संयुक्त राष्ट्रसंघ स्वेच्छिक कोष संचालक समितिको अध्यक्षमा सुनुवार

Admin
Admin२० मंसिर २०७९, मङ्गलवार
संयुक्त राष्ट्रसंघ स्वेच्छिक कोष संचालक समितिको अध्यक्षमा सुनुवार

इण्डिजिनियस टेलिभिजनका अध्यक्ष देब कुमार सुनुवार आदिवासीहरूको लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष संचालका समितिका अध्यक्षमा चुनिनु भएको छ । 

कोष संचालनका लागि सुनुवारलाई एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिको रुपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुईवर्ष अघि नियुक्तगर्नु भएको थियो, र कोष संचालनका लागि सुनुवारले महासचिवलाई एसिया र प्रशान्त क्षेत्रका आदिवासीहरूको तर्फबाट सल्लाहदिदै आउँनु भएको छ । 

सुनुवारसँगै कन्गोका डियल मोचिरे, क्यानाडाका मार्जोलेन एटिने, ग्रिनलैन्ड, डेनमार्कका टुकुमिङग्वाक न्याक्जेर ओल्सेन र बेलिजकापाब्लो मिस कोष संचलक समितिका सदस्य छन् ।

आदिवासीहरूको लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष सन् १९८५ मा संयुक्त राष्ट्रसंघको महासभाद्वारा स्थापित कोष हो । विश्वका पाँच भौगोलिक क्षेत्रबाट नियुक्त ५ सदस्यहरूको सल्लाहमा, संयुक्त राष्ट्रसंघको महासचिवले संयुक्त राष्ट्रसंघको वित्तियनीति र नियमअनुसार संचालन गर्नुहुन्छ । 

सुनुवारले अन्तर्राष्ट्रिय कानून र मानव अधिकार राजनीतिशास्त्रस आमसंचार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । संयुक्त राज्य अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कल्चरल सर्भाइभलका एसिया कार्यक्रम संयोजक समेत रहेका सुनुवार हाल काठमाडौं स्कुलअफलमा अन्तर्राष्ट्रिय कानून अध्यापन गर्नुहुन्छ । 

यो कोष संसारभरका आदिवासी जनजातिहरूको मानव अधिकार प्रर्वद्धन गर्न संयुक्त राष्ट्रसंघले आयोजना गर्ने विभिन्न सभा र सम्मेलन, मानव अधिकार सम्बन्धी समिति र उपसमितिका बैठकहरूमा आदिवासीहरूको प्रतिनिधित्व र सहभागिताका लागि सहयोग पु¥याउने उद्देश्यले स्थापितभएको हो ।

प्रतिक्रिया