आदिवासी जनजातिहरुको साझा संस्था नेपाल आदिवासी जनजाति महसंघको १० औँ महाधिबेशन सम्पन्न भएको छ । 
महाधिवेशनले गेल्जे लामा शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ । नेपााली कांग्रेस निकट मानिएका शेर्पाले माओवादी समर्थित भनिएका सोनाम लामा (वालुङ)लाई ८ मतले पराजित गर्दै ४४ मतसहित निर्वाचित हुनु भएको हो ।  खसेको ५३ मत मध्ये एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । 
पूर्वी नवलपरासीको नवलपुर, कावासोतीमा आयोजित महाधिवेशनमा नेपाली काँग्रेस र नेकपा एमाले बीच चुनावी गठबन्धन बनेको थियो । सो गठबन्धनबाट उम्मेद्धार बन्नु भएका नेकपा एमाले समर्थित दिवश राई महासविमा निर्वाचित हुनु भएको छ । राईले समाजबादी समर्थित सुखवीर थामीलाई पराजित गर्दै ३६ मतका साथ निर्वाचित हुनु भएको हो । थामीले १५ मत प्राप्त गर्नू भएको थियो । महासचिवको चुनावमा पनि दुई मत बदर भएको थियो । 
नेपाल आदिवासी जनजाति महासंघको विधान अनुसार महासंघमा आवद्ध ५६ जातीय संस्थाबाट एक संस्था एक मतका आधारमा मतदान गर्ने अधिकार राख्छन् । सबै जातीय संस्थाको समान मतभार हुन्छ । 
५६ आदिवासीका जातीय संस्था मध्ये ५३ वटा संस्थाले मात्र मतदानमा भाग लिएका थिए । 
अध्यक्ष र महासचिवमा निर्वाचन भए पनि अन्य पदहरुमा भने सर्वसम्मत नेतृत्व छनौट भएको थियो । महासचिवका उम्मेद्वार भनेर प्रचार गरिएका बुद्ध घर्ती भूजेललाई वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी निर्विरोध गरिएको थियो । अन्य सात उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उरावँ, क्षेत्र बहादुर थकाली, गंभीर सिंह भोटे, लाक्पा शेर्पा ढोक्पा, लहरु जिमी, श्रुती कुमाल निर्विरोध भएको घोषणा गरिएको थियो । 
त्यस्तै सचिबहरुमा मंगलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल, भद्र कुमारी बराम र उपमहासचिवमा रामकृष्ण लामा व्लोन निर्विरोध निर्वाचित हुनु भएको छ । 
यसरी नै कोषध्यक्षमा विमल सारु मगर र सहकोषध्यक्षमा रिदार नोसाङ भोटे निर्विरोध हुनु भएको छ । 
अधिवक्ता रामजी कोङरेनको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन समिति गठन भएको थियो । निर्वाचन समितिका अन्य सदस्यमा ज्ञानेन्द्र पुन, कैलाश गुरुङ, कृष्ण कुमारी शेरचन, जिएस गुरुङ र राजकुमार बोटे हुनु हुन्थ्यो । 
गृहमन्त्री वालकृष्ण खाणले उद्घाटन गर्नू भएको महाधिबेशन उद्घाटन समारोह तत्कालीन अध्यक्ष जगत बरामको अध्यक्षतामा भएको थियो । 
उद्घाटन सत्रमा संस्थापक महासचिब सुरेश आलेमगर, परशुराम तामाङ, वालकृष्ण माबोहाङ लगायतले बोल्नु भएको थियो । 
आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे शेर्पा निर्वाचित

इन्डिजिनियस भ्वाईस११ चैत २०७८, शुक्रवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
![नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ]() समाचार११ कार्तिक २०८२, सोमवारइन्डिजिनियस भ्वाईस समाचार११ कार्तिक २०८२, सोमवारइन्डिजिनियस भ्वाईस- नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
![“तामाङ भाषा” युट्युब च्यानलः प्रविधिमार्फत मातृभाषा सिकाइ]() समाज तथा संस्किृति५ कार्तिक २०८२, मङ्गलवारइन्डिजिनियस भ्वाईस समाज तथा संस्किृति५ कार्तिक २०८२, मङ्गलवारइन्डिजिनियस भ्वाईस- “तामाङ भाषा” युट्युब च्यानलः प्रविधिमार्फत मातृभाषा सिकाइ
धेरै पढिएको
![लिखुमा तितेमाछा लगायत जलचर लोप]() समाज तथा संस्किृति१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङ समाज तथा संस्किृति१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङ- लिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
![बेवास्तामा अल्पसंख्यक र सिमान्तकृत]() राजनीति२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईस राजनीति२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईस- बेवास्तामा अल्पसंख्यक र सिमान्तकृत


.png)

.png)
.png)


