निडवान अध्यक्ष प्रतिमा मानव अधिकार बर्ष पुरस्कारबाट पुरस्कृत 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२७ मंसिर २०७९, मङ्गलवार
निडवान अध्यक्ष प्रतिमा मानव अधिकार बर्ष पुरस्कारबाट पुरस्कृत 

७४ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति अपांङ्ग महिला संघ (निडवान)की अध्यक्ष प्रतिमा गुरुङ मानव अधिकार बर्ष पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।  महिला, आदिवासी जनजाति, दलित, अपांगता भएका व्यक्ति र अन्य सीमान्तकृत समूहको अधिकार संरक्षण र प्रबद्र्धनमा बिशेष योगदान गर्दै  आउनु भएकी गुरुङलाई  राष्ट्रिय मानव अधिकार आयोगबाट प्रदान गरिने ५० हजार रुपैया सहितको मानव अधिकार बर्ष पुरस्कार प्रदान गरिएको हो । उहाँलाई प्रधानमन्त्री शेर बहादुरर देउवाले एक समारोहका बीच सो पुरस्कारबाट सम्मानित गर्नू भएको थियो । 

यसै गरी उहाँलाई  स्वतन्त्रता स्टुडियोले पनि ह्युमन राइटस् हिरो अवार्डबाट सम्मान गरेको छ । लमजुङको राइनास नगरपालिका स्थायी घर भएकी गुरुङ लामो समयदेखि सिमान्तकृत नागरिककोृ अधिकारका क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । 

निडवानकी अध्यक्ष गुरुङ अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्यातीप्राप्त हुनु हुन्छ । असक्षमता समावेशी जलवायु कार्य अनुसन्धान कार्यक्रम म्याकमिल विश्वविद्यालय, कानुन संकाय क्यानडाका लागि सल्लाहाकार सदस्य समेत रहनु भएकी गुरुङ  विश्व आर्थिक फोरम, जेनेभा स्विजरल्याण्डका लाचगि विश्वव्यापी सल्लाहाकार हुनुहुन्छ । 

उहाँले अपाङगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि  (युएनसीआरपीडी) सयन्त्र अन्तर्गत पक्ष राष्ट्रहरुको सम्मेलनका लागि नागरिक समाज समन्वय संयन्त्रको सञ्चालक समिति सदस्य पनि हुनुहुन्छ । हाल उहाँ वासिङ्टन डिसीमा रहेको महिला सक्षम अन्तराष्ट्रिय बोर्डको कार्यकारी सदस्य र ब्रसेलमा रहेको अल्पसंख्यक समूह इन्टरनेशनलको सल्लाहाकार परिषद सदस्य हुनु हुन्छ । 

यसबाहेक उहाँ षेत्रीयस्तरमा कृषि विकासका लागि अन्तराष्ट्रिय कोष अन्तर्गत आदिवासी जनजाति सहायता सुविधामा बोर्ड सदस्य र प्रकोप जोखिम न्युनिकरण सम्बन्धि विषयगत समितिको एशिया क्षेत्रीय फोकल पर्सनका रुपमा काम गर्दै आउनु भएको छ । 

गुरुङ संस्थागत आदिवासी अपाङ्गता ग्लोवल नेटवर्ककी महासचिव समेतको जिम्मेवारी लिनु भएको छ । उहाँले आफनो विशेषज्ञता मार्फत महिला, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्तिहरुको समाबेशीकरण बढाउन संयुक्त राष्टसंघीय मन्चहरु मार्फत आवाजहरु उठाउँदै आउनु भएको छ । दर्शनशास्त्रमा स्नाकोत्तर गर्नू भएकी गुरुङ हाल काठमाडौस्थित पद्यकन्या कलेजमा पध्यापन गर्नू हुन्छ । 

यस अघि राजधानीमा आयोजित महाभेला उद्घाटन समारोहमा विभिन्न पुरस्कारहरु पनि वितरण गरिएको थियो । नगद ५० हजार सहितको पदमरत्न तुलधर पुरस्कार अभियन्ता मल्ल के सुन्दरलाई  र नगद ३० हजार सहितको शान्तालक्ष्मी मानवअधिकार पुरस्कार मानवअधिकारकर्मी देव कुमारी महरालाई प्रदान गरिएको थियो । 
महाभेलाले यस बर्षको मानव अधिकार पुरस्कार व्यक्ति तर्फ मानवअधिकारकर्मी प्राध्यापक कपिल श्रेष्ठ, र संस्था तर्फ मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । 
 

प्रतिक्रिया