जनजातिको पोखरामा तमुवानस्तरिय प्रादेशिक जनसभा सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस४ चैत २०७१, बुधवार

 

jana

 

चैत ४, काठमण्डौं । पहिचान सहितको संघीय संविधान निर्माणका लागि निरन्तर आन्दोलनरत आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले बुधबार पोखरामा बृहत जनसभामाको आयोजना गरेको छ । पोखराको अमरसिंचोकमा आयोजित जनसभामा आदिवसाी जनजातिहरुको उलेख्य रुपमा सहभागिता रहेको थियो ।

सभालाई सम्बोधन गर्दै एकिकृत नेकपा मओवादी सचिव वर्षमान पुनले हाल सम्म प्राप्त क्रान्तिका उपलब्धिहरु र आदिवासी जनजातिका अधिकारहरु गुम्ने खतरा रहेको बताउनु भएको छ । ‘जातीय, भाषिक र सांस्कृतिक पहिचान आदि स्थापित गर्न नै आन्दोलन नेपाल बनेको भन्दै नेता पुनले अधिकार प्राप्त नभएसम्म आन्दोलनले विश्राम लिन नहुने बताउनु भयो । त्यस्तै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता डा. ओम गुरुङले आदिवासी जनजातिले चाहेको पहिचान सहितको अधिकार अब बन्ने संविधानमा सुनिश्चित नभए सम्म आन्दोलन जारी रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

jana

उहाँले भन्नु भयो ‘‘हामीले हाम्रो पहिचान भाषा, संस्कृति, धर्म, भूमिमाथीको पहिचान खोजेका हौ । पहिचानका मुद्दालाई जातीय राज्यसग जोडेर गलत भ्रम छर्ने काम राज्यबाट भइरहेको छ ।’ उहाँले ंयस्ता भ्रमहरुलाई चिर्नका लागि नै आफुहरुको आन्दोलन उठेकोमा जोड दिनुभयो ।

कार्यक्रममा माओवादी नेता देव गुरुङले पहिचान सहितको संघीय संविधान निर्माणका लागि सम्पूर्ण जनजातिलाई एक भएर जुट्न आग्रह गर्नुभयो ।  जनसभामा तमू जातिको संस्कृति झल्कने गीत र नाच प्रस्तुत गरीएको थियो भने झाकिसहितको र्यालीले शहर परिक्रमा गरेको थियो ।

jana

 

प्रतिक्रिया