पहिचान यात्रा चौथो दिन पनि जारी

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२९ फागुन २०७१, शुक्रवार

ja4

फागुन ३०, काठमण्डौं जातिय ऐतिहासिकताको आधारमा राज्यपुनरसंरचना हुनुपर्ने, समानुपातिक समावेसी ब्यवस्था हुनुपर्ने लगायतका मुद्धाहरु नयाँ संविधानमा सुनिश्चित हुनुपर्ने भन्दै दबाब स्वरुप आदिवासी जनजातिहरुले पुर्वपश्चिम पहिचान यात्रा गरिरहेको छ ।

आदिवासी अगुवाहरु र पहिचानवादी दलका नेताहरुसहति बुधबारदेखि यात्रा थालेका उनिहरुले आज पनि विभिन्न स्थानमा सभा गर्दै यात्रा जारी राख्ने बताएका छन् । नेता आङकाजि शेर्पाका अनुसार आज पश्चिम धनगढीबाट आएको टोली बुटवलमा सभा गर्दै नवलपरासी प्रवेस गर्नेछ ।

jpg

त्यो टालीले भोलि कावासोतीमा कार्यक्रम गर्दै चितवनमा आएर यात्रा समापन गर्ने शेर्पाले बताउनु भयो  । यस्तै पुर्वबाट यात्रा गरिरहेको टोली आज सप्तकोसी तर्दै सिराहाको ल्हानानमा र सर्लाहीको लालबन्दिमा सभा गर्ने बताइएको छ । त्यो टोली भोलि बाराको निजगढ र मकवानपुरमा पहिचानसभा गरी काठमण्डौं फर्कने आदिवसाी जनजाति आन्दोलन नेपालले जनाएको छ । 

प्रतिक्रिया