तामाङ प्रशारण दिवसमा आदिवासी मिडियाले मान्यता पाउनु पर्ने प्रमूख बिषय

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१ भदौ २०७८, मङ्गलवार
तामाङ प्रशारण दिवसमा आदिवासी मिडियाले मान्यता पाउनु पर्ने प्रमूख बिषय

तामाङ सञ्चारकमीहरुले आदिवासी पत्रकारिता गर्नु पर्ने र राज्यले आदिवासी मिडियालाई मान्इता दिनु पर्ने सञ्चार अभियानकर्ताहरुले जोड दिनु भएको छ । तामाङ पत्रकार संघले २७औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजना गरेको ‘भर्चुअल’ अन्तरक्रिया कार्यक्रमका क्रममा वक्ताहरूले यस्तो धारणा राख्नु भएको हो । 

आदिवासी पत्रकारितालाई प्रवद्र्धन गर्नका लागि आवश्यक नीति आवश्यक रहेको  वरिष्ठ पत्रकार कुमार यात्रु तामाङले बताउनु भयो । ‘आदिवासी तामाङ पत्रकारिता : हिजो, आज र भोलि’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार यात्रु तामाङले आदिवासी जनजातिहरूको प्रथाजनित सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनु भयो  । उहाँले तामाङ पत्रकारहरूले उठाउनुपर्ने विषयहरूको बारेमा विस्तृत रूपमा जानकारी दिदै अगाडि भन्नु भयो  ‘हाम्रो परम्परागत तथा प्रथाजनित विषयहरू लोप हुँदै गएका छन् । परम्परागत सञ्चार प्रणाली, उपचारपद्धतिलगायत संस्कारजन्य कुराहरूको बारेमा कलम चलाउन जरुरी छ,’ यसैमा उहाँले थप्नु भयो, ‘मुलधारका सञ्चारमाध्यमले नसमेट्ने विषयहरू हामीले आफ्नै मिडिया स्थापना गरेर प्रचारप्रसारमा ल्याउन जरुरी छ ।’ 

हाम्रो परम्परागत तथा प्रथाजनित विषयहरू लोप हुँदै गएका छन् । परम्परागत सञ्चार प्रणाली, उपचारपद्धतिलगायत संस्कारजन्य कुराहरूको बारेमा कलम चलाउन जरुरी छ ।

आदिवासी समुदाय केन्द्रित केही सञ्चारमाध्यम सञ्चालनमा आए पनि पर्याप्त नभएका कारण आदिवासी मिडियाको फरक मान्यताको आवश्यकतामा जोड दिनु भयो  । 

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले मूलधारका सञ्चारमाध्यमले तामाङ समुदायको सवाललाई स्थान नदिने भएकाले समुदाय केन्द्रित सञ्चारमाध्यमलाई नै प्रभावकारी रूपमा अगाडि बढाउन जरूरी रहेको बताउजु भयो । यसका लागि तामाङ सञ्चारकर्मीहरूले संस्थागत रूपमा अगाडि बढाउने कार्यक्रममा घेदुङको साथ रहने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नु भयो  ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सञ्चु ब्लोनले मातृभाषा पत्रकारितामा निरन्तरताको चुनौती रहेको बताउनु भयो । उहाँले मातृभाषा पत्रकारितामा आकर्षण घट्नुको मुख्य कारण आर्थिक रहेको बताउँदै यस क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूलाई व्यावसायिक बनाउँदै लैजानुपर्नेमा जोड दिनु भयो  । मातृभाषा पत्रकारिता कमजोर हुँदै जाँदा समुदायको आवाजलाई बाहिर ल्याउन र समाजमा रहेका भाषिक, सांस्कृतिक विषयहरूको संरक्षण गर्न चुनौती हुने उहाँको भनाइ थियो ।

तामाङ पत्रकार संघका पूर्वअध्यक्ष प्रतीक तामाङले तामाङ प्रसारण सुरू भएको २७ वर्षमा के कस्ता उपलब्धि भए भन्नेबारे गहन समीक्षा हुनुपर्ने बताउनु भयो । तामाङ पत्रकारहरूलाई व्यावसायिक बनाउँदै भाषिक तथा समुदाय केन्द्रित पत्रकारिताको समेत प्रवद्र्धन गर्न संस्थागत रूपमा अझ प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उहाँले औंल्याउनु भयो ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले मूलधारका सञ्चारमाध्यमले तामाङ समुदायको सवाललाई स्थान नदिने भएकाले समुदाय केन्द्रित सञ्चारमाध्यमलाई नै प्रभावकारी रूपमा अगाडि बढाउन जरूरी रहेको बताउजु भयो ।

संघका अध्यक्ष विष्णु तामाङले कोरोना महामारीका कारण भौतिक रूपमा कार्यक्रम आयोजना गर्न नसकिएको जानकारी दिनु भयो  । उहाँले ‘भर्चुअल’ कार्यक्रममार्फत् तामाङ पत्रकारिता तथा समुदायका विभिन्न विषयमा अन्तरक्रिया गर्ने क्रमलाई निरन्तरता दिने जानकारी दिनु भएको थियो ।

२०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ समुदायले तामाङ प्रसारण दिवसको रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा तामाङ पत्रकार संघले प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको छ । संघका विभिन्न जिल्ला शाखाहरूले समेत कार्यक्रमसहित प्रसारण दिवस मनाएको संघले जानकारी दिएको छ 

प्रतिक्रिया