जेनेभामा लाहुर्निपलाई व्यवसाय तथा मानवअधिकार सम्बन्धी अन्तराष्ट्रिय पुरस्कार

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस११ मंसिर २०८२, बुधवार
जेनेभामा लाहुर्निपलाई व्यवसाय तथा मानवअधिकार सम्बन्धी अन्तराष्ट्रिय पुरस्कार

यस वर्षको व्यवसाय र मानवअधिकार अवार्ड नामक अन्तराष्ट्रिय पुरस्कार नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) लाई प्रदान गरिएको छ । स्वीजरलैण्डको जेनेभामा आयोजित संयुक्त राष्टसंघको व्यवसाय तथा मानवअधिकार सम्बन्धी १४ औं वार्षिक फोरमको एक विशेष समरोहमा मानवअधिकार तथा व्यवसाय अवार्ड फाउन्डेशनले सो पुरस्कार्र प्रदान गरेको हो । 

फाउन्डेशनबाट जेनेभामा जारी गरिएको विज्ञप्ती अनुसार यो अवार्ड हरेक वर्ष व्यवसायिक क्रियाकलापको कारण हुने मानवअधिकार हनन्को प्रतिरक्षा गर्ने  संस्थाहरुको सम्मान स्वरुप  प्रदान गर्ने गरिन्छ ।
इन्डिजिनियस पिपल्स राइट्स इन्टरनेशनलको कार्यकारी निर्देशक समेत रहनु भएकी फाउन्डेशनकी सदस्य जोआन कार्लिङका अनुसार लाहुर्निपको गतिविधिबाट आदिवासी समुदायलाई आसा जगाएको हुँदा सो अवार्ड प्रदान गरिएकोबताउनु भयो । 

‘व्यापारिक स्वार्थका कारण आनवअधिकार हनन् भएका  समुदायका लागि लाहुर्निप सबैभन्दा ठूलो शक्ति हो ।’ कार्लिङले थप्नु भएको छ, –‘सरकार समर्थित व्यापारिक गतिविधिबाट नेपालका आदिवासीका लागि लाहुर्निपले अद्धितिय काम गरेको छ ।’ 

व्यवसायिक कानुन व्यवसायीहरुले ३० बर्ष अघि नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) स्थापना गर्नू भएको हो । लाहुर्निपले आदिवासीहरुसंग सहकार्य गर्दै मानवअधिकारको रक्षा, भूमि, स्रोत साधन र जिविकोपार्जनमा प्रभावित आदिवासीलाई  न्याय र क्षतिपुर्तीका लागि बिशेष काम गरिरहेको छ । 

लाहुर्निपले विशेषगरी सरकारी लगानी र कम्पनीहरुले सञ्चालन गरिरहेका विकास परियोजनाबाट प्रभावित स्थानीय र आदिवासी समुदायका लागि कानुनी सहायता, रणनीतिक मुद्दा दायर गर्ने कार्य र वकालत सम्बन्धी कार्य गर्दै आएको छ । 

फाउन्डेशनका वोर्ड सदस्य किस्टोफर एभरी, रेगन राल्फ र भलेरिया स्कोजीले नेपालका आदिवासीको मानव अधिकार सम्बन्धी काम गरिरहेको संस्थालाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको बताउनु भएको छ । उहाँले पुरस्कृत हुने सूचिमा बंगलादेशको बंगलादेश सेन्टर फर वर्कर सोलिडारी, भारतको चिभिदीप इन्डिया, थाइलेण्डको कम्युनिटि रिसोर्स सेन्टर र इन्डोनेशियाको सत्य भूमि समेत पाँच संस्थालाई मनोनित गरेको मालाहुर्निपले अवार्ड प्राप्त गरेको बताउनु भएको छ । 

सो पुरस्कार ग्रहण गर्दै लाहुर्निपका उपाध्यक्ष शंकर लिम्बुले पुरस्कार आदिवासीहरुको सामुहिक आन्दोलन तथा न्याय र अधिकारको सम्मान गरिएको प्रतिक्रिया दिनु भएको छ । उहाँले व्यवसायिक तथा सरकारको विकास सम्बन्धी क्रियाकलापलाई जवाफदेही बनाउन थप प्रेरणा प्राप्त गरेको र अदृश्य द्वन्द्वलाई सौहार्दपूर्वक समधान हुने विश्वास व्यक्त गर्नु  भयो । 

लाहुर्निपले सन् २०२४मा एआइपीपीबाट र २०२५ मा नेपाल आदिवासी जनजाति महासंघबाट सम्मान पाएको थियो । साथै यो अवार्डका लागि सन् २०१८मा छनौट सूचीमा परेको थियो ।


 

प्रतिक्रिया