फागुन ४, काठमण्डौं । नेपाल आदिवासी जनजाति आन्दोलन नेपालले पहिचान सहितको संघियता र संघियता सहितको नयाँ संविधान जारी गराउन दबाब दिन भन्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु तय गरेको छ ।
आज राजधानिमा बसेको आन्दोलन नेपालको बैठकले पुर्वदेखि पश्चिम सम्म पहिचान यात्रा, युवामार्चपास, देशका विभिन्न स्थानमा सभा गर्ने निर्णय गरेको आदिवासी आन्दोलन नेपालका सचिवलय सदस्य महासचिव निर्मल तामाङले जानकारी दिनुभयो ।
आन्दोलन नेपालले यहि फागुन ६ गते आदिवासी जनजाति उद्योग ब्यवसायीहरुसंग अन्तरकृया गर्ने, १० गते आदिवसाी जनजाति संघसंस्थाहरुसंग छलफल गर्ने कार्यक्रम तय गरेको छ भने १४ गते जनजाति युवामार्चपास गर्नेछ । १६ गते ३० दलिय मोर्चाले काठमण्डौंमा गर्ने भनिएको बृहत आमसभामा झाँकिसहित सहभागिता जनाउने निर्णय पनि गरेको छ ।
त्यस्तै आन्दोलन नेपालले अन्तराष्ट्रिय समुदायसंग फागुन १८ गते अन्तरकृया गर्ने कार्यक्रम बनाएको छ । २६ गते काभ्रेको बनेपामा आमसभा गर्ने निर्णय भएको लामाले बताउनु भयो ।
आन्दोलन नेपालले यसअघि नै गर्ने भनेको पहिचान यात्रा भने फागुन २७ गतेबाट शुरु गर्ने जनाएको छ । पुर्वाको झापा बिर्तामोडबाट शुरु गर्ने पहिचान यात्रा विभिन्न स्थानमा सभा गर्दै चितवनको नारायणगढमा पुगेर समापन हुनेछ ।
पहिचान यात्रका क्रममा मोरङको उर्लाबारी, धरान, सर्लाहीको लालबन्दि, बुटवल, धनगढि, हेटौडामा पहिचान सभा गरिनेछ भने चितवनमा पुगेर सकिनेछ ।
आदिवासी आन्दोलन नेपालद्धारा आन्दोलनका कार्यक्रम तय

इन्डिजिनियस भ्वाईस४ फागुन २०७१, सोमवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
राजनीति
१३ असार २०८२, शुक्रवारइन्डिजिनियस भ्वाईसस्वायत्तता र जनजाति पार्टीको स्थापना र पतनको इतिहास: खगेन्द्रजंग गुरुङ
आदिवासी महिला
१३ असार २०८२, शुक्रवारइन्डिजिनियस भ्वाईसमेरो बोजुहरु र गाउँ आएको बाटो
समाचार
६ असार २०८२, शुक्रवारइन्डिजिनियस भ्वाईसमहाकुलुङ गाउँपालिकामा बजेटको तयारी
धेरै पढिएको
समाज तथा संस्किृति
१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
राजनीति
२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईसबेवास्तामा अल्पसंख्यक र सिमान्तकृत