३ नम्बर प्रदेशको नामाकरण  नेवाः तामसालिङ प्रस्ताव पारित हुने दाबी 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२६ जेठ २०७६, आइतवार
३ नम्बर प्रदेशको नामाकरण  नेवाः तामसालिङ प्रस्ताव पारित हुने दाबी 

समाचारदाता 

काठमाडौं, २४ जेठ, २०७६

३ नम्बर प्रदेशलाई नेवाः–तामसालिङ नामाकरणको प्रस्ताव दर्ता गरेका प्रदेशसभा सदस्यहरुले आफनो प्रस्ताव पारित हुने दावी गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उहाँहरुले आफ्नो प्रस्ताव पारित हुने र प्रदेशको नाम नेवाः–तामसालिङ रहने दावी गर्नू भएको छ ।  

प्रदेशसभा सदस्यहरु ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठ प्रस्तावक र रत्नप्रसाद ढकाल, सीता अधिकारी र प्रेमबहादुर तामाङ समर्थक रहेर नेवाः ताम्सालिङ नामाकारण गर्न जेठ ९ गते प्रदेश सभामा प्रस्ताव दता गर्नू भएको थियो । अहिलेसम्म प्रदेश ३ को नाम नेवाः–ताम्सालिङ, नेपाल मण्डल र गौरीशंकर राख्न माग गर्दै प्रदेशसभा सदस्यहरुले तीनवटा प्रस्ताव दर्ता गर्नू भएको छ । 

पत्रकार सम्मेलनमा नेवाः–तामसालिङको प्रस्तावक र समर्थकहरुले आफनो प्रस्ताव नै सबैभन्दा बढी वैज्ञानिक र व्यवाहारिक भएको दावी गर्दै पारित हुने दावी गर्नू भएको थियो । प्रदेशसभा सदस्य रत्न ढकालले नेवाः तामसालिङ जस्ता एजेण्डाबाटै नेपालमा गणतन्त्र लगायतका परिवर्तन आएकाले आफूहरुको प्रस्ताव सहि रहेको दावी गर्नु भयो ।  

‘संघीयता त धेरै देशमा अभ्यास भएकै छन् । हामीले भनेको संघीयता पहिचान सहितको हो । वागमती, पशुपतिनाथ, स्वयम्भुनाथको आफ्नै पहिचान छन्, तीनको पहिचान स्थापित गर्नुपर्दैन’,

‘संघीयता त धेरै देशमा अभ्यास भएकै छन् । हामीले भनेको संघीयता पहिचान सहितको हो । वागमती, पशुपतिनाथ, स्वयम्भुनाथको आफ्नै पहिचान छन्, तीनको पहिचान स्थापित गर्नुपर्दैन’, साँसद ढकालले भन्नु भयो  ‘नेवाः तामसालिङको आधार बनाएर नेपालमा गणतन्त्र आएको हो । यसको आधार र यो प्रदेशमा रहेका उत्पीडित समुदाय १७ प्रतिशत नेवाः र २० प्रतिशतको पहिचान र भूगोलको सभ्यताका लागि पनि यो प्रदेशको नाम नेवाः–तामसालिङ राखिनुपर्दछ ।’ 

प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले आफूहरुले दर्ता गरेको प्रस्ताव दर्ताका लागि दर्तामात्र नभएर पास हुने दावी गर्नू भयो । आदिवासी जनजातिको बाहुल्य रहेको यो प्रदेशमा नेवाः र तामाङको बाहुल्यता रहेको भन्दै श्रेष्ठले  जनस्तरमा निरन्तर उठ्दै आएको मागको सम्बोधन पनि प्रदेशको नाम नेवाः–ताम्सालिङ राखे बाट हुन्छ भन्नु भयो ।  

आदिवासी जनजातिको बाहुल्य रहेको यो प्रदेशमा नेवाः र तामाङको बाहुल्यता रहेको भन्दै श्रेष्ठले  जनस्तरमा निरन्तर उठ्दै आएको मागको सम्बोधन पनि प्रदेशको नाम नेवाः–ताम्सालिङ राखे बाट हुन्छ भन्नु भयो ।  

प्रस्तावको समर्थक रहनुभएकी प्रदेशसभा सदस्य सीता अधिकारीले ऐतिहासिक सभ्यता नेवाः र तामाङ समुदाय रहेको भन्दै पहिचानमा आधारित नामाकरण गरेर अघि बढ्न सबैमा आव्हान गर्नु भयो । नेवाः तामसालिङ संघर्ष समितिको व्यवस्थापनमा आयोजित पत्रकार सम्मेलनमा सत्तारुढ् नेकपाका केन्द्रीय नेता र नेवाः तामसालिङ संघर्ष समितिका नेताहरुको समेत सहभागिता रहेको थियो ।

 

प्रदेशसभामा दर्ता गरिएको प्रस्तावको पूर्ण पाठ

 

मितिः २०७५।०२।०९ गते 

 

मा. सभामुखज्यू,

प्रदेश सभा, ३ नं. प्रदेश हेटौंडा, 

मकवानपुर ।

विषयः प्रस्ताव सम्बन्धमा ।

सभामुखज्यू,

नेपालको संविधानको धारा २९५ को उपधारा (२) तथा प्रदेश नम्बर तीनको प्रदेश सभा नियमावली, २०७४ को परिच्छेद १०, नियम ६१ र ६८ को अधिनमा रहि तीन नं. प्रदेशको नामाकरणको सम्बन्धमा प्रदेश सभासमक्ष हामी तपसिल बमोजिमका प्रदेश सभा सदस्यहरु निम्न बमोजिमको प्रस्ताव प्रस्तुत गर्दछौं :

