स्थापना दिवसमा फोनिज संस्थापकहरु सम्मानित

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३० साउन २०७६, बिहिवार
स्थापना दिवसमा फोनिज संस्थापकहरु सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २०औ स्थापना दिवसका अवसरमा चार जना पत्रकारलाई राष्ट्रिय पत्रकारिता पुरस्कार र फोनिजको संस्थापकहरुलाई सम्मान गरिएको छ । 
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेहरुमा कौशल चेम्जोङ   (उदयपुर), राजबहादुर गुरुङ (पोखरा), गणेश राई (काठमाडौ) र शोभा श्रेष्ठ (काठमाडौ) हुनुहुन्छ । 

स्थापना दिवसमा आयोजित बिशेष समारोहमा उर्जा मन्त्री बर्षमान पुनले पुरस्कृत पत्रकारहरुलाई प्रमाण पत्र तथा नगद रकम हस्तान्तरण गर्नू भएको थियो । राष्टिय पत्रकारिता पुरस्कारको राशी जनही २० हजार रहेको छ । 

बिसं २०५६ साल साउन २७ गते जनजाति पत्रकार संघका नाममा पहिलो पटक आदिवासी जनजातिहरु एकै स्थानमा संगठित भएका थिए । यही संघलाई आदिवासी जनजाति पत्रकार महासंघमा परिबर्तन गरिएको थियो ।

यसरी नै कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, उपाध्यक्ष कुमार यात्रु, सचिब अजितमान तामाङ र सदस्य ध्यान बहादुर मोक्तानलाई सम्मान गरिएको थियो । बिसं २०५६ साल साउन २७ गते जनजाति पत्रकार संघका नाममा पहिलो पटक आदिवासी जनजातिहरु एकै स्थानमा संगठित भएका थिए । यही संघलाई आदिवासी जनजाति पत्रकार महासंघमा परिबर्तन गरिएको थियो । कार्यक्रममा अन्य संस्थापकहरु प्रदीप थापा मगर, चुन बहादुर गुरुङ, बसन्त महर्जनलगायतको भने त्यस अवसरमा उपस्थिति थिएन । 

सोही अवसरमा मोहन सिंह लामा र खिम घले नेर्तत्वको फोनिज निवर्तमान कार्य समितिका अध्यक्ष तथा पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो । 

प्रतिक्रिया