संविधान संशोधन गर्न आदिवासी जनजाति आयोगको सिफारिस

तेज किराती (नाछिरिङ राई)
तेज किराती (नाछिरिङ राई)२६ असोज २०७८, मङ्गलवार
संविधान संशोधन गर्न आदिवासी जनजाति आयोगको सिफारिस

आदिवासी जनजातिहरुको संबैधानिक निकाय आदिवासी जनजाति आयोगले समाबेशी र समानुपातिक प्रतिनिधिको सुनिश्चित गराउन संविधान संशोधन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । 

आयोगमा पदाधिकारीहरुको नियुक्ति भए पछि पहिलो पटक आयोगले आफनो बार्षिक प्रतिवेदन मार्फत यस्तो सिफारिस गरेको हो । सो प्रतिवेदन राष्ट्रपति बिद्यादेवी भण्डारीलाई आयोगका अध्यक्ष राम बहादुर थापाले हस्तान्तरण गरिसक्नु भएको छ । 

संबैधानिक प्रक्रिया अनुसार यो प्रतिबेदन प्रतिनिधि सभा र राष्टिय सभामा प्रस्तुत हुने छ र दुबै संंसदमा आवश्यकता अनुसार छलफलको विषय बन्न सक्ने छ । 

संविधान संशोधनमा जोड

आदिवासी जनजाति आयोगले २२ बुँदामा आदिवासीका सरोकारहरु प्रस्तुत गरेको छ । त्यस मध्ये चार वटा बुँदामा बिद्यमान संविधान संसोधन गर्नू पर्नेमा जोड दिइएको छ । प्रतिबेदन अनुसार कार्यपालिका, न्यायपालिका, संवैधानिक निकाय र राजदूतहरुकाृे नियुक्तिहरुमा समानुपातक प्रतिनिधित्व हुन नसकेकोले  संविधान संशोधन गर्नू पर्ने आयोगको राय छ । 

समाबेशी चरित्रको राष्ट्रिय सभामा आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित नगरिएको हुँदा संविधान संशोधन गर्नू पर्ने आयोगको सिफरिस छ । राष्ट्रिय सभामा उनन्साठी सदस्यीय राष्टिय सभामा महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गरिए पनि आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गरिएको छैन । 

समाबेशी चरित्रको राष्ट्रिय सभामा आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित नगरिएको हुँदा संविधान संशोधन गर्नू पर्ने आयोगको सिफरिस छ । राष्ट्रिय सभामा उनन्साठी सदस्यीय राष्टिय सभामा महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गरिए पनि आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गरिएको छैन । 

आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक उम्मेद्वारको बन्द सूचिमा आदिवासी जनजातिको प्रतिनिधित्व अनिबार्यताको व्यबस्था गर्न भनेको छ ।  बन्द सूचिमा प्राथामिकता क्रम निर्धारणमा नै आदिवासी जनजातिको जनसंख्याको अनुपातको प्रतिनिधत्व हुने गरी प्राथामिकता क्रम निर्धारण गर्नू पर्ने आयोगको निश्कर्ष छ । निर्बाचन प्रक्रिया अनुसार एक सय दश सदस्य समानुपातिक निर्वाचनबाट निर्वाचित हुने प्रावधान रहेको छ । यो निर्वाचनका लागि जनसंख्याका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य। मधेशी, थारु, मुस्लिम र पिछडिएको क्षेत्रका प्रतिनिधित्वका लागि कानुन अनुसार क्लस्टर बनाइएको छ । आयोगले क्रसं निधारणमा आदिवासीलाई प्राथामिकता दिनु पर्ने भनाई राखेको छ । 

आयोगले स्थानीय तहको गठन बिधिमा आदिवासी जनजातिको समानुपातिक प्रतिनिधित्वका लागि अर्को सिफारिस गरेको छ । अहिलेको प्रावधान अनुसार स्थानीय तहको गाउँसभा वा नगर सभामा दलित वा अल्पसंख्यकको प्रतिनिधित्वको सुनिश्चित गरेको छ । तर आदिवासी जनजातिको अनिवार्य प्रतिनिधित्व गर्ने व्यबस्था गरिएको छैन । यो प्रावधान अनुसार वडा समितिमा नै आदिवासी जनजातिको फरक कोटा हुनु पर्दछ । यो व्यबस्था गर्न पनि संविधान संशोधन अनिवार्य छ । यसलाई पनि आदिवासी जनजाति आयोगले सम्झाएको छ । 

विशेष, सरक्षित, वा स्वायत्त क्षेत्र 

आदिवासी जनजातिको हीत प्रबद्र्धन गर्ने उद्देश्यले संबैधानिक व्यबस्था अनुसार गठित आदिवासी जनजाति आयोगले नेपालको संविधानमा व्यबस्था भएको विशेष, संरक्षित र स्वायत्त क्षेत्रको कुरा पनि गरेको छ । 

