स्थानिय तहको नेतृत्वमा लोपोन्मुख आदिवासी

डोल्मा शेर्पा
डोल्मा शेर्पा२५ जेठ २०७९, बुधवार
स्थानिय तहको नेतृत्वमा लोपोन्मुख आदिवासी

२०७९ बैशाख ३० गते सम्पन्न स्थानियतहको निर्वाचनबाट लोपोन्मूख तथा अतिसिमान्तकृत समुदायको समेत प्रतिनिधित्व भएको छ । स्थानीय तहको उपप्रमुख देखि वडा सदस्यसम्म समेटन सफल भएको छ ।

स्थानिय तहको निर्वाचनमा अतिसिमान्तकृत समुदायबाट पहिलो पटक गाउँपालिकाको उपाध्यक्षमा सन्थाल जातिको प्रतिनिधि छानिनु भएको छ । मोरङको जहदा गाउँपालिकाको उपाध्यक्षमा सन्थाल जातिकी हन्ना सोरेन निर्वाचित हुनुभएको छ । उहाँ नै स्थानीयतहको नेतृत्वमा पुग्ने पहिलो सन्थाल महिला हुनुहुन्छ । 

यसैगरी अतिसिमान्ताकृत आदिवासी सियार समुदायबाट गोर्खाको चुमनुव्री गाउँपालिकाको अध्यक्षमा सियार समाजका अध्यक्ष निमा लामा निर्वाचित हुनुभएको छ । सियार समुदायको बाक्लो बासोबास रहेको गोर्खाको चुमनुव्री गाउँपालिका ७ वटा वडा मध्ये ६ वटा वडामा सियार समुदायकै वडा अध्यक्ष  पदमा निर्वाचित भएका छन ।

समाचार अनुसार लोपोन्मुख आदिवासी लाप्चा समुदायबाट इलाम जिल्लाको रोङ गाउँपालिकाको वडा ४ अध्यक्षमा राजकुमार लाप्चा निर्वाचित हुनुभएको छ । त्यसरी नै रोङ गाउँपालिका वडा ५ को सदस्यमा कर्ण बहादुर लाप्चा निर्वाचित हुनुभएको छ । 

उदयपुरको कटारी नगरपालिका वडानम्बर ११ को वडा अध्यक्षमा अनन्तहायु निर्वाचित हुनु भएको छ । यसै गरी रामेछाप नगरपालिका वडा नम्बर ७ को वडा सदस्यमा रामबहादुर हायु, सिन्धुली कमलामाई नगरपालिका वडानम्बर ३ को सदस्यमा खेम बहादुर राई हायु, सिन्धुलीकै गोलन्जोर गाउँपालिका वडानम्बर ३ को वडा सदस्यमा लक्ष्मी हायु निर्वाचित हुनुभएको छ । 

२०७९ बैशाख ३० गते सम्पन्न स्थानियतहको निर्वाचनबाट लोपोन्मूख तथा अतिसिमान्तकृत समुदायको समेत प्रतिनिधित्व भएको छ । स्थानीय तहको उपप्रमुख देखि वडा सदस्यसम्म समेटन सफल भएको छ ।

अतिसिमान्तकृत आदिवासी माझी समुदायबाट स्थानिय तहको निर्वाचनमा राम्रो उपस्थिति रहेको छ । प्रदेश न. १ मोरङ जिल्लाको ग्रामथान गाउँपालिकाको वडा अध्यक्षमा वुद्धी नारायण माझी निवाचिर्त भएका छन भने सुनसरी जिल्लाको दुहवी नगरपालिकाको वडा १०को अध्यक्षमा तुलाराम माझी, मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा ७ को अध्यक्षमा मनोज कुमार माझी हुनुहुन्छ भने सुनसरी गढी गाउँपालिका वडा २ को अध्यक्षमा पूभाकार माझी चुनिनु भएको छ । यसैगरि दुहवी नगरपालिका वडा १०को अध्यक्षमा तुलाराम माझी निर्वाचित हुनुभएको छ ।

