जगतमान दोङ तामाङ

जगत दोङ लामा सक्रिय पत्रकार हुनुहुन्छ । विगत डेढदशकदेखि विभिन्न नेपाली सञ्चार माध्यमहरुमा निरन्तर अवद्ध भई कार्यरत लामा हाल ईन्डिजिजियस मिडिया फाउन्डेसनको महासचिव हुनुहुन्छ । विशेषगरी रेडियो र टेलिभिजन पत्रकारितामा विशेषज्ञता हासिल गर्नु भएका लामा, तामाङ भाषा र तामाङ समुदायको मुद्धा र विषयहरु सञ्चारमाध्यमा उजागर गर्ने सवालमा विशेष योगदान पुराउदै आउनुभएको छ । धुलिखेलस्थित रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्जका अध्यक्ष तामाङ रामेछापस्थित रेडियो कैरन ९६.४ मेगाहर्ज र रेडियो लिखु ९१.३ मेगाहर्ज स्थापनाका लागि सक्रिय हुनुभएको थियो ।