खुल्ला अन्लाईन एकल शेर्पा नृत्य प्रतियोगिता सिजन २  सुरु

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस११ असोज २०७९, मङ्गलवार
 खुल्ला अन्लाईन एकल शेर्पा नृत्य प्रतियोगिता सिजन २  गर्ने

शेर्पा इभेन्ट अर्गनाइजरद्धारा खुल्ला अन्लाईन  एकल शेर्पा नृत्य प्रतियोगिता सिजन २ आयोजना गर्ने भएको छ । 

शेर्पा इभेन्ट अर्गनाइजरले शेर्पा जातिको हराउदै गइरहेको शेर्पा गीत संगीतहरुलाई संरक्षण तथा सम्बर्द्धन गर्ने, आधुनिक प्रबिधिको माध्यमबाट विस्वभर फैलिएर रहेको शेर्पा जातिहरुलालाई एकरुपता ल्याउने र युवा पुस्तामा शेर्पा गीत संगीत प्रति आकर्षण बढाउने, लुकेर रहेको प्रतिभा समेत उजागर गर्ने उदेश्यले खुल्ला अन्लाईन एकल शेर्पा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको  संंस्थाका अध्यक्ष मिङ्मार तेन्जिङ शेर्पाले बताउनुभयो।

खुल्ला अन्लाईन एकल शेर्पा नृत्य प्रतियोगिता सिजन १ सफलता पुर्बक सम्पन्न भएर सिजन २ मा प्रवेश गरेको हो। सिजन १ मा सय भन्दा बढी प्रतियोगीहरु उत्साहजनक उपस्थिति रहेको थियो। तिन राउन्डमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताले समाज,समुदाय र राष्ट्रको कला संस्कृति बिकासमा समेत सहयोग पुग्ने आशा लिएको साथै सम्पुर्ण जानकारी शेर्पा इभेन्ट अर्गनाइजरको अफिसियल पेजबाट प्रसारण गरिएको कार्यक्रम संमयोजक छिरिङ शेर्पाले बताउनुभयो।

भिडियो पठाउने प्रक्रिया viber तथा Whatsapp नम्बर (कार्यक्रम समयोजक)छिरिङ शेर्पा नम्बर : 9823367283 र (अध्यक्ष)मिङमार तेन्जिङ शेर्पा नम्बर : 9866468699 अथवा  [email protected] मा पठाउन सक्ने छ।

 

 

प्रतिक्रिया