कानुन बनाएर संविधानको कार्यान्वयन

जगतमान दोङ तामाङ
जगतमान दोङ तामाङ६ कार्तिक २०७३, शनिवार
कानुन बनाएर संविधानको कार्यान्वयन

नेपालको संविधान, २०७२ कार्यन्वयनका लागि कानुन निर्माणको कार्य सुरु भएको नेपाल सरकारका पदाधिकारीहरुले बताएका छन् । संविधान कार्यन्वयन गर्न तत्कालै ११० वटा संघिय कानुन बनाउनु पर्ने तत्कालीन कानुन न्याय तथा संसदीय मामिला मन्त्री अग्नी खरेलले बताए । ‘अहिले नै संघीय कानुन सहित १३८ कानुन बनाउनु पर्छ । ’यसैमा उनले थपे – २२ वटा प्रादेशीक कानुन र ६ वटा स्थानीय निसायसंग सम्बन्धीत कानुन पनि छन् । 

कानुन बनाउने प्रक्रिया 

सामन्यतः कानुन संसदले निर्माण गर्दछ । तर संसदमा कानुन निर्माण गर्ने अवस्थासम्म पु¥याउन धेरै प्रकारका चरणहरु पार गर्नु पर्छ । कानुन व्यबसायी समेत रहेका पूर्व मन्त्री खरेलले जानकारी दिए, ‘कानुनको पहिलो मस्यौदा सम्बन्धीत मन्त्रालयले निर्माण गर्छ । त्यसको मूल्याँकन कानुन मन्त्रालयले गर्दछ । त्यसपछि सम्बन्धीत मन्त्रालयले मन्त्रीपरिषदमा पठाउछ । मन्त्री परिषदको स्वीकृति पछि बिधेयक समितिमा जान्छ ।  त्यस समितिको सहमतिमा सम्बन्धीत मन्त्रालयको विधेयकका रुपमा व्यबस्थापिका संसदमा दर्ता हुन्छ, । बिधेयक माथि सैद्धान्तिक छलफल, दफावार छलफल, संशोधन प्रस्ताव, पछि संसदमा निणार्थ प्रस्तुत गरिन्छ । यसका पनि तहगत प्रक्रिया छन् । ती प्रक्रियाहरुमा जाँदा २२ वटा चरण पार गर्नू पर्छ ।’

संविधान कार्यन्वयन गर्न तत्कालै ११० वटा संघिय कानुन बनाउनु पर्ने तत्कालीन कानुन न्याय तथा संसदीय मामिला मन्त्री अग्नी खरेलले बताए । ‘अहिले नै संघीय कानुन सहित १३८ कानुन बनाउनु पर्छ ।

संविधानमा असन्तुष्ठी 

नेपालको संविधान २०७२ को कार्यन्वयनको चरण हो । तर पनि यसको स्वागत गर्ने र यस संविधानको बिरोध गर्ने बीचको होडबाजी कायम नै छ । नेपाली राजनीतिका स्थापित राजनीतिक दलहरु नेपाली काँगेस, नेकपा एमाले र माओबादी केन्द्र सहितका राजनीतिक दलहरु संविधान कार्यन्वयनमा जुटेका छन् भने संविधान प्रति असन्तुष्ठ राजनीतिक शक्तिहरु संविधानको पुनरावोलोकन गर्न दवाव सिर्जना गरिरहेका छन् । खासगरेर मधेश केन्द्रीत दल, आदिवासी जनजाति तथा बिभिन्न जातीय र भाषिक समूदायका अगुवाहरु नयाँ संविधान प्रति असन्तोष  व्यक्त गरिरहेका छन् । 

सविधान संशोधन गर्न सकिन्छः 

तर, पूर्व मन्त्री खरेल संविधानको कार्यन्वयन गर्दे असन्तुष्ठहरुको माँग सम्बोधन गर्दै जाने बिचार राख्छन् । उनी भन्छन् ‘यस भन्दा अगाडि पनि संविधानको पहिलो संशोधन भई सक्यो र अब फेरि हुँदैन भन्ने सोच्नु हुँदैन । ’‘मधेस केन्द्रीत राजनीतिक दलहरुले समानुपातिक समाबेशीका बिषयमा संविधान संशोधनका कुरा गरे, त्यतिखेर हामीले राजनीतिक सहमति जुटाएर संशोधन ग¥यौ ।’ खरेलले भने– ‘बाधा अड्चन आउछन् र त्यसलाई सम्बोधन गर्न संविधान संशोधन गर्न सकिन्छ ।’

संविधानका सकारात्मक पक्ष

३०८ धारा, ३५ भाग र ९ अनुसूचि भएको नयाँ संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता आत्मसाथ गर्ने प्रयास गरेको छ । संविधानको प्रस्तावनामा नै नेपालको विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने संकल्प गरिएको छ । यसलाई धेरैले सकारात्मक भनेका छन् । अधिवक्ता बिचारसिंह सूव्वा २०४७ सालको संविधानको तुलनामा यो संविधान प्रगतिशील र धेरै अर्थमा सकारात्मक छ । 

३०८ धारा, ३५ भाग र ९ अनुसूचि भएको नयाँ संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता आत्मसाथ गर्ने प्रयास गरेको छ ।

वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने नयाँ संविधानको लक्ष नै प्रगतिशील अवधारणा हो, अधिवक्ता सुव्वाले बताए । 

समाबेशीकरण सम्बन्धी नयाँ संविधान  

नयाँ संविधानमा समाबेशीकरण सम्बन्धी केही नयाँ व्यबस्थाहरु गरिएका छन् । प्रतिनिधि सभा र राष्टिय सभा सहितको संघीय व्यबस्थापिकामा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रलाई आरक्षणको व्यबस्था गरिएको छ भने प्रदेश सभाका लागि थप अल्पसंख्यक समुदायका लागि आरक्षण गर्ने उल्लेख छ ।  स्थानीय तह गाउपालिका र नगरपालिकामा भने महिला, दलित र अल्पसंख्यक समुदायका लागि मात्र सीट आरक्षण्मा छ ।  आदिवासी जनजातिहरुले पहिचान सहितको संघियता माँग गरिरहेको सन्दर्भमा यो संविधानले नामाँकन बिनाको ७ प्रदेशलाई सुनिश्चितता गरेको छ । तर त्यसको सीमाँकनमा भने प्रसस्त मतभेद देखिएको छ । 

प्रतिनिधि सभा र राष्टिय सभा सहितको संघीय व्यबस्थापिकामा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रलाई आरक्षणको व्यबस्था गरिएको छ भने प्रदेश सभाका लागि थप अल्पसंख्यक समुदायका लागि आरक्षण गर्ने उल्लेख छ ।

फेरियो रोडम्याप 

संविधानको सडकमा आलोचना गरी रहँदा सरकारले भने संविधान कार्यन्वयनको रोडम्याप सार्वजनिक गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मंन्त्रीपरिषदको निर्णय अनुसार संविधान कार्यन्वयनको कार्यतालिकामा आगामी १८ महिना भित्र संघीय प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्बाचन गरेर नयाँ संसद मार्फत राष्टपति र उपराष्टपतिको निर्बाचन गर्ने भनेको थियो । 

यस अनुसार अर्को बर्षको फागून चैतमा नयाँ संसदको चुनाब गर्ने कार्य योजना तत्कालीन सरकारले बनाएको थियो । तर सरकार परिबर्तन संगै रोडम्याप पनि परिबर्तन भएको छ । तर, अहिलेको रुपान्तरित संसदको म्याद आगामी २०७४ साल माघ मसान्तसम्म मात्र नयाँ संविधानले किटान गरेको हुँदा नयाँ संसदको निर्बाचन भने  कसैले टार्न सक्दैन ।  

यही विचमा १९३ वटा कानुनहरुलाई संशोधन गरी सकेको छौ । हामीसंग ३१५ वटा नेपाल कानुन छन् । नयाँ संविधान आए पछि १९३ वटा कानुनमा विभिन्न भाषाहरुमा परिवतर्न गर्नु परेको थियो । कतिपय अवस्थामा शब्द, पदावली नै पनि परिवर्तन गर्नु परेको थियो ।

संसोधन एक निरन्तर प्रक्रिया 

समाज एक गतिशील भएकाले संविधान र कानुनहरु पनि समय सापेक्ष रुपमा संशोधन हुन्छन् । कानुन संशोधन एक गतिशिल प्रक्रिया भएको हुँदा अहिले पुर्ण भएको बिषय भोलि अपूर्ण हुन सक्ने अवस्था आउन सक्ने बताउछन् पूर्वमन्त्री खरेल ।  भन्छन् –‘संविधानको संशोधन भैरहदा कानुनमा पनि प्र्रभाव पर्छ । त्यसलाई संशोधनको प्रक्रिया लानु पर्ने हुन्छ । यही विचमा १९३ वटा कानुनहरुलाई संशोधन गरी सकेको छौ । हामीसंग ३१५ वटा नेपाल कानुन छन् । नयाँ संविधान आए पछि १९३ वटा कानुनमा विभिन्न भाषाहरुमा परिवतर्न गर्नु परेको थियो । कतिपय अवस्थामा शब्द, पदावली नै पनि परिवर्तन गर्नु परेको थियो ।

उदाहरणका लागिा पुनराबेदन अदालत जुन कानुनमा उल्लेख छ, त्यहाँ उच्च अदालत परिबर्तन भएको छ । तर अहिले उच्च अदालत बनिसकेको छैन तर उच्च अदालत सम्बन्धी कानुन भने पास भैसकेको छ । त्यो लागु भईसकेको छैन किन कि उच्च दालत बनिसकेको छैन् । जुन दिन उच्च अदालत गठन हुन्छ, त्यो दिन नै सूचना प्रकासित गरेर  संशोधन गरिएको भनिएको सवाल यो मितिबाट लागु भयो भन्ने गरिन्छ । त्यस पछि उच्च अदालत सम्बन्धी न्याय प्रशासनको काम पास हुन्छ । त्यही मितिमा नेपाल सरकारको राजपत्रमा सूचना प्रकाशन गरेर दुइटैलाई एक ठाउमा ल्याइन्छ । त्यस पछि काम अगाडि बढ्छ ।’

इन्डिजिनियस फिचर सेवा

प्रतिक्रिया

अन्य सामाग्रीहरु जगतमान दोङ तामाङ