आदिवासी आन्दोलन नेपालले पुर्वपश्चिम पहिचान यात्रा गर्दै

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२६ फागुन २०७१, मङ्गलवार


फागुन २७, काठमण्डौं । देखि पहिचान सहितको संघियता, समानुपातिक समावेसी प्रतिनीधित्व लगायतका विषय नयाँ संविधानमा सुनिश्चत हुनुपर्ने माग गर्दै आएको आदिवासी जनजातिहरुले आज पुर्वपश्चिम पहिचान यात्रा शुरु गर्दैछन् ।

आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको अगुवाइमा पहिचान यात्रा गर्ने भएका हुन् । पुर्वको झापाको बिर्तामोड र पश्चिमको धनगढीबाट अहिल केहिबेरपछि एकैसाथ पहिचान यात्राको शुरुवात गरिने आन्दोलन नेपालका प्रबक्ता ओम गुरुङले जानकारी दिनुभयो । पुर्वको पहिचान यात्रमा एमाओवादी सचिव वर्षमान पुन, संघिय लिम्बुवानका खगेन्द्र माखिम, आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष पाशाङ शेर्पालगायतको उपस्थिती रहेको छ ।

यस्तै पश्चिमको धनगढीमा संघिय समाजवादीका अध्यक्ष अशोक राइ, आङकाजि शेर्पा, माओवादी नेता शुरेस आलेमगरलगायतले यात्रमा सहभागिता जनाउदै छन् । प्रबक्ता गुरुङका अनुसार पहिचान यात्राका क्रममा विभिन्न स्थानमा सभा आयोजना हुनेछन् । मोरङको उर्लाबारी, धरान, सर्लाहीको लालबन्दि, बुटवल, धनगढि, हेटौडामा पहिचान सभा गरिनेछ भने चितवनको नारायणगढमा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया