इडिजिनियस कम्युनिटी रेडियो नेटर्वकले आयोजना गरेको एक संवाद कार्यक्रमका वक्ताहरुले राज्यका नीति तथा कानुनहरुले आदिवासी मिडियालाई मान्यता दिन माग गरेका छन । हालसम्मको संचार सम्बन्धी नीति तथा कानुनमा संघिय, प्रदेश र स्थानिय गरि तीन प्रकारको मिडियाहरुको बर्गिकरण गरिएकोमा थप आदिवासी मिडियालाई पनि बर्गिकरण गर्न माग गरेका हुन ।
नेटवर्कले प्रकासित गरेको ‘महामारीमा आदिवासी जनजाति पत्रकारिता (सहयोगी पुस्तिका)’ को समीक्षा र आदिवासी जनजातिका मुद्दा विषयक अन्तरक्रिया कार्यक्रमको क्रममा वक्ताहरुले आदिवासी मिडियालाई फरक मान्यता नदिएका कारण आदिवासीका ज्ञान लोप हुन लागेको आदिवासीका भाषा संरक्षण हुन नसकेको, आदिवासीका प्रथा, परम्परा, संस्कृति माथि संकट आएको विचार राखेका थिए ।
इडिजिनियस कम्युनिटी रेडियो नेटर्वकले आयोजना गरेको एक संवाद कार्यक्रमका वक्ताहरुले राज्यका नीति तथा कानुनहरुले आदिवासी मिडियालाई मान्यता दिन माग गरेका छन । हालसम्मको संचार सम्बन्धी नीति तथा कानुनमा संघिय, प्रदेश र स्थानिय गरि तीन प्रकारको मिडियाहरुको बर्गिकरण गरिएकोमा थप आदिवासी मिडियालाई पनि बर्गिकरण गर्न माग गरेका हुन ।
नेटर्वकबाट प्रकासित ‘महामारीमा आदिवासी जनजाति पत्रकारिता (सहयोगी पुस्तिका)’ को विमोचन गर्दै बरिष्ठ पत्रकार खिलध्वज थापामगरले आदिवासीका मुद्दा सबैको साझा मुद्दा भएकोले सहयोगी पुस्तिका सबैलाई काम लाग्ने बताउनु भयो ।
नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समुह (लाहुर्निप)का सचिव अधिवक्ता शंकर लिम्बुले आदिवासी थकालीहरुको प्रथाजनित संस्था घम्प प्रणालीको उदाहारण दिँदै कोभिड नियन्त्रण गर्न घम्पहरुको स्थानहद्को आदेश उदाहरणीय भएको बताउनुभयो । उहाँले आदिवासीको ज्ञान बैज्ञानिक र जिवनपयोगी भएको कारण मिडियाले यसबारे चासो दिनुपर्ने बताउनुभयो ।
अर्का वक्ता नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले आदिवासीको सुचनाको अधिकार कुण्ठीत भएकोले समस्या आएको बताउँदै आदिबासी मैत्री संविधान कानुन बन्नुपर्ने धारणा राख्नुभयो ।
प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले पुस्तिका माथि टिप्पणी गर्दै मुलधारका मिडियाले आदिवासी जनजातिको मात्र हैन महिला, दलित र विपन्न नागरिकको आवज समेत समेटन नसकेको गुनासो गर्नुभयो । उहाँले मिडियामा आदिवासीका आन्दोलन विभिन्न विकासका कार्यहरुले आदिवासीहरु विस्थापित भएका कुरा आउन नसकेको टिप्पणी गर्नुभयो ।
आदिवासी अग्रजहरुको संचार क्षेत्रमा योगदान रहेको भएपनि उनीहरुले हिम्मत नगरेका कारण आदिबासी पत्रकारहरु अहिलेसम्म पनि आफ्नो पहिचानका निम्ति संर्घष गर्नु परेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघका ( फोनिज)का अध्यक्ष डण्ड गुरुङले बताउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका ( फोनिज)का अध्यक्ष डण्ड गुरुङले आदिवासी जनजातिको सवालमा अझैपनि राज्य संकिर्ण र विभेदकारी रहेको बताउनुभयो । आदिवासी अग्रजहरुको संचार क्षेत्रमा योगदान रहेको भएपनि उनीहरुले हिम्मत नगरेका कारण आदिबासी पत्रकारहरु अहिलेसम्म पनि आफ्नो पहिचानका निम्ति संर्घष गर्नु परेको विडम्बना सुनाउँनुभयो ।
इन्डिजिनियस कम्युनिटि रेडियो नेटर्वकका अध्यक्ष जगत दोङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनिमाया माझी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगर, बरिष्ठ पत्रकार कुमार यात्रु र इन्डिजिनियस टेलिभिजनका अध्यक्ष देव कुमार सुनुवार लगायतले बोल्नुभएको थियो । इन्डिजिनियस कम्युनिटि रेडियो नेटर्वकका महासचिव श्रीकृष्ण मर्हजनले संचालन गर्नुभएको कार्यक्रममा शैलेश डंगोल लगायतले निमार्ण गरेको आदिबासीका रेडियो सम्बन्धी वृतचित्र पनि प्रर्दशन गरिएको थियो ।





.png)
.png)


