हेलम्बुमा छेच्यु पुजाको रौनक : ह्योल्मो प्रथाजनित संस्था ह्युलठिमको जिवन्त कार्यक्रम

जगतमान दोङ तामाङ
जगतमान दोङ तामाङ२० फागुन २०७७, बिहिवार
हेलम्बुमा छेच्यु पुजाको रौनक : ह्योल्मो प्रथाजनित संस्था ह्युलठिमको जिवन्त कार्यक्रम

आदिवासी ह्योल्मोहरुको प्रथाजनित संस्था ह्युलठिमको आयोजनामा परम्परागत छेच्यु पुजा सम्पन्न भएको छ । ह्योल्मोहरुको आदिभूमि हेलम्बुस्थित सेर्माथाङमा आयोजित कार्यक्रममा लामाहरुद्वारा विश्व शान्ति, सम्पूर्ण प्राणी जगतको रक्षा र मानव कल्याणको कामना सहित नित्य पुजापाठ गरी यो पुजा गरिएको थियो ।  

पर्यटकीय थगन्तव्य हेलुम्बुस्थित साङग फिन्चोक उर्गेन छ्योलिङ गुम्बामा आयोजित कार्यक्रममा परम्परा अनुसार पबित्र ह्युम (धार्मिक ग्रन्थ) पाँच दिनसम्म लामाहरुद्वारा पाठ गरिएको थियो । स्थानीय ह्युलठिमका गोवा (संयोजक)  दावा लामा ह्योल्मोका अनुसार हरेक बर्ष ह्योल्मो बहुल क्षेत्रमा यस्तो पुजा आयोजना गर्ने गरिन्छ । 

आदिवासी ह्योल्मोहरुको प्रथाजनित संस्था ह्युलठिमको आयोजनामा परम्परागत छेच्यु पुजा सम्पन्न भएको छ । ह्योल्मोहरुको आदिभूमि हेलम्बुस्थित सेर्माथाङमा आयोजित कार्यक्रममा लामाहरुद्वारा विश्व शान्ति, सम्पूर्ण प्राणी जगतको रक्षा र मानव कल्याणको कामना सहित नित्य पुजापाठ गरी यो पुजा गरिएको थियो ।  

गुरु रिम्पोर्छे (पद्यसम्भवः) को जन्म जयन्तीका अवसरमा गरिने छेच्यु पुजा चन्द्रमासको पात्रो अनुसार सोनाम ल्होछार पछिको दशमी तिथीको आसपासमा यस प्रकार बिशेष पर्बका रुपमा आयोजना गर्ने गरिन्छ । यस अवसरमा लामाहरुले धार्मिक नाच देखाउने प्रचलन छ । सो कार्यक्रममा पनि परम्परागत जुङ्बु नाच देखाइएको थियो । यस्तो नाच भूतप्रेत मन्साउन लामाहरुले नाच्ने गर्दछन् । कार्यक्रमको अन्तिममा सहभागीहरुका लागि ओङ (अभिशेष) प्रदान गरिएको थियो ।  यस्तो ओङ लिए पछि समाजमा शान्ति सुव्यबस्था हुने र रोगव्याधिबाट मुक्ति पाइने बिश्वास गरिन्छ । छेच्यु पुजाका अवसरमा ह्योल्मो महिला तथा पुरुषहरुले ह्योल्मो नाच प्रदर्शन गरेका थिए । यस्तो नाचलाई स्याब्रु नाच भन्ने गरिन्छ ।  धार्मिक नाचका लागि लामाहरुले आफनो लामा पोशाक (न्हाम्सा) लगाउने गर्दछन् । यस्तो नाचको अवलोकनबाट पनि दर्शकहरुलाई आशिर्वाद प्राप्त हुने जनबिश्वास छ । 

आदिवासी जनजाति ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीहरुले गुरु रिम्पोर्छे अर्थात पद्यसम्भवलाई आफनो आदिदेवताका रुपमा मान्ने गर्दछन् । बौद्ध धर्मग्रन्थ अनुसार गुरुरिम्पोर्छे ह्योल्मो क्षेत्र अर्थात हेलम्बू क्षेत्रमा तपस्या गरेको उल्लेख छ । यही कारण यस क्षेत्रलाई पबित्र धार्मिक भूमि मानिन्छ । हेलम्बु क्षेत्रमा विभिन्न गुफा तथा गुम्बाहरु रहेका छन् । आमायाङ्ग्री, दोर्जे लग्पा,लगायतका पर्वत श्रृंखलालाई पबित्र भूमि मानिन्छ । 

आदिवासी जनजाति ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीहरुले गुरु रिम्पोर्छे अर्थात पद्यसम्भवलाई आफनो आदिदेवताका रुपमा मान्ने गर्दछन् । बौद्ध धर्मग्रन्थ अनुसार गुरुरिम्पोर्छे ह्योल्मो क्षेत्र अर्थात हेलम्बू क्षेत्रमा तपस्या गरेको उल्लेख छ । यही कारण यस क्षेत्रलाई पबित्र धार्मिक भूमि मानिन्छ ।

छेच्यु पुजाका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि हेलम्बु बाहिर रहेका ह्योल्मोहरुको पनि उपस्थिति थियो । कार्यक्रममा प्रदेश साँसद निमा लामा, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष कृष्णगोपाल तामाङ, नेपाल ह्योल्मो समाज सेवा संघका अध्यक्ष पेमा ह्योल्मो, टुल्कु लामा, लामा ल्होपेन तथा स्थानीय बासिन्दाको सहभागिता थियो ।   

ह्युलठिमको सक्रियता 

आदिवासी बहुल क्षेत्रमा प्रथाजनित संस्था ह्युलठिम सक्रिय रहेको हेलम्बूमा आयोजित यस धार्मिक पर्ब एक उदाहरण हो । समाजमा सदभाव कायम गर्न, सामुहिक कार्यलाई सम्पन्न गर्न तथा प्रथा, परम्परा र ज्ञानलाई निरन्तरता दिनका लागि एक गाउँ एक ह्युल्ठिम गठन गर्ने ह्योल्मोहरुको परम्परा छ । ह्युल्ठिमले ल्हाठिम (इश्वरको नियम), क्षेठिम (धर्मको नियम), पेठिम (परम्परागत नियम), ह्युल्ठिम (गाउँको नियम), ग्यल्ठिम (राज्यको नियम) पालना गर्ने र गराउने काम गर्दछ । बर्षको एक पटक साधारण सभा बसेर यस्तो नियमहरुको समीषा गर्ने परम्परा छ ।

ह्युठिमको संरक्षकमा गुम्बाका प्रमूख लामा रहने अभ्यास छ । तर कार्यकारी भूमिकामा भने गोवा रहने व्यबस्था छ । गोवाले नै सामाजिक काम देखि बार्षिक चाडपर्ब मनाउने कामको व्यबस्थापन गर्ने गर्दछन् । छेच्यु पुजाका लागि गोवाको भूमिका मूख्य मानिन्छ । यसुरी नै गुम्बाको पुजा पाठमा सहयोगीका रुपमा उम्जे र छ्योपेनको व्यबस्था गरिएको हुन्छ । प्राकृतिक स्रोतको व्यबस्थापन, प्रथा र परम्पराको जगेर्ना लगायतमा सामुहिक सहभागिता ह्योल्मो जातिको अभ्यास हो ।  

प्रतिक्रिया

अन्य सामाग्रीहरु जगतमान दोङ तामाङ