संविधान अनुसार सामाजिक, साँस्कृतिक र आर्थिक विकासका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र गठन गर्नु पर्ने हुन्छ । यी निकाय पनि राज्यको ुंरचनाको नै अंग भए पनि हालसम्म गठन हुन सकेको छैन । स्थानीय तहको गठन संगै यी निकाय स्थापना हुनु पर्नेमा तत्कालीन स्थानीय तह पुनर्सरचना आयोगले कुनै सिफरिस गर्न सकेको थिएन ।

आयोगले यस सन्दर्भमा कानून बनाउने सिफरिस गरेको छ । तर आयोगले त्यस्तो कानूनको खाका प्रस्तुत गर्न सकेको छैन । सरकारलाई विशेष, संरक्षित र स्वायत्त क्षेत्रको अवधारणमा पनि समस्या भएको सन्दर्भमा आयोगले आफनो धारणा ल्याउनु पर्ने चुनौति छ । 

अन्तराष्ट्रिय महासन्धि कार्यन्वयन हुनु पर्ने 

आदिवासी जनजाति आयोगले आदिवासी जनजातिसंग सरोकार राख्ने नेपाल पक्ष भएका अन्तराष्ट्रिय सन्धि महासन्धि तथा घोषणापत्र कार्यन्वयन हुनु पर्ने सिफरिस गरेको छ । 

नेपाल पक्ष भएका आदिवासी जनजातिसंग सम्बन्धित महासन्धिहरुमा अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नम्बर १६९, आदिवासी अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणापत्र  र जैविक विविधता महासन्धि प्रमूख रहेका छन् । यी महासन्धिहरु नेपालले अनुमोदन गरेको भए पनि कार्यन्वयनमा आलटाल गर्दै आएको छ ।  

आदिवासी जनजाति आयोगले आदिवासी जनजातिसंग सरोकार राख्ने नेपाल पक्ष भएका अन्तराष्ट्रिय सन्धि महासन्धि तथा घोषणापत्र कार्यन्वयन हुनु पर्ने सिफरिस गरेको छ । 

आयोगले ती महासन्धिहरुको कार्यन्वयनका लागि कानून निर्माण रकार्ययोजना बनाउन सरकारलाई सिफारिस गरेको छ । यीनै महासन्धिमा व्यबस्था भएका स्वतन्त्र, पूर्व सुसूचित सहमतिको अधिकार कार्यन्वयनमा जोड दिदै आदिवासीको प्रथाजनित संस्थाहरुको पुनर्सथापना तथा राज्इतहबाट मान्यताका लागि आग्रह गरेको छ । 

विकासका नाममा आदिवासीको भूमि अतिक्रमण गरी जलविद्युत, सडक तथा सार्वजनिक भवन निर्माण भइरहेकोमा सरकारको ध्यान आकर्षण गर्दे  अन्तराष्टिय कानून अनुसार स्वतन्त्र, पूर्व सुसूचित सहमतिको अधिकार कार्यन्वयन गरेर मात्र उनीहरुको सहमति र स्वीकृतिमा यस्तो कार्य गर्न सरकारलाई भनेको छ । 

आदिवासी ज्ञानको संरक्षण  

आदिवासिीहरुको परम्परागत ज्ञान र सीपको बजारीकरण र व्यबसायिक बनाउन आयोगले भनेको छ । आदिवासीको घरेलु मदिरा बनाउने ज्ञान हाल लोप भईरहेको सन्दर्भमा आयोगले  कानून निर्माण गरेर परम्परागत ज्ञानको व्यबसायिकरण गर्न सुझाएको छ । तर आदिवासी जनजातिसंग सम्बन्धित परम्परागत पेसा, व्यबसाय तथा कृषि, पशुपालन सम्बन्चित ज्ञानको प्रसंग भने उठाएको छैन । आदिवासी जनजातिहरु जल, जमिन र जंगलसंग साइनो भएका प्रजाति भएको हुँदा पानी संरक्षण गर्ने ज्ञान, बन जंगलको संरक्षण, वातावरणसंग सम्बन्धित ज्ञान तथा जडिबुटी पहिचान गर्ने ज्ञानका बारे आयोगले केही बोलेको छैन । 

आयोगले मातृभाषा संरक्षणका सम्बन्धमा पनि गहिरोसंग आफनो अभिमत राखेको छैन । अर्को संबैधानिक आयेगले सिफरिस गरेको सरकारी कामकाजमा मातृभाषाको प्रयोगका बारे  एक शव्दमा पाठ्यक्रम निर्माण गर्ने कुरा मात्र गरेको छ । देशको शिक्षा नीति नै परिवर्तन गरेर बहुभाषिक बनाउने अभियान चलिरहँदा आयेगले यसबारे मूख खोल्न नसक्नु विढम्बना मान्नु पर्ने हुन्छ । 

समग्रमा आयोगले आदिवासी जनजातिका सवालमा अध्ययनको जगमा जुन बिषयहरु उठाउनु पर्ने हो नउठाएको देखिन्छ । आदिवासी जनजातिका सवालहरुलाई संबैधानिक आयोगले केही बुँदाहरु उठाउन खोजेको भएता पनि समग मूलप्रबाहलाई समाउन सकेको छैन । आगामी बर्ष अरु परिमार्जन हुने अपेक्षा गरिन्छ ।  

प्रतिक्रिया