आरक्षण विरुद्ध धर्नामा बसेका १४ जना प्रक्राउ 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२७ साउन २०७६, सोमवार
आरक्षण विरुद्ध धर्नामा बसेका १४ जना प्रक्राउ 

नेपालका आदिवासी जनजातिहरुको छातासंस्था नेपाल आदिवासी जनजाति महासंघको अगुवाईमा लोकसेवा आयोगले स्थानीयतहमा कर्मचारी भर्नाका लागि गरेको विज्ञापन विरुद्ध गरेको आन्दोलनका क्रममा १४ भन्दावढीलाई प्रहरीले प्रक्राउ गरेको छ । 

आरक्षण बचाऔ आन्दोलनले पुर्वघोषित कार्यक्रम अनुसार आइतबार सिंहदरबार अगाडी धर्ना दिएको थियो । भने आगामी साउन २९ र ३० गते काठमाडौं उपत्यकामा प्रधानमन्त्री निवास र सबै प्रदेशमा मुख्यमन्त्री निवासमा धर्ना दिने कार्यक्रम राखेको जनाएको छ । 

आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित लगायतका पिछाडिएका समुदायहरुले संयुक्त रुपमा लोकसेवा आयोगले संविधानको व्यवस्था विपरित आरक्षण कोटा वेवस्ता गरी स्थानीय तहमा ९ हजार १६१ जना कर्मचारी भर्नाको विज्ञापन निकालेपछि निरन्तररुपमा आन्दोलन गर्दै आइरहेका छन् । 

यसअघि उनीहरुले राँके जुलुस, सिठी जुलुस, विविधखाले प्रर्दशनहरु प्रस्तुत गर्दै लोकसेवा आयोगको असंवैधानिक कदमप्रति विरोध गर्दै आइरहेका छन् । 

प्रस्तुत छ, इन्डिजिनियस टेलिभिजनले आईतबार काठमाडौंमा भएको आन्दोलनमा भएको प्रहरी हस्तक्षेप सम्बन्धी रिपोर्ट । 


 

 

प्रतिक्रिया