धर्म र जातीय पहिचानमा गम्भिर वहस

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२८ असोज २०७७, बुधवार
धर्म र जातीय पहिचानमा गम्भिर वहस

सुमि दर्लामी

विसं २०७८ मा हुने राष्ट्रिय जनगणनामा जातीय पहिचानको विषयलाई लिएर विभिन्न आदिवासी समूदायमा बहस सुरु भएको छ । सूचिकृत आदिवासीहरु मध्ये जातीय जनसंख्यामा ठूलो समुदाय देखिएका मगर, गुरुङ, राई र लिम्बू समुदायमा यस्तो बहसले स्थान पाएको छ । 

मूलतः जनगणनाको प्रश्नावलीमा सोधिने धर्म, जाति, भाषा र पुख्यौली भाषालाई लिएर यस्तो बहस सुरु भएको हो । मगर समुदायमा धर्मका सवालमा मगर आदिवासीले ‘बौद्ध धर्म’ लेखाउने कि ‘प्राकृतिक धर्म’ लेखाउने भन्ने बहस छ भने गूरुङ समुदायमा परम्परागत ‘बोन धर्म’ लेखाउने कि ‘बौद्ध धर्म’ लेखाउने भन्ने बहस सतहमा आएको छ । 

उता राई समुदायमा भाषिक विविधता कायमै राखेर जातिमा ‘राई’ लेख्ने कि नलेख्ने बिषयमा चर्को बहस छ । राई समुदायमा ३६ भन्दा बढी भाषिक समुदाय छन् । केही समुदायले स्वतन्त्र पहिचान दिने उद्देश्यले ‘राई’ नलेख्ने अभियान पनि सुरु गरेका छन् । 

राई समुदायमा भाषिक विविधता कायमै राखेर जातिमा ‘राई’ लेख्ने कि नलेख्ने बिषयमा चर्को बहस छ । राई समुदायमा ३६ भन्दा बढी भाषिक समुदाय छन् । केही समुदायले स्वतन्त्र पहिचान दिने उद्देश्यले ‘राई’ नलेख्ने अभियान पनि सुरु गरेका छन् । 

सबै भन्दा चर्को वहस भने लिम्बू समुदायमा देखिएको छ । केही अभिानकर्ताहरु जातिको महलमा ‘लिम्बू’ छाडेर ‘याक्थुङ’ जाति लेख्ने र लेखाउने अभियान संगै धर्मको महलमा ‘किरात’ धर्मको  बदला ‘युमा’ धर्म लेख्ने बताउँदै आउनु भएको छ । 

लिम्बू समुदायको जातीय संस्था किरात याक्थुङ चुम्लुङले भन्े जातिको महलमा ‘लिम्बू’ लेख्न, भाषामा ‘लिम्बू’ र धर्ममा ‘किरात’ लेख्न अपील गरेको छ । 

किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बु साँस्कृतिक परिषदका अध्यक्ष गोविन्द आङबुङका अनुसार लिम्बू समुदायको पहिचान  र परिचय स्थापित भएको हुँदा जात, धर्म र भाषामा सदाझै जातिमा ‘लिम्बू’, भाषामा ‘लिम्बू’ र पुर्खाको भाषामा पनि ‘लिम्ब’ू लेख्ने चुम्लुङले निर्णय गरेको बताउनु हुन्छ । यहाँले धर्मको महलमा पनि ‘किरात’ लेख्न आह््वान गरिएको बताउनु भयो ।  

तर यसमा धर्मका अभियन्ता पदम चेन्जी मावोको बिचारमा मुन्धुमको आधारमा भन्ने हो भने परम्परागत लिम्बूहरु ‘याक्थुङ’  हुन् । ‘जातमा ‘याक्थुङ’ लेखिनु पर्छ र सम्भव भए कोष्टमा ‘लिम्बू’ लेखिनु पर्छ । सोही बमोजिम भाषा र धर्मको महलमा पनि परम्परागत परिचय दिइनु पर्छ ।’ 

