माओवादी जनमुक्ति सेनाका अगुवाहरुले आफुहरु माथि विश्वासघात भएको टिप्पणी गरेका छन् । जनमुक्ति सेना स्थापना दिवसको अवसर पारेर राजधानीमा योङ एक पत्रकार सम्ममेलनको आयोजना गर्दै आफुहरु माथि नेतृत्वले धोका दिएको र विश्वासघात भएको दावी गरेको छन् ।
तत्कालीन माओवादी सुप्रिमो पुष्पकमल दहाल प्रद्धण्डले माओवादी पार्टी बिघटन गर्दै नयाँ समीकरणमा नेपाली कम्युनिष्ट पार्टीको गठन गरे पछि जनमुक्ति सेनाका तत्कालीन कमाण्डरहरुले यो टिप्पणी गरेका हुन् ।
पूर्व जनमुक्ति सेनाको सातौं डिभिजन मार्फत युद्धको क्रममा गर्दा घाइते भएका पुर्व लडाकु नविन पुनले आफुहरुले नयाँ नेपालको सपना देखेका भए पनि गाउँका गरिब किसान, दलित, आदिवासी जनजाति, श्रमिक, युवायुवतीले रगत, पसिना, आँसु र बलिदान दिएको बताउनु भयो ।
अर्का जनमुक्ति सेना आलोक लिम्बुले परिवर्तनका लागीे बन्दुक बोकेको स्मरण गर्दै अगाडि भन्नु भयो ‘कसैले खाना पकायौं, कसैले रात–रातभर पहरा दियौं, परिवर्तनको आशामा हामीले सयौं युद्धहरुमा क्रान्तिकारी योद्धाहरुको ढलेको लास बोकेर नयाँ नेपाल ल्याउने प्रतिवद्धता गरेका थियौं तर हाम्रा नेतृत्वहरुको सत्ता लिप्साले क्रान्तिलाई असफल बनाए ।’
‘क्रान्तिका नायक प्रचण्ड–पुष्पकमल दाहाल हुनुहुन्छ । पटक पटक प्रधानमन्त्री हुनु भयो । शक्तिको केन्द्रमा हुनुहुन्छ । तर आज हिजोको प्रतिज्ञा राज्यको दलदलमा फसेको छ ।’ उहाँको टिप्प्णी थियो ।
‘बाबुराम भट्टराई क्रान्तिको बाटोबाट हटेर उदारवादको प्रवक्त्ता हुँदै क्रान्तिका पिडाहरु नसुन्ने बहिरा हुनु भयो’ उहाँले थप्नु भयो –‘आज हामी पूर्व लडाकुहरु क्रान्तिका नेतृत्वहरुलाई प्रश्न गर्ने अवस्थामा पुगेका छौं । सिंहदरबार छिरेसंगै नेताहरूले जनमुक्ति सेनाका लडाकुहरूलाई गरिबी, बेरोजगारी, दुःखमा छाडेर क्रान्ति बिर्सिएका छन् ।’
अर्का वक्त्ता समान–नेपालका प्रवक्त्ता आरके तामाङले नेपाली कम्युनिष्ट आन्दोलनको अनुभव विश्वका अन्यत्रसंग मेल खाने बताउनु भयो । बोलिभियाको पूर्व उपराष्ट्रिपति अल्भारो गार्सिया लिनेराको भनाइ उद्धित गर्दै तामाङले भन्नुभयो, ‘हिजो विद्रोही भाषणबाट गरिव किसानहरुलाई मोहित बनाउने कम्युनिष्ट नेताहरु आज निजी कम्पनी तथा एनजिओका मालिक बनेर आत्माविहिन भएका छन र एक विशाल ऐतिहासिक धोकाको प्रतीक भएका छन् ।’्
योङ इन्डिजिनिष्ट लिगका कमाण्डर सनम लिम्बुले आफुहरु दुखद इतिहास प्रति दोषारोपणको लागि भन्दा पनि हिजो विद्रोहमा बलिदान र समर्पन गर्ने क्रान्तिकारीहरू प्रति नेतृत्वहरुलाई जिम्मेवार बनाउन लागि परेको बताउनु भयो । कमाण्डर लिम्बुले भनाइमा ‘जनयुद्ध असफल भएको होइन, असफल पारिएको हो जसका कारण हिजोका क्रान्तिकारी नेतृत्वहरुले जेन जी विद्रोहको दौरान कुटाइ खानु प¥यो ।’
कार्यक्रममा पुर्व नेपाली सेना कविन तामाङले भने नेताहरुको व्यक्तिगत स्वर्थकोलागि हामी दाजुभाइहरुलाई लडाउने काम भएकोमा दिक्दारी व्यक्त गर्नू भयो । कार्यक्रममा द्वन्द्व पिडित मानबहादुर शाही लगायतले जनुद्धले आफुहरु र आफ्ना सपनाहरुलाई धोका दिएको बताउनु भयो ।






.png)


