहअध्यक्ष ज्ञान बहादुर राई,लगायतले संयुक्त वक्तव्य जारी गर्दे मुक्ति योद्धा लाजेहाङ लिम्बुको हत्य षडयन्त्रपूर्वक भएका कारण ८२ जना प्रदेश साँसदले लिनु पर्ने जिकिर गरिएको छ । 
हत्या पछि शसक्त संयुक्त आन्दोलन जारी रहने बताइएको छ । 

 

प्रतिक्रिया