आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा डि.एन. मगर निर्वाचित

Admin
Admin२४ माघ २०७९, मङ्गलवार
आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा डि.एन. मगर निर्वाचित

कतार - आदिवासी जनजाति महासंघ कतारको नवौं महाधिवेशनबाट डि.एन. मगर(दुर्गा प्रसाद पाङमी)को अध्यक्षमा नयाँ कार्यासमिति निर्वाचित भएको छ । गत शुक्रबार सम्पन्न महाधिवेशनबाट महासंघ कतारको बरिष्ठ उपाध्यक्षमा भाईकाजी गुरुङ, प्रथम उपाध्यक्षमा एकराज राई, दृतिय उपाध्यक्षमा मिलन भुजेल, महासचिवमा धिरेन तामाङ, उप महासचिवमा हरि बहादुर महतो, सचिवमा राकेश श्रेष्ठ, कोषाध्यक्षमा तेन्जी शेर्पा र सहकोषाध्यषमा सुजन माबो लिम्बु र्निविरोध निर्वाचित हुनुभएको छ । यसैगरि  विभागिय सचिवमा तेजिलाल मण्डल, जमुना श्रेष्ठ, ल्हेमी शेर्पा, रामचन्द्र चौधरी, लिला राई, र निर बहादुर सुनुवार निर्वाचित हुनुभएको छ ।

महासंघ कतारको सदस्यहरुमा विजय कुमार मगर, अभिमत पुन मगर, सुनिल लिम्बु, कृष्णमाया लिम्बु, दुर्गा गुरुङ, शिला गुरुङ, प्रेम बहादुर राई, राम कुमारी तामाङ, श्री बहादुर तामाङ, कञ्चन कुमारी चौधरी, मेनुका सुनुवार, कमल विक्रम सुनुवार, रोज भुजेल, गिता भुजेल, राम बहादुर मानन्धर, प्रकाश मण्डल, राजेन्द्र मण्डल र पेम्बा शेर्पा निर्वाचित हुनुभएको छ ।

 यसअघि नवौं महाधिवेशनको औपाचारिक उद्घाटन कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले गर्नुभएको थियो । उहाँले कार्यक्रममा सम्बोधन गर्नुहुँदै विश्वमा आदिवासी जनजातिहरुको आफ्नै भाषा, धर्म संस्कृती, रितिरिवाज परम्परा अग्रस्थानमा रहेको साथै विभिन्न भाषा, धर्म, सम्प्रदाय, जातजातिका आआफ्नै विशिष्ट संस्कृति र परम्परा रहेकोमा त्यसको सम्मान, संरक्षण र प्रबद्र्धन गर्नु हामी सबैको दायित्व र कर्तव्य रहेको डा. ढकालले बताउनुभयो । उहाँले आफुले भ्याएसम्म नेपाल र नेपालीको शिर झुक्ने कार्य नगर्ने बताउनुहुँदै अधिवेशन सफलताको शुभकामना दिनुभयो । 

महासंघ कतारका अध्यक्ष पुरुषोतम सुनुवारको अध्यक्षमा भएको  कार्यक्रममा सामाजिक व्याक्तित्व बिमल सुवेदी, सागर नेपाल, नेपाली जनसम्पर्क समिति कतार उपसभापति ठाकुर कुमार परियार, प्रवासी नेपाली मञ्च कतारका कार्यबाहक अध्यक्ष बालकृष्ण भित्रीकोटी, नेपाली जन प्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारी, नेपाली समाज कतारका अध्यक्ष तेज मोक्तान तामाङ, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरु गैह्रे, नेपाली महिला समाज कतारका बरिष्ठ उपाध्यक्ष माया केसी, एनआर एनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनआरएनए आइसिसिबाट तेज कटुवाल महासंघ कतारका प्रमुख सल्लाहकार शिव कुमार भुजेल, नेपाली महिला समाज, मातृ संस्थाका अध्यक्षहरु  लगायत जिल्ला संस्थाहरु, साहित्यिक संस्थाहरु प्रदेश संस्थाहरुबाट प्रतिनिधि मुलक  रुपमा मन्तव्य राख्नुभएको थियो ।

संस्थापक सदस्य तथा सल्लाहकार द्वय बिल बहादुर गुरुङ र शुक बहादुर तामाङलाई संस्थालाई निरन्तरता दिएको  आधारमा फेटा, दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरेका थिए त्यसैगरी नेपाली नियोगका दृतिय सचिव प्रवीण भट्टराई ४ बर्षको कार्यकाल सफलताका साथ पूरा गर्दै नेपाल जानू हुने भएको हुदा वाहाले नेपाली संघ संस्था र समुदायमा खेलेको महत्त्वपूर्ण भुमिकाको उच्च कदर गर्दै फेटा, दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मानित गरिको थियो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले पनि महासंघ कतार सग सहकार्य समन्वय, समर्थन र सहयोगको उच्च कदर गर्दै अध्यक्ष महम्मद मुक्तता मुसल्मानलाई फेटा ओढाई धन्यवाद पत्र प्रदान गरेको छ साथै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सांस्कृतिक संयोजक साम सुनुवारले विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा महासंघ कतारलाई दिनु भएको योगदानको उच्च मुल्यांकन गर्दै कदर पत्र प्रदान गरेको छ । त्यसैगरी महासंघमा आबद्ध विभिन्न मातृ संस्थाहरुलाई कदर पत्र साथै मातृ संस्थामा रहेका कलाकारहरुलाई कदर तथा प्रशंसा पत्र बितरण गरेका थिए।  सबै मातृ संस्थाका कलाकारहरुले आफ्नै भेषभुसामा सजिएर आफ्ना मौलिक सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गर्दा कार्यक्रमको रौनकता थपिएको थियो ।

महासचिव एकराज राईले सहजिकरण गरेको कार्यक्रममा संस्थाका अध्यक्ष एवंम कार्यक्रम सभापति पुरुषोतम सुनुवारले आफ्नो मन्तव्य राख्दै महासंघ कतारलाई अझै सकृय रुपमा अघि बढाउन कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न गर्न विभिन्न माध्यमद्वारा सहयोग पुर्याउनु हुने सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

आदिवासी जनजाति महासंघ कतारको स्थापना सन् २००६ मा भएको थियो । 

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin