समानुपातिक बन्द सूचि सार्वजनिक 

Admin
Admin२३ असोज २०७९, आइतवार
समानुपातिक बन्द सूचि सार्वजनिक 

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक  उम्मेद्वारहरुको बन्द सूचि सार्वजनिक गरेको छ । आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार राती समानुपातिक सूचि सार्वजनिक गरेको हो ।

राजनीतिक दलहरुले अशोज २ र ३ गते आयोगमा पेश गरेको बन्दसूचिमाथि अशोज १६ गते दलहरुले संशोधन गरे पछि अन्तिम रुप दिइएको प्रतिनिधिसभा तर्फको बन्द सूचि सार्वजनिक भएको हो ।  यसमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेद्वारी परेको छ । 

नेपालको संविधान अनुसार कुल ११० सदस्य समानुपातिक निर्वाचन प्रणाली मार्फत चुनिने छ । यो प्रणाली मार्फत उम्मेद्वारी दिँदा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेसमेतको ल्कस्टरबाट सम्बन्धित दलले प्राप्त गरेको मतका आधारमा निर्वाचन गर्ने गरिन्छ । 

बन्द सूचि हेर्नूहोस :

प्रतिक्रिया