नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस११ कार्तिक २०८२, सोमवार
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ

नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्निया अमेरिकाको अध्यक्षमा कुमार दोङ सर्वसम्मत चयन भएको छ । महासंघको चौथो अधिवेशनबाट अध्यक्षमा कुमार दोङ,  उपाध्यक्षमा ताराहाङ नेम्वाङ, महासचिवमा ज्ञानकाजी तामाङ निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा नरेन तामाङ र हरिष चन्द्र लिम्बु निर्विरोध चयन हुनुभएको छ । १३ सदस्यीय कार्यसमितिमा बाँकी पदाधिकारीहरु आवद्ध संघसस्थाहरुबाट मनोनित गरिने जनाएको छ । 

आइतबार तामाङ कोअपरेसन सोसाईटि अफ क्यालिफोर्नियाको सभाहल एल सोभरान्तेमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो । 

आदिवासी जनजातिहरूको हक, अधिकार, पहिचान, भाषा, संस्कृति र सामाजिक न्यायको प्रर्बदन निम्ति  सन् २०११ म स्थापना भएको महासघंमा हाल तामाङ कोअपरेसन सोसाईटी अफ क्यालिफोर्निया, नर्थदेन क्यालिफोर्निया तमु समाज, मगर सोसाईटी अफ नर्थदेन क्यालिफोर्निया, क्यालिफोर्निया शेर्पा एसोसियसन, नेवा अर्गनाईजेसन अफ अमेरिका नर्थदेन क्यालिफोर्निया, किराँत याक्थुम चुम्लुङ क्यालिफोर्निया र युनाईटेड किराँत राई अर्गनाईजेसन अफ क्यालिफोर्निया  सहित ७ वटा सस्था आवद्ध छन । 

अमेरिकामा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरूको एकता, पहिचान संरक्षण, तथा सामाजिक समावेशीकरणका मुद्धामा एक ढिक्का भई  महासघंलाई नयाँ उचाइ  प्रदान गर्ने अध्यक्ष दोङले बताउनुभयो । 

कार्यक्रममा आदिवासी जनजाति अभियन्ता तथा संविधानसभा सदस्य सुरेन्द्र फोम्बो, अभियानकर्मी रोषण सुव्वा, किलन राई, डिकेन्द्र मास्के, देव राई, आङछिरिङ शेर्पा, सुरज पाख्रिन, डेन्डी शेर्पा, रेशम बल, शेर लामा, विष्णु घले, टेन्डी शेर्पा, अतिथि सुब्बालगायतले आदिवासी जनजातिको हक अधिकार बारे आ आफ्नो भनाई राख्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष दोङ यसअघि तामाङ कोअपरेसन सोसाईटी अफ क्यालिफोर्नियाका अध्यक्ष र अन्तराष्ट्रिय तामाङ परिषद्को उपाध्यक्षको जिम्मेवारी सफलतापुर्वक निर्वाह गरिसक्नुभएको छ । 
 

प्रतिक्रिया