इन्जाद्वारा अग्रज पत्रकार सम्मान र पत्रकारिता पुरस्कार प्रदान

Admin
Admin१७ फागुन २०७९, बुधवार
इन्जाद्वारा अग्रज पत्रकार सम्मान र पत्रकारिता पुरस्कार प्रदान

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संस्था (इञ्जा)ले नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर योगदान दिदै आएका चार अग्रज पत्रकारलाई सम्मान गरेको छ । इन्जाको स्थापना दिवशको अवसर पारेर राजधानीमा आयोजित कार्यक्रममा अग्रज पत्रकार सम्मान र विभिन्न विधामा पुरस्कार वितरण गरेको हो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सो पुरस्कार वितरण तथा पत्रकारलाई सम्मान गर्नु भएको थियो । 

कार्यक्रममा अग्रज पत्रकार सम्मानबाट सामुदायिक रेडियो प्रसारक संघका संस्थापक अध्यक्ष डा.रघु मैनाली, इन्डिजिनियस टेलिजिनका प्रमुख कार्यकारी निर्माता कुमार यात्रु, पाका पत्रकार किरण बैद्य र संविधान सभाका सदस्य तथा जागरण मिडियाकी कमला विश्वकर्मा सम्मानित हुनु भएको हो । 

यसैगरी इन्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल, र माधव तिवारी, इन्जा खोजी पत्रकारिता पुरस्कारबाट मातृका दाहाल, तारा वाग्ले, इन्जा ग्रामिण पत्रकारिता पुरस्कारबाट लाहानस्थित रेडियो समग्रका अध्यक्ष रामभरोसी महतो, र सरिता चलाउने र फोटो पत्रकार द्वय नरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।  यसरी पुरस्कृत हुनेहरुलाई जनही नगद पचास हजार रुपैया रासी पनि प्रदान गएिको थियो । 

पुरस्कार तथा सम्मान कार्यक्रमलाई संबोधन गर्नु हुँदै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरुको हकहित र संरक्षणका लागि आफनो भूमिका सकारात्मक रहने बताउनुभयो । उहाँले पत्रकारहरुलाई प्रोत्साहनका लागि इन्जाले गरेको क्रियाकलाप सकारात्मक रहेको बताउँदै कोरोना कालमा इन्जाको सहयोको प्रशंसा गर्नू भयो । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिताको गुणस्तर पछिल्लो समयमा खस्किएको टिप्पणी गर्नू भयो । उहाँले पत्रकारितामा खोजमुलक र विषयगत अध्ययन आवश्यक रहेको बताउनुभयो । 

यसैगरि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारले राज्यलाई अभिभावक भनेर आपनवत्व महशुस गराउन नसकेको र पत्रकारिता क्षेत्रको संरक्षण र प्रोत्साहान गर्नको लागि राज्यले महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा गैरसरकारी संस्थाहरुले गरिरहनु परेको बताउनुभयो । 

नेपाली पत्रकारिता अन्तराष्ट्रि संस्था इञ्जा एशिकाका अध्यक्ष टंक पन्तको अध्यक्षतामा भएको कार्यक्रममा  संचारिका समूहकी अध्यक्ष विमला तुम्खेवा, न्युनतम पारिश्रमिककी अध्यक्ष सङ्गिता खड्का लगायतले सम्बोधन गर्दे शुभकामना मन्तव्य राख्नु भएको थियो । 
 

 

प्रतिक्रिया