बागमती प्रदेशको सिन्धुली जिल्लाकै मरिण गाउँपालिकाको उपाध्यक्षमा विमला माझी र मरिण गाउँपालिकाका वडा ५ का अध्यक्षमा दिपक माझी र वडा ६ को अध्यक्षमा हर्कविर माझी निवार्चित हुनुभएको छ । सिन्धुली जिल्लाको दुधौली नगररपालिका वडा ३ अध्यक्षमा भद्र कुमारी माझी यसैगरि सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा ११ बाट पनि रामजी माझी निर्वाचित हुनुभएको छ र मकावनपुर जिल्लाको बागमती गाउँपालिका वडा न ४ मा पनि माझी समुदायबाट दन्तलाल माझी निर्वाचित हुनुभएको छ । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिकाबाट वडा अध्यक्षमा धनबहादुर माझी निवार्चित हुनुभएको छ । 

यसैगरि अतिसिमान्ताकृत आदिवासी दनुवार जातिबाट काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाको उपप्रमुखमा सुर्यमाया दनुवार निर्वाचितहुन ुभएको छ भने पाँचखाल नगरपालिका वडा १२को अध्यक्षमा ज्ञान बहादुर  दनुवार र सिन्धुपाल्चोक  इन्द्रावती गाउँपालिका वडा १२को अध्यक्षमा सुरेन्द्र बहादुर दनुवार निर्वाचित हुनुभएको छ । 

आदिवासी जनजातिको सुचिमा बर्गिकृत लोपउन्मुख समुहमा कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायू, राजी, किसान, लेप्चा, मेचे र कुशबाडिया रहेको छ । अतिसिमान्तकृत समुहबाट माझी, सियार, थामी, र दनुवारको केही जिल्लाका स्थानिय तहमा उपस्थिति रहेको भए पनि ल्होमी, थुदाम, धानुक, सतार, झाँगडा, बोटे समुदाय नेतृत्व तहमा कमजोर उपस्थिति रहेको देखिन्छ । 

आदिवासी बरामु समुदाय थातथलो गोर्खा जिल्लाको भिमसेन थापा गाउँपालिका वडा ५ को अध्यक्षमा होम बहादुर बरामु चुनिनुभएको छ । 

आदिवासी थामी समुदाय अतिसिमान्तकृत समुदाय हो । दोलखा जिल्लामा बाक्लो बसोवास रहेको यो समुदायबाट पनि स्थानिय तह निर्वाचनबाट विभिन्न वडाहरुमा जनप्रतिनिधिको रुपमा अगि आएका छन ।

दोलखा जिल्लाका कालिन्चोक गाउँपालिकाको वडा अध्यक्षमा पदमबहादुर थामी, यसैगरि भिमेश्वर नगरपालिकाका वडा १को अध्यक्षमा माधव थामी, विगु गाउँपालिकाको उपाध्यक्ष पदमा देविका थामी निर्वाचित हुनुभएको छ । भने विगु गाउँपालिकाका वडा ६को अध्यक्षमा टहल बहादुर थामी  र वडा ८ मा हिरा थामी निर्वाचित हुनुभएको छ । 

यसैगरि अतिसिमान्तकृत आदिवासी चेपाङ समुदायबाट पनि स्थानियतहमा राम्रो उपस्थिति रहेको देखिन्छ । आदिवासी जनजातिको सुचिमा बर्गिकृत लोपउन्मुख समुहमा कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायू, राजी, किसान, लेप्चा, मेचे र कुशबाडिया रहेको छ । अतिसिमान्तकृत समुहबाट माझी, सियार, थामी, र दनुवारको केही जिल्लाका स्थानिय तहमा उपस्थिति रहेको भए पनि ल्होमी, थुदाम, धानुक, सतार, झाँगडा, बोटे समुदाय नेतृत्व तहमा कमजोर उपस्थिति रहेको देखिन्छ । 

प्रतिक्रिया