राजवंशी धर्म संस्कार सम्मेलनमा मन्त्री मोदी

Admin
Admin२६ फागुन २०७९, शुक्रवार
राजवंशी धर्म संस्कार सम्मेलनमा मन्त्री मोदी

झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पहिचानको आन्दोलन जारी रहने बताउनु भएको छ  । झापाको कन्काई नगरपालिका वडा नं. ९ मा राजवंशी समाजविकास समितिद्धारा आयोजित राजवंशी धर्म संस्कार प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री मोदीले यस्तो बताउनु भएको हो । 

मन्त्रीमोदीले आफू सम्बद्ध पार्टी माओवादी केन्द्रले नै पहिचानको मुद्दा उठाएको स्मरण गर्दै प्राप्त हुन बाँकी उपलब्धिका लागि संघर्ष जारी रहने धारणा राख्नुभयो । 

“एमाले कांग्रेसले यो देशमा गणतन्त्र आउनै सक्दैन भन्थे, आजहामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ” मन्त्री मोदीले भन्नुभयो, “कुनै न कुनै बेला संघर्षको प्रतिफल प्राप्त हुन्छ, ढिला हुन सक्ला तर पहिचानको आन्दोलनले अवश्य प्रतिफल प्राप्त गर्छ ।”

“नामकरणको सन्दर्भमा जे भएपनि पहिचानमा आधारित हुनुपर्ने थियो, तर त्यस्तो हुन सकेन”उनले भने,“अब सकारात्मक तरिकाबाट संघर्षमा जानुपर्छ । संघर्ष नगरेसम्म श्रेष्ठता हासिल गर्न सक्दैन ।”

मन्त्री मोदीले १ नम्बर प्रदेशको नाम कोसी राखिसके पनि पहिचान सहितको नामकालागि संघर्ष जारी रहने बताउनुभयो । “१ नम्बर प्रदेशको नामकरण भइसकेको छ, हामी पहिचान सहितको नामकरणकै पक्षमा थियौँ, तर कांग्रेस र एमालेले कोसी बाहेकको नाम सुन्नै चाहेनन्” उनले भने, “संघर्षको अध्याय सकिएको छैन, पहिचान सहितको नामकरणको लागि हाम्रो संघर्ष झन् कठोर भएर अगाडि बढ्छौँ ।”

मन्त्री मोदीले माओवादी आन्दोलनले नै पहिचानको आन्दोलन जन्माएको बताउनुहुँदै, “पहिचानकै लागि माओवादीले १० वर्षे जनयुद्ध गरेको हो, हजारौँ सहिदले बलिदानी गरेका हुन्, लाखौँ घाईते अपाङ्ग र टुहुरा भएका हुन् । त्यसैले अधिकार प्राप्ति नभएसम्म पहिचानको आन्दोलन जारी रहन्छ ।”

“नामकरणको सन्दर्भमा जे भएपनि पहिचानमा आधारित हुनुपर्ने थियो, तर त्यस्तो हुन सकेन”उनले भने,“अब सकारात्मक तरिकाबाट संघर्षमा जानुपर्छ । संघर्ष नगरेसम्म श्रेष्ठता हासिल गर्न सक्दैन ।”उत्पीडित जाति र समुदायले आफ्नो संस्कार, संस्कृति र भाषाको जगेर्नामा विशेष ध्यान दिनुपर्ने मन्त्री मोदीको भनाई थियो ।

सहिदलाई कोचिलाको सम्मान

सहिद सप्ताहको उपलक्ष्यमा कोचिला राष्ट्रिय मुक्तिमोर्चा नेपाल केन्द्रीय समिति झापाले सहिद तथा वेपत्ता परिवारलाई सम्मान प्रदान गरेको छ । शनिबार झापाको बिर्तामोड स्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रमको बीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सहिद तथा वेपत्ता परिवारलाई सम्मान प्रदान गर्नुभएको हो । 

जनयुद्धका सहिदहरु विजय राजवंशी, मिसी धिमाल, टोपलाल राजवंशी, शम्भु राजवंशी, चैत लाल मेचे, टिकाराम मेचे, होलाई राजवंशी, हसीलाल राजवंशी, झरीलाल राजवंशी, टेकबहादुर राजवंशी लगायतका परिवारलाई मन्त्रीले सम्मानपत्र प्रदान गनुभएको थियो ।

यसैअवसरमा उहाँले नवनिर्वाचित वडाध्यक्षहरुलाई पनि सम्मान गर्नुभएको थियो ।  कार्यक्रममा संविधान सभा सदस्य मोहन टुडु, पूर्ण सिंह राजवंशी, झलक सिंह दर्लामी पार्टी पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य सरु न्यौपाने, प्रदेश सचिवालय सदस्य झापा सहइन्चार्ज पुरुषोत्तम चुडाल, झापा जिल्ला संयोजक राजु आचार्य लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया