पहिचानवादी दलहरुको काठमण्डौंमा बृहत जनप्रर्दशन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१७ फागुन २०७१, आइतवार
पहिचानवादी दलहरुको काठमण्डौंमा बृहत जनप्रर्दशन

फागुन—१६, काठमण्डौं । पहिचान पक्षधर ३० दलिय मोर्चाले शनिबार काठमण्डौंमा बृहत जनप्रदर्शनसहित आमसभा गरेको छ । प्रमुख प्रतिपक्षि दल एकिकृत नेकपा माओवादी, मधेसवावादी, संघिय समाजवादी र अन्य साना दलसहितकाले सहमतिय आधारमा नयाँ संविधान लेखनका लागि भन्दै दबाबमुलक आन्दोलन गरेको हो । 

देशभरका नेताकार्यकर्ताले शनिबार काठमण्डौंको खुल्लामन्च र आसपासका क्षेत्र भरिएको थियो । खुलामन्चमा हजारौ्रको संख्यामा जम्मा भएका उपस्थितीले पहिचानको पक्षमा आम जनता रहेको पुष्टि गरेको नेताहरले दावि गरेका छन् । दिउसो खुल्लामन्चमा सभा शुरुहुनु अघि राजधानिका विभिन्न स्थानबाट बिशाल जुलुसहरु निस्केका थिए । 

एमाओवादी लगायत अन्य दलका नेताहरुले नेतृत्व गरेको जुलुस खुलामन्चमा प्रवेस गरेपश्चात आदिवासी जनजाति, मधेसी, समुदायका साथै दलित समुदायकाहरुले भेषभुषा र बाजागाजासहितको झाँकि प्रस्तुत गरेका थिए । 

सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौं जनताको रगतको जगमा बनेको संविधानसभाले सहमतिय आधारमा संविधान बनाउन पाउँदैन भने अर्को विद्रोह मार्फत जनता आफैले संविधान जारी गर्ने चेतावनी दिनुभयो । एकल जातिय र एकात्मक शसन ब्यवस्थालाई अन्त्य गरी बहुजातिय र सबैको साझा समृद्ध नेपाल निमार्ण गरौं भन्दा जनतालाई अधिकार दिन नचाहने कांग्रेस र एमालेका नेताहरुले देश टुक्रन्छ भन्दै भ्रम फैलाउने काम गरिरहेको प्रचण्डको भनाई थियो । सभालाई एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई, संघिय समाजवादी पार्टिका अध्यक्ष अशोक राई, मधेसि जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष बिजयकुमार गच्छेदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टिक अध्यक्ष राजेन्द्र महतो, संघिय गाणतान्त्रिकका अध्यक्ष परशुराम तामाङ लगायतले सम्बोधन गर्नु भएको थियो । 

उहाँहरुले विगतमा भएका सहमति, सम्झौता, अन्तरिम संविधान र आदिवासी जनजाति, मधेसीलगायतसंग राज्यले गरेको सम्झौता र सहमतिका आधारमा नयाँ संविधान बनाएन भने कुनै पनि हालतमा नमान्ने चेतावनी दिनु भएको थियो । बहुमतको दम्बामा बहृमतिय प्रकृयामा प्रवेस गरेका सत्तापक्षिय दलहरुले अगाडि बडाएका सबै प्रकृया फिर्ता गरे मात्रै वार्तामा बस्ने नभए औचत्य नहुने भन्दै अर्को भिषण आन्दोलनको तयारीमा लाग्ने बताएका थिए । ३० दलिय मोर्चाको आन्दोलनलाई आदिवासी जनजाति आन्दोलन नेपालले पनि युवा शक्ति र झाँकिसहित एक्यबद्धता जनाएको थियो । कार्यक्रम आदिवासी अगुवा पाशाङ शेर्पा र खगेन्द्र माखिले सन्चालन गर्नु भएको थियो । Read more at: https://www.indigenousvoice.com/148.html

प्रतिक्रिया