प्रस्ताव : यस ३ नं. प्रदेशको नाम ‘नेवाः ताम्सालिङ’ प्रदेश राखियोस् । 

आधार र कारण :  

१) पहिलो संविधान सभाद्धारा सर्वसम्मतिले पारित तथा दोस्रो संविधानसभाद्धारा संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुर्नसंरचना गर्दा ‘पहिचान र सामथ्र्य’लाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्दै,

२)  दोस्रो संविधानसभाको निर्वाचनमा प्रमुख दलहरुले पहिलो संविधानसभाद्धारा दिइएको उपरोक्त म्याण्डेटलाई आधार बनाउदै आफ्नो घोषणापत्रमार्फत् ‘पहिचान पनि भेटिने, द्धन्द पनि मेटिने’, ‘बहुपहिचान’ तथा ‘पहिचानसहितको संघीयता’ को नारा लगाएको र उक्त नारालाई नेपाली जनताले अत्याधिक बहुमतका साथ निर्वाचनमा मत जाहेर गरी अनुमोदन गरेको तथ्यलाई स्मरण गर्दै गराउर्दै, 

३)  दोस्रो संविधानसभाले पहिलो संविधानसभाको उपरोक्त म्याण्डेट बमोजिम नेपालको संघीय संरचनाको निर्माण गर्दा बहुपहिचानलाई जोड्दै यथासम्भव समुदायगत बाहुल्य भूगोल वा क्षेत्रलाई मिलाएर नै ७ प्रदेशको संरचना गरिएको तथ्यलाई मनन् गर्दै, 

४)  सो बमोजिम मुल तः नेवार र तामाङ समुदायको मुख्य बाहुल्य एवं साँस्कृतिक भूगोल तथा ऐतिहासिक क्षेत्र मिलाएर ३ नं. प्रदेशको संरचना गरिएको तथ्यलाई स्वीकार गर्दै, 

५)  हाम्रा दक्षिणपट्टिका छिमेकी देश भारतमा अधिकांश राज्यहरु भाषिक, जातीय तथा ऐतिहासिक, सांस्कृतिक आधारमा राज्य, प्रदेश र स्वायत्त क्षेत्रको सिमांकन र नामांकन गरिएको, हाम्रा अर्का उत्तरी छिमेकी देश चीनले अल्पसंख्यकहरुको भूगोल र जातीय पहिचानलाई मान्यता दिएर स्वायत्त प्रदेशहरु बनाएको र संयुक्तराज्य अमेरिकामा पचाश प्रतिशतभन्दा बढि राज्यहरुको नामांकन त्यहाँको आदिवासी समुदायको जातीय पहिचानको आधारमा राखिएको अन्तर्राष्ट्रिय अनुभव र अभ्याशलाई मध्यनजर राख्दै,

६) अन्तर्राष्ट्रिय मानवअधिकार कानुन, आदिवासीजातिको अधिकारसम्बन्धी राष्ट्रसंघीय घोषणापत्र, अल्पसंख्यकको राष्टसंघीय घोषणापत्र मार्फत् अन्तर्राष्ट्रिय समुदायद्धारा बहुजातीय देशमा शान्ति, विकास र स्थायीत्वका लागि जातीय, क्षेत्रीय, लिगींय तथा वर्गीय विभेदको अन्त्य गर्न आदिवासी तथा अल्पसंख्यक समुदायका पहिचानलाई सम्मान गर्नुपर्ने र स्वायत्त शासन प्रदान गरेर राज्यको मुलधारमा ल्याउनुपर्ने स्थापित मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै,

७)  यस प्रदेशका मुख्य बाहुल्य एवं ऐतिहासिक समुदायहरु नेवार र तामाङ समुदायलगायतले ३ नं. प्रदेशको नाम ‘नेवाः ताम्सालिङ’ नै राख्न लामो समयदेखि माग तथा संघर्ष गरिरहेको सन्दर्भलाई समेत पुनः स्मरण गर्दै गराउँदै,

८)  देशका सबै सँस्कृति, सभ्यता र तिन्को पहिचानलाई सम्मानकासाथ मुख्य त बहुपहिचानसहितको संघीयता स्थापनाद्धारा नेपालका विभिन्न सभ्यताहरुको संम्मान गर्दै संघीयतालाई मजबुत (बलियो) बनाउन तथा नेपालको विभिन्न सभ्यताहरुको संरक्षण र प्रबद्र्धन गर्दा मात्र देशको विविधताको रक्षा गर्न र समुन्नति सम्भव हुने कुरालाई आत्मसात् गर्दै, 

९) संविधानसभाद्धारा स्थापित पहिचान र सामथ्र्यको आधारमा राज्यको संरचना गर्ने सिद्धान्त, अन्तर्राष्ट्रिय प्रचलन र अभ्याश तथा यस प्रदेशका बाहुल्य एवं ऐतिहासिक साँस्कृतिक समुदायको माग समेतलाई सम्बोधन गर्न र हाम्रो संविधानको धारा ५६(६) द्धारा प्रदत्त बहुलता र समानतामा आधारित समतामूलक समाज, समाबेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने छन् भन्ने कुराको प्रत्याभूति दिलाउन आवश्यक भएकाले ३ नं. प्रदेशको नामाकरण ‘नेवाः ताम्सालिङ’ राख्न प्रस्ताव गर्दछौं । 

 

प्रस्तावक : मा. सांसद ओमबहादुर घलान । 

मा. सांसद प्रतिमा श्रेष्ठ । 

समर्थक :  मा. सांसद रत्न ढकाल । 

    मा. सीता अधिकारी । 

मा. प्रेमबहादुर तामाङ ।

प्रतिक्रिया