मातृभाषा माथि चरम विभेद छः अमरेश नारायण झा, भाषा संघर्ष समिति 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२ असार २०७६, सोमवार
मातृभाषा माथि चरम विभेद छः अमरेश नारायण झा, भाषा संघर्ष समिति 

अमरेश नारायण झा भाषा संघर्ष समितिका संयोजक हुुनहुन्छ । नेपालमा बोलिने मातृ भाषालाई सरकारी कामकाजको भाषा बनाउने अभियानमा बिगत २० बर्ष देखि लागि रहनु भएका झा यस मुद्धाको सान्दर्भिकता अझै रहेको मात्र नभएर अरु बढेर गएको बताउनु हुन्छ । हाम्रा सहकर्मी श्रीकृष्ण महर्जनले इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा लिइएको अन्तर्बार्ताको पाठ्य रुपान्तरणको सार संक्षेप :

 

२० वर्ष अगाडि सर्वोच्च अदालतले काठमाडौ महानगरपालिका, धनुष जिल्ला विकास समिति, राजविराज नगरपालिकामा मतृभाषा प्रयोग गरेको विरोधमा फैसला गरेको भन्दै जेठ १८लाई कालो दिनको रुपमा मनाउँनु हुन्छ । मुलूक धेरै परिवर्तन भईसकेको छ, र नयाँ संविधान आईसकेको छ ।  अहिले पनि कालो दिवस मनाउँनुको कुनै कारण छ ? 


२०५६ साल जेठ १८ गते सवोच्चबाट यो आदेश भएको हो । यसको बिरोधमा जेठ १८ लाई कालो दिनको रुपमा मनाउँछौ । बहुभाषिक मुलुकमा जहाँ सबैलाई हटाएर एउटा भाषाको मात्र प्रयोग गर्ने प्रचलन भयो, यसको बिरोधमा हाम्रो अभियान हो । यो इतिहासको कुरा पनि हो ।

इतिहासको कुरालाई सम्झेर अहिले आएर यसलाई कालो दिवसको रुपमा मनाउन हुन्छ त ?

त्यसपछि अन्तिरम संविधानमा सबैभाषालाई राष्ट्रिय  भाषा भनियो, राष्ट्रिय  भाषा भईसकेपछि हाम्रो भनाई के थियो भने हाम्रो अन्य मातृभाषालाई पनि कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउनु पर्यो यो हाम्रो राज्यसंग माग थियो । २०७२ सालको संविधान आउँदा राष्ट्रभाषा त सबै राष्ट्रभाषा तर फेरी कामकाजी भाषामा एउटै भाषालाई मात्र मान्यता दिने गरी आयो । जुन देवनागिरि लिपीमा लेखिएको अरु भाषा प्रदेश या स्थानिय तहमा बाहुल्यता रहेको भाषालाई कामकाजी  प्रयोगमा ल्याउन सक्ने भनियो ।

२०७२ सालको संविधान आउँदा राष्ट्रभाषा त सबै राष्ट्रभाषा तर फेरी कामकाजी भाषामा एउटै भाषालाई मात्र मान्यता दिने गरी आयो । जुन देवनागिरि लिपीमा लेखिएको अरु भाषा प्रदेश या स्थानिय तहमा बाहुल्यता रहेको भाषालाई कामकाजी  प्रयोगमा ल्याउन सक्ने भनियो ।

यहीवाट विभेद सुरु भयो । त्यसको लागि संविधानले एउटा भाषिक आयोग गठन गर्ने भनेको छ । आंशिक पनि गठन भएको छ । त्यो आयोगले जुन संरचना वनाउँछ । त्यस हिसाबवाट अन्य भाषाको प्रयोग गर्ने भनिएको छ । त्यो आयोग कहाँ छ ? के गर्दे छ ? दुईवर्ष भयो के गर्देछ ? हामी सरोकारवालाई केही जानकारी छैन । यो  एक भाषा बाहेक अर्को भाषा नल्याउने खेल देखियो । 

यसैले मातृभाषालाई संरक्षण गर्नु छ भने फेरी पहिलाको जस्तै तरिकावाट आन्दोलनलाई अगाडि नबढाएसम्म हामीले आसा गरेको मातृभाषाको विकास हुने छैन । यही भएर फेरि आन्दोलनको सुरुवात गरेका हौ । 

अहिले स्थानिय तहमा मातृभाषाको प्रयोगका लागि कतै रोकिएको छैन । 

केन्द्रमा एउटा भाषालाई सरकारी कामकाजी भाषाको रुपमा तोकिए पछि त्यसरी नै प्रदेशमा किन  नतोकिएको ? यदी संविधान निर्माताको नियत ठिक भएकबो भए प्रदेश न. १ मा लिम्बु भाषा लगायत अन्य बाहुल्यता भएको भाषा तोक्न सकिन्थ्यो ।

अहिले सातै प्रदेशमा नेपाली बाहेकको भाषा प्रचलनमा छैन । उहाँहरुको  सोच के छ भने कुनै पनि हालतमा अन्य मातृभाषालाई सरकारी कामकाजी भाषामा आउँन नदिने यो प्रपन्च हो । नेपाल जस्तो देशमा जहाँ १२३ भाषा मध्ये १०० वटा भाषा त प्रयोगमै छ ।  

यसो भए प्रदेशमा सरकारी कामकाजको भाषामा नेपाली खसबाहेक अन्य त्यहा बोलिने मातृभाषाको पनि कामकाजको भाषामा आउनु पर्छ भन्ने तपाँईहरुको मुद्धा हो ।

यो संवैधानिक व्यवस्था हुनु प¥यो  । संबैधानिक व्यवस्था भईदिएको भए अरु भाषा पनि अघि बढथ्यो । नेपाली भाषालाई अगाडि बढाउन संविधानमा व्यबस्था हुने तर अरु मातृभाषा तामाङ, नोवार, मैथेली लगायतका भाषाका सम्बन्धमा कुनै व्यबस्था नहुनु एकल जाति,  एकल भाषी राज्य कायम गरि राख्ने षडयन्त्र नै हो । 

स्थानिय तहमा त गर्न सकिन्छ त स्थानिय तहको मुद्धा तपाईहरुको सकिएको हो ?

हैन सकिएको छैन । हाम्रो भनाई केन्द्रमा भाषा सम्बन्धि जुन व्यवस्था छ । त्यस्तो व्यवस्था प्रदेशमा किन नगर्ने ? केन्द्रमा एउटा भाषाको लागि प्रज्ञा प्रतिष्ठनलाई छुट्याउने, प्रदेशमा किन नहुने ? बहुभाषिक नीति अवलम्बन गर्नुस आज संसारमा प्रमाणित भैसकेको छ कि मातृभाषावाट अध्ययन, शिक्षा लिन सके त्यहाँको विकासमा तिव्रता आउन छ । 

अहिले सातै प्रदेशमा नेपाली बाहेकको भाषा प्रचलनमा छैन । उहाँहरुको  सोच के छ भने कुनै पनि हालतमा अन्य मातृभाषालाई सरकारी कामकाजी भाषामा आउँन नदिने यो प्रपन्च हो । नेपाल जस्तो देशमा जहाँ १२३ भाषा मध्ये १०० वटा भाषा त प्रयोगमै छ ।  

सामाजिक विकास, आर्थिक विकास हरेक विकासमा कुञ्जी हो त्यहाँवाट सम्भव छ हामी अगाडि वढन त्यो व्याख्या हुदै गर्द एउटै भाषालाई मात्र किन प्रचलनमा ल्याउने ? लोकसेवा आयोगमा हेर्ने हो भने ९५ प्रतिशत कर्मचारी नेपाली भाषी उतीर्ण हुन्छन् । 

स्थानिय तहको कुरा वताइदिनुसन स्थानिय सरकारमा अव के हुनुपर्दछ  ?

स्थानिय तहमा सरकारले नियम नबनाएसम्म त्यसको लागि बजेट नछुटाएसम्म  स्थानीय तहमा भाषाको प्रयोग होला जस्तो लाग्दैन । 

मातृभाषावाट शिक्षा दिन वा लिन त कतै रोकिएको छैन । 

सरकारले कसरी विभेद गरिराखेको छ  । हामीले बिद्यालय आफै संचालन गर्न सक्दैनौ । तर सरकारले एक भाषाको लागि खर्च गरिरहेको छ ।  हामीले आफ्नो मातृभाषाको लागि आफै खर्च गरेर बिद्यालय चलाउनु पर्ने अरे, यो विभेद नै हो । देशमा एउटै जातिले मात्र कर दिएको हो र ?

एउटा भाषाको लागि करोडौँ रुपियाँ खर्च गर्ने तर मातृभाषालाई आफ्नो स्रोतवाट बिद्यालय खोल भन्नु कतिको जायज कुरा हो ? 

यहाँ भाषामा विविधता छ । २० प्रतिशत धेरै संख्यामा मातृभाषा बोल्ने र १ प्रतिशत भाषाबोल्ने बीचको समानता कसरी सम्भव होला ? 

सम्भव छ । मातृभाषाका लागि एउटा वडाका लागि व्यवस्था गरिदिन सकिन्छ । व्याकरण व्यवस्थाको लागि ५ लाख दियो भने त्यो समुदायको व्याकरण बन्छ । कुनै भाषाको लागि करोडमा पनि खर्च गर्नु पर्ने होला । जसरी अहिले खालि नेपाली भाषाको लागि प्रज्ञा प्रतिष्ठान जस्तो ठूलो संस्थाका लागि खर्च गरिएको छ त्यस्तो चाहिन्न । 

अधिकार कुरा गर्दा गर्देै दायित्वको पनि कुरा आउँछ नि ? 

दायित्व हामीले पुरा गरेका छौ तपाँईले अहिले सम्म एउटा मातृभाषिले अधिकार पाएन भनेर कर नतिर्ने भनेको सुन्नुभएको छ ? तर भोलि यही रवैया रहने हो भने कर नतिर्ने समय पनि आउन सक्छ ।  यो हाम्रो अधिकारको कुरा हो । हामी आफै विकास गर्छौ, वडामा तिर्ने कर हामी आफै लिएर भाषाको विकास गर्छौ भन्न सक्छौ । सरकारले जनताको इच्छा पुरा गर्न सक्दैन भने जनताबाट कर लिन हुँदेन । हाम्रो करवाट यो देश चलेको हो, कसैको कृपामा यो देश चलेको होइन ।

राज्यले गरेन, संबिधानले दिएन, सरकारले गरेन भनी रहँदा मातृभाषी समुदाय जसले आफुले गर्न सक्ने कुरा कमसेकम आफ्नो परिवारमा त भाषाको प्रयोग गर्न सकिन्थ्यो नि, त्यो पनि हुन छोडेको छ । 

राज्यले गरेन, संबिधानले दिएन, सरकारले गरेन भनी रहँदा मातृभाषी समुदाय जसले आफुले गर्न सक्ने कुरा कमसेकम आफ्नो परिवारमा त भाषाको प्रयोग गर्न सकिन्थ्यो नि, त्यो पनि हुन छोडेको छ । 

जब समाज कमजोर हुन्छ, त्यति बेला अरु चिजको विकास भएको हुन्छ तर यहाँ त के छ भने पहिले बाटै नेपाली बोल्नु पर्ने रहेको छ । नेपाली बोल्ने मात्र देशको नागरिक र नेपाली नबोल्नेहरु अनागरिकको दर्जा दिने गरिन्छ । 

आफ्नो मातृभाषालाईे संरक्षण गर्ने  हाम्रो दायित्व हो । यसको वचाउँ हामीले गर्नु पर्छ । हामीले आफ्नो मातृभाषा बोलेनौ भने पकैपनि नास हुँदै जान्छ । तर सरकार भने यसवाट पन्छीनु हुदैन ।  तर म भन्न सक्छु मातृभाषा बोल्नु गर्वको कुरा हो । म जुन समुदायको छु उसको आफ्नो पहिचान  छ । यसको मतलब उसको आफ्नो संस्कृति छ  । उसको आफ्नो सभ्यता छ, आफ्नो भुमि छ । यो गर्वको कुरा हो । 

समाजमा आफ्नो भाषा बोल्नेलाई अज्ञानी  र अबुझको संज्ञा दिइन्छ । जब कुनै चिजलाई तपाँई हेला गर्दै गर्दै जानुहुन्छ भने परिणाम पनि फरक निस्कन्छ । त्यो देशको लागि उत्पादक हुँदैन । त्यो देशको लागि हानिकारक हुन्छ । 

प्रतिक्रिया