फोनिज काठमाण्डौ शाखाको अध्यक्षमा शैलेस डंगोल

Admin
Admin२७ मंसिर २०७८, सोमवार
फोनिज काठमाण्डौ शाखाको अध्यक्षमा शैलेस डंगोल

नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा काठमाण्डौको अध्यक्षमा शैलेस डंगोल चयन भएका छन् ।

काठमाडौंमा सम्पन्न फोनिजको छैठौं जिल्ला अधिवेशनले डंगोलको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा सोनाम यान्छी शेर्पा, सचिवमा निशा तामाङ, सह–सचिव राम मगर, कोषाध्यक्षमा रजनी श्रेष्ठ चयन गरेको छ । यस्तै सदस्यहरुमा सरु श्रेष्ठ, भीम लामा, सुजन पाख्रिन, गीतु छन्त्याल, तेज किराँती, आङ्गेलु शेर्पा, मिङ्मा लामा र नितु डंगोल सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले बागमती प्रदेश महाधिवेशनका लागि १७ जना प्रतिनिधि समेत सर्वसम्मत चयन गरेको छ । राजेन्द्र मानन्धर, उदेन न्हुसामी मानन्धर, प्रविन महर्जन, श्याम राई, हरिश लामा, दिक बहादुर श्रेष्ठ, नेम्गेल मोक्तान, पासाङ शेर्पा, सरु श्रेष्ठ, अरविन्द्र मान सिंह, रसिया श्रेष्ठ, दिव्य रत्न महर्जन, सृजना मगर, मीनु तामाङ, लक्ष्मी श्रेष्ठ, रेजिना श्रेष्ठ र मिङ्मा यस श्रेष्ठ चयन भएका हुन् ।

प्रतिक्रिया