ट्रेकिङ् गाईड एसोसिएसन अफ नेपाल (टिगान)को अध्यक्षमा वाङ्छु शेर्पा निर्वाचित

Admin
Admin१९ माघ २०७९, बिहिवार
ट्रेकिङ् गाईड एसोसिएसन अफ नेपाल (टिगान)को अध्यक्षमा वाङ्छु शेर्पा निर्वाचित

ट्रेकिङ गाईड एसोसिएसन अफ नेपाल (टिगान) को चौँथो अधिवेशनबाट वाङ्छु शेर्पाको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित हुनुभएको छ । अधिवेशनबाट प्रथम उपाध्यक्षमा सोनाम याङ्जी शेर्पा, द्धितिय उपाध्यक्षमा आङ दोर्जी लामा शेर्पा, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा मिङमा डोमा शेर्पा, कोषाध्यक्षमा नुर्बु छिरिङ लामा र सह कोषाध्यक्षमा तिलक थापा मगर सर्वसमत चयन हुनुभएको छ । 
टिगानको सदस्यहरुमा ङिमा वाङ्छु शेर्पा, दावा जाङ्बु शेर्पा, प्रिति राई, ङवाङ डोमा शेर्पा, रुजन न्यौपाने, वाङछु शेर्पा र सविन कुमार लामा निर्वाचित हुनुभएको छ ।

टिगानकै केन्द्रीय कार्यलयमा आयोजित (टिगान)को चौँथो आधिवेशनको उद्घाटन संविधान सभा सदस्य कृपासुर शेर्पाले गर्नुभएको थियो । उहाँले कार्यक्रम सफलताको शुभकामाना दिनुहुँदै, टिगानमा आवद्ध भएपछि निस्वार्थ भावनाले एकअर्काबिच मिलेर काम गर्नुपर्ने बताउनुभयो । नेपालको दोस्रो आर्थिक आर्जनको माध्यम भनेको पर्यटन व्यवसाय भएकोले नेपालका पर्यटन व्यवसायमा महत्वपुर्ण योगदान गाईडहरुको रहेको पनि बताउनुभयो । 

टिगानका कार्यवाहाक अध्यक्ष जाङ्वु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक हिक्मत एयर, टानका पुर्वमहासचिव आङ पेम्बा शेर्पा, नेपाल शेर्पा संघका महासचिव ल्हाक्पा शेर्पा लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया