लिम्बुवान किरात नामाकरण गर्न दवाव 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२८ असार २०७९, मङ्गलवार
लिम्बुवान किरात नामाकरण गर्न दवाव 

नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा गर्न आग्रह गरेको छ । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश नामाकरणका सवालमा पहिलोपटक आफनो धारणा सार्वजनिक गर्दै पहिचानको आधारमा नामाकरण नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

प्रदेश १ प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी गरेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति सरगर्मी बढेकै  बेला महासंघको ये धारणा आएको हो ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले एक विज्ञप्ति जारी गर्दै आदिवासी जनजातिको पहिचान विपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

विज्ञप्तिमा भनिएको छ– ‘आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्ता गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी आदिवासीय पहिचानविपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भएमा त्यसविरुद्ध नेपाल आदिवासी जनजाती महासंघले सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिन्छौं ।’

ऐतिहासिक थातथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी नामाकरण हुनुपर्नेमा त्यसविपरीत विभिन्न षडयन्त्र भइरहेको भन्दै महासंघले विज्ञप्तिमार्फत भत्सर्ना गरेको छ ।
प्रदेशको नामाकरण पहिचानको आधारमा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको महासंघले पहिचानका आधारमा नामाकरणका लागि सरोकारवाला सबै पक्षसँग अपिलसमेत गरेको छ ।
यसै साता मात्र विभिन्न राजनीतिक दल सम्बद्ध जातीय संस्थाहरुले लिम्बुवान किरात नामाकरण गर्न माग गर्दै एक पत्रकार सम्मेलन गरेका थिए । 

प्रतिक्रिया