किराँत चुम्लुङको नवौ महाधिवेसन काठमण्डौंमा हुदै

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ फागुन २०७१, शुक्रवार

फागुन २३, काठमण्डौं । किरात याक्थुङ चुम्लुङको नवौं राष्ट्रिय महाधिवेशन शनिबारबाट काठमण्डौंमा शुरु हुदैछ । महाधिवेसनको शनिबार दिउँसो २ बजे चुम्लुङको कार्यालय ललितपुरको शोभाहिटीमा उद्घाटन हुने अध्यक्ष उत्तमसिं थाङ्देनले जानकारी दिनुभयो ।

उद्घाटन सत्र सुरु हुनुअघि ललितपुरको जावलाखेलबाट, लगनखेल हुँदै कार्यक्रम स्थलसम्म विभिन्न साँस्कृतिक झाँकीसहित ¥याली निकालिने अध्यक्ष थाङ्देनले बताउनु भयो । महाधिवेशनले संस्थाको भावी योजनाहरु तय गर्नुका साथै नयाँ कार्यसमिति पनि चयन गर्नेछ ।

भोलि र पर्सी हुने बन्दसत्रमा सांगठनिक, आर्थिक र भावी कार्यनीतिसम्बन्धी प्रतिवेदन पेश हुने अध्यक्ष थाङ्देनले बताउनुभयो । उहाँका अनुसार चुम्लुङमा हाल झण्डै २५ हजार सदस्य आबद्ध छन् ।

jpg

 

प्रतिक्रिया