धर्मको सवालमा पनि मावोको बेग्लै धारणा छ । अहिले भनिएको लिम्बू समुदाय किरात धर्मावलम्बी होइनन् । हामी परम्परा देखि नै युमा धर्म मान्दै आएका छौ । किरात धर्म भनेर अहिले हिन्दू धर्मको नक्कल गरेर चरु पोल्ने र संख फुक्ने धर्मका रुपमा परिभाषित गरिएको छ । यस्तो हाम्रो धर्म नै होइन । 

अहिले भनिएको लिम्बू समुदाय किरात धर्मावलम्बी होइनन् । हामी परम्परा देखि नै युमा धर्म मान्दै आएका छौ । किरात धर्म भनेर अहिले हिन्दू धर्मको नक्कल गरेर चरु पोल्ने र संख फुक्ने धर्मका रुपमा परिभाषित गरिएको छ । यस्तो हाम्रो धर्म नै होइन । 

फाल्गुनन्दले याक्थुङ समाजलाई सुधार गर्ने उद्देश्यले पान्थरको सिलौटीमा चुम्लुङ गरेर केही सुधार गर्ने जमर्को गरेका थिए । तर त्यो आफैमा सत्यहाङ्मा पन्थ थियो । त्यही पन्थलाई याक्थुङहरुको मूल धर्म मान्न नसक्ने उहाँको भनाई थियो । 

उता आदिवासी याक्थुङ लाजे अर्थात लिम्बुवान भूमिको प्रथा र परम्पराबारे अध्ययन गर्नू भएका किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डा कमल तिगेला लिम्बू  अहिलेको स्थितिमा जनगणनामा बिद्यमान परिचय परिवर्तन गर्न नहुने धारणा राख्नु हुन्छ । 

एकातिर सबै आदिवासीहरुले हिन्दू धर्मको संख्या कम गर्ने रणनीति अख्तियार गर्नू छ भने अर्कोतिर सरकारले सूचिकरण गरेको कानूनी प्रबन्धबाट पनि टाडा जान नहुने धारणा डा तिगेलाको  छ ।  

आदिवासी याक्थुङ लाजे अर्थात लिम्बुवान भूमिको प्रथा र परम्पराबारे अध्ययन गर्नू भएका किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डा कमल तिगेला लिम्बू  अहिलेको स्थितिमा जनगणनामा बिद्यमान परिचय परिवर्तन गर्न नहुने धारणा राख्नु हुन्छ । 

किरात धर्मका बारे लिम्बु साँस्कृतिक परिषदका अध्यक्ष गोविन्द आङबुङ पनि फरक धारणा राख्नु हुन्छ ।  ’अहिले किरात धर्म तथा साहित्य उत्थान संघद्वारा प्रबद्र्धित किरात धर्मले लिम्बूहरुको संस्कार र संस्कृतिको मौलिक स्वरुप लिन नसके पनि नाममा विवाद गर्न हुँदैन । किरात धर्म भने पनि सवै लिम्बूहरुले चरु पोल्दैनन् । हामीले यवा तथा थेवाको पुजा गर्ने नै हो । हाम्रा प्रथा र परम्परामा मुन्धुमले जे भन्छ, हाम्रा् धार्मिक पुजा तथा आस्था त्यही छ । त्यसैले किरात धर्म हाम्रो पहिचान हो । कसैले बिकृत गर्दैमा मौलिक धर्म परिबर्तन हुँदैन ।‘ 

लिम्बू समुदायमा बहस र विवादको विषय बनेको धर्म र मौलिक नामका बारे डा तिगेलाको थप भनाई छ , ‘समाजमा हामी बहस गर्दै जान्छौ । विश्वव्यापीकरण र आन्तरिक उपनिवेशिकरण विरुद्ध पनि हामी उभिनु नै पर्छ । तर, अहिलेको जनगणनामा भने किरात धर्म लेखाउन र जातिमा लिम्बू लेखाउन भूल्नु हुन्न । ’

जे भए पनि सबै आदिवासीमा पहिचानको यो नयाँ बहसले प्रवेश पाएको छ । यस्तो वहसलाई तार्किक निश्कर्षका साथ सामुहिक निर्णयमा पुग्न भने ढिलाई गर्न हुन्न । 

(साभारः इन्डिजिनियस फिचर सेवा)

प्रतिक्रिया