महासंघको सहयोग आन्दोलन नेपाललाई

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१० फागुन २०७१, आइतवार

फागुन १०, काठमण्डौं ।

नेपालमा जारी आदिवासी जनजातिको आन्दोलनलाई विदशेका रहेका आदिवासी जनजाति संगठनहरुले आर्थिक एवं नैतिक सहयोग गर्दै आएका छन् । यसैक्रममा जापनमा रहेका आदिवासी जनजातिहरुले नेपालमा चलिरहेको आदिवासीको आन्दोलनलाई टेवा पुर्याउन आर्थिक सहयोग गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ जापनले आदिवासी आन्दोलन नेपालले घोषणा गरेको आन्दोलनका लागि आन्दोलन आर्थिक संकलन गरेर पठाएका हुन् । जापनका रहेका आदिवसाीहरुबाट संकलित ४ लाख ७० हजार रुपैयाँ नगद आज आन्दोलन नेपालका अध्यक्ष पद्मरत्न तुलाधरलाई हस्तान्तरण गरिएको छ ।
सो रकम सामाजिक लोकतान्त्रि पार्टिका नेता एवं जनजाति महासंघका पुर्व अध्यक्ष्य पासाङ शेर्पा मार्फत तुलाधरलाई हस्तारण गरिएको हो । 

japan

 

प्रतिक्रिया