आदिवासी जनजाति महिला महासंघको निर्वाचन, अध्यक्षमा शेर्पा 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१ पुष २०७९, शुक्रवार
आदिवासी जनजाति महिला महासंघको निर्वाचन, अध्यक्षमा शेर्पा 

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आठौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । नेपाल शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । महासंघको  महासचिवमा सुनुवार महिला समाजका अध्यक्ष शोभा सुनुवार  हुनुभएको छ । 

यसैगरि महासंघको उपाध्यक्षमा कल्पना भट्टचन, कमला चेपाङ र सुमित्रा ताजपुरिया, कोषाध्यक्षमा देबमती छन्त्याल, परियोजना तथा विदेश सचिवमा सनम राजवंशी, अनुसन्धान तथा संचार सचिवमा नुमा मेचे, मातृभाष तथा संस्कृति सचिवमा बास्मती राजि र जनसम्र्क तथा संगठन बिस्तार सचिवमा रिना बराम निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा भने प्रत्येक वर्ष महासंघमा दर्ता क्रमानुसार परिवर्तन हुँदै जाने प्रक्रियानुसार व्यासी सौंका महिला संघका अध्यक्ष पुस्पा बुढाथोकी पहिला नै चयन भएकी थिइन ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ४८ जातिय महिलासंस्था आवद्ध रहेका छन । यसमध्ये २७ जातिय महिला संस्थाले भने निर्वाचित नयाँ कार्यसमिति बैधानिक नभएको भन्दै विरोध जनाएका छन । विरोध जनाउँदै निर्वाचन मण्डललाई ध्यानकर्षण समेत गराएको छ ।  

नेपाल मगर महिला संघ, नेपाल तामाङ महिला घेदुङ, नेपाल योल्मो महिला संघ, नेपाल भाषा मिस खल, जिरेल महिला समाज संघ, दुरा महिला समाज, धिमाल महिला, किराँत याक्थुम मंगेना चुम्लुङ, याख्खामा याप्सेन, थकाली महिला संघ, मुगाल आदिवासी जनजाति महिला उत्थान संस्था, थारु महिला जागरण केन्द्र, नेपाल पहरी महिला विकास संघ र नेपाल भोटे जनजाति महिला संघ लगायत २७ वटा जातिय महिला संस्थाहरुले संस्थापनबाट एकलौटी ढंगले निर्णय लिएको भन्दै विरोध गरिएको छ ।

१० वटा जातिय महिला संस्थाको नविकरण नभएको र ४ वटा संस्थालाई सिडियो कार्यलयमा संस्था दर्ता भएको सकल प्रमाणपत्र नबुजाएको भनेर दर्ता प्रकृयामा रोक लगाएको थियो । महिला महासंघ ०७९/०८०को नविकरण नगरेको महासंघ स्वयमले बताएको महाधिवेशनबाट बाहिरिएका पक्षहरुले बताएको छ । 

निर्वाचन मण्डलमा राष्ट्रिय आदिवासी जनजाति अपांग महिला महासंघ नेपालका अध्यक्ष प्रतिमा गुरुङ, विविसिका महासचिव कृष्ण कुमारी वाईबा र  लाहुर्निपका निवर्तमान अध्यक्ष शान्तीकुमारी राई रहनुभएको थियो ।

जनजाति महिला महासंघको आठौँ महाधिवेशनको  उद्घाटन समाहरोह बुधबार जमलस्थित संस्कृतिक संस्थान नाचघरमा भएको थियो । महादिवेशनको उद्घाटन महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री उमा रेग्मीले गर्नुभएको  थियो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझीको अध्यक्षमा भएको कार्यक्रममा महासंघले संस्थापकहरुलाई अभिन्नदन गरिएको थियो । 
 

प्रतिक्रिया