आरक्षण कोटाको माँग गर्दै थारुहरुले आन्दोलन थाल्ने

Admin
Admin१२ माघ २०७९, बिहिवार
आरक्षण कोटाको माँग गर्दै थारुहरुले आन्दोलन थाल्ने

राज्यका निकायहरुमा समानुपातिक र समाबेशीकरणको सिद्धान्तअनुसार थारुलाइ जनसंख्याको अनुपातमा ६.६ प्रतिशतको कोटा निर्धारण गर्न र गराउन थारु अगुवाहरुले माँग गरेका छन् । थारु कल्याणकारीणी समितिको आयोजनामा नव निर्वाचित प्रतिनिधिसभाका साँसदहरुको स्वागतका लागि आयोजित कार्यक्रममा बोल्दै थारु अगुवाहरुले यस्तो माँग गरेका हुन् । 

‘बिद्यमान निजामती सेवा ऐन लगायत प्रहरी, शिक्षक, सेना आदिमा जनसंख्याको अनुपातमा आरक्षण व्यबस्था गरिएको छैन, संसदले कानुन बनाउँदा थारु क्लस्टर भुल्नु हुँदैन ।’

कार्यक्रममा अधिवक्ता बुद्धसेन चौधरीले कार्यपत्र प्रस्तुत गर्दै संविधानमा नै थारु क्लस्टर फरक भए पनि अन्य राज्यका निकायहरुमा व्यबस्था नभएकाले आरक्षण व्यबस्थामा थारु क्लस्टर फरक हुनु पर्ने बताउनु भयो । ‘बिद्यमान निजामती सेवा ऐन लगायत प्रहरी, शिक्षक, सेना आदिमा जनसंख्याको अनुपातमा आरक्षण व्यबस्था गरिएको छैन, संसदले कानुन बनाउँदा थारु क्लस्टर भुल्नु हुँदैन ।’ उहाँका अनुसार सर्वोच्च अदालतबाट यो व्यबस्थाका लागि पटक पटक अन्तरिम आदेश जारी भए पनि सरकारले कार्यन्वयन नगरेको बताउनु भयो । 

नेपाली काँग्रेसका साँसद तेजुलाल चौधरीले अव बन्ने कानुनमा समानुपातिक प्रतिनिधित्व सम्बन्धि त्रुटीहरु सम्बोधन गर्न सकिने बताउनु हुँदै संसदमा आफनो तर्फबाट ध्यानाकर्ष प्रस्ताव राख्ने बताउनु भएको थियो । 

अहिलेको प्रतिनिधिसभामा थारु समुदायबाट १५ जना साँसद निर्वाचित हुनु भएको छ । थारु सरोकारलाई नै प्रमूख मुद्धा बनाएर खोलिएको राजननीतिक दल नागरिक उन्मुक्ति पार्टीका चार साँसद र एक जना स्वतन्त्र साँसद निर्वाचित छन् । अन्य थारु सांसद भने नेकपा एमाले, नेपाली काँग्रेस, माओवादीकेन्द्य्र र स्वतन्त्र पार्टीबाट निर्वाीचत छन् । 

स्वागत तथा शुभकामना कार्यक्रममा अन्य साँसदहरुले भने थारु समुदायको मुद्धा समानुपातिक र समाबेशी प्रतिनिधित्वको सवाल मात्र नभएर रेशम चौधरीलगायतको रिहाई, जल जमिन तथा जंगलमा अगधिकार, थारु परम्पराको जगेर्नालगायतलाई उठान गर्ने बताउनु भएको थियो । नागरिक उन्मुक्ति पार्टीका साँसद लालबीर चौधरीले रेशम चौधरी लगायतका राजबंदीलाई तत्काल रिहाई गर्न माँग गर्नू भयो । उहाँले आफनो पार्टी नागरिक उन्मुक्ति पार्टीले सदनमा यो सवाल उठाइ रहेको बतउउँदै अर्को साताबाट सडक आन्दोलन प्रारम्भ गर्ने चेतावनी दिनु भयो । 

तर कार्यक्रममा बोल्नु हुने बक्ताहरुले भने आदिवासी थारुहरुको जातीय संस्था थारु कल्याणकारिणी  सभासंग समन्वय गरेर मात्र आन्दोलन गर्न सुझाव दिनुभएको थियो । सभाका अध्यक्ष धनीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न दलबाट निर्वाचित थारुसाँसदहरुले आफनो प्रतिबद्धता व्यक्त गर्नू भएको थियो । 

प्रतिक